News | Tag: Dr kc
डा. केसीको तलव रोक्का, स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ दिन सकेनन्
3 years agoकाठमाडौँ । बेलाबेला मेडिकल शिक्षाको सुधारको माग गरी अनशन बस्दै आएका शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा. गोविन्द केसीको तलव रोक्का भएको छ ।
बालुवाटारमा अनशनका बात
3 years agoकाठमाडौँ । डा. गोविन्द केसीको अनशनलाई कांग्रेसले आन्दोलनको आँधीबेहरीका रुपमा उतार्ने गरी मलजल गरिरहेको बुझेर शनिबार साँझ स्वीट्जरल्याण्डको डाभोसबाट फर्किएका प्रधानमन्त्री केपी ओलीले आइतबार बेलुका कांग्रेस सभापति शेरबहादुर देउवालाई बालुवाटार बोलाएका छन् ।
डा. केसीको अनशनलाई ठट्टा नसम्झन पूर्वप्रधानन्यायाधीश श्रेष्ठको चेतावनी
3 years agoकाठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सत्याग्राहीलाई ठट्टा नसम्झान सरकारलाई चेतावनी दिएका छन् । सिकिस्त अवस्थामा त्रिवि शिक्षण अस्पतालको शैय्यामा छट्पटाइरहेका अनशनरत डा. गोविन्द केसीलाई भेट्न मंगलबार दिउँसो पुगेका पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सरकारको रबैयाप्रति तीव्र असन्तुष्टि जनाएका छन् ।
डा.केसीसँग फलदायी वार्ता गर्न मानवअधिकार प्रतिष्ठानको आह्वान
3 years agoकाठमाडौँ । राष्ट्रिय मानवअधिकार प्रतिष्ठानले अनशनरत प्रा डा गोविन्द केसीसँग फलदायी वार्ता गरी अविलम्ब समस्या समाधानको उपाय खोज्न र अनशनको बाटो तत्काल बन्द गर्न आह्वान गरेको छ । सरकारसँग विगतमा भएको सहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने, अनशनरत डा केसीसँग फलदायी वार्ताका लागि सरकारले पहल गर्नुपर्ने र केसीले अनशन बन्द गर्नुपर्ने प्रतिष्ठानको सुझाव छ ।
डा. केसीको जीवन रक्षाको माग गर्दै आजबाट देशव्यापी रिले अनशन
3 years agoकाठमाडौँ । पुस २५ गतेबाट १६ औं अनसनमा बसेका प्रध्यापक डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आजबाट नेपाल चिकित्सक संघले रिले अनसन सुरु गर्ने भएको छ । आइतबार त्रिवि शिक्षण अस्पतालमा भएको चिकित्सकहरुको भेलाले केसीको माग पूरा गरी जीवन रक्षाको माग गर्दै रिले अनसन सुरु गर्ने निर्णय गरेको थियो । सोही अनुसार आजबाट हरेक दिन १० बजेदेखि ५ बजेसम्म अनशन बस्ने संघको कार्यक्रम छ ।
डा. केसीलाई अनशनको नाममा रडाको नमच्चाउन नेकपा श्रेष्ठको आग्रह
3 years agoदमौली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. केसीको सबै माग सम्बोधन भइसकेको बताएका छन् । आइतबार तनहुँको दमौलीमा कार्यकर्तासँगको भेटघाटमा प्रवक्ता श्रेष्ठले चिकित्सा शिक्षा विधेयकमा डा केसीको पहिलेको मागहरु सबै सम्बोधन भइसकेको भन्दै प्रवक्ता श्रेष्ठले अब अनशनको नाममा रडाको मच्चाइरहनुको कुनै औचित्य नभएको बताएका हुन् ।
‘चिकित्सा शिक्षा विधेयकलाई माफियामुखी ऐन’
3 years agoकाठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ताले संसद्बाट पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई माफियामुखी ऐनको संज्ञा दिएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नागरिक समाजलगायतको विरोधका बाबजुद सदनबाट पारित विधेयकमा माफियामुखी व्यवस्था रहेको अभियन्ताको आरोप छ ।
डा. केसीका जीवन रक्षाका लागि तत्काल कदम चाल्न चिकित्सक सङ्घको आग्रह
3 years agoकाठमाडौँ । नेपाल चिकित्सक सङ्घले अनशनरत डा गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारसँग आग्रह गरेको छ । सङ्घका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले एक विज्ञप्ति जारी गरी डा केसीसँग छलफल गर्न सरकारका तर्फबाट वार्ता समिति गठन नगरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।
डा. केसीको पक्षमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री यादव
3 years agoकाठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव सरकारसँग असन्तुष्ट देखिएका छन् । उनले गरेका सिफारिस मन्त्रिपरिषद्मा अड्किएपछि उनी असन्तुष्ट भएका हुन् ।
अनसनस्थलबाट डा. केसीको भिडियो सन्देशः जनतामुखी ऐन बनाउन आग्रह
3 years agoकाठमाडौँ । १६ औं सत्याग्रहको १४ औं दिनमा डा गोविन्द केसीले एक भिडियो सन्देश जारी गर्दै जनतामुखी ऐन बनाउन प्रतिनिधि सभाका सदस्यहरुलाई अनुरोध गरेका छन् । मंगलबार बिहान जारि गएको भिडियो सन्देसमा उनले भनेका छन् ‘आज संसदमा प्रस्तुत हुन लागेको चिकित्सा शिक्षा विधेयकमा विधेयकमा जनतामुखी र विद्यार्थीमुखी व्यवस्था हटाएर माफियामुखी व्यवस्था राखिएको छ,
Page 1 of 5
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।
विचित्र विश्व
श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।