News | Tag: Jumla
जुम्लाका सबै तहमा आरडिटी हुने
2 years agoजुम्ला । जुम्लामा भारत तथा तेस्रो मुलुकबाट भित्रिएकाहरुको रेपिड डाइगोनोष्टिक टेष्ट गर्न स्वास्थ्यकर्मीको टोली खटिएको छ । यसअघि स्वाब लिन नसकेका र क्वारेन्टाइनमा नबसेका तथा विदेशबाट भित्रिएका सबैको कोरोना भाइरसको आरडिटी गर्न थालिएको हो । जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटा नेतृत्वको टोली हरेक स्थानीय तहको पायक पर्ने स्थानमा पुगेर द्रुत निदानात्मक परीक्षण गर्न थालिएको हो ।
जुम्लामा बिहानदेखि हिमपात
2 years agoकाठमाडौँ । जुम्लामा फेरि आज बिहानदेखि हिमपात भएको छ । यसपटक पनि अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो । लगातारको हिमपातले जनजीवन प्रभावित हुँदै गएको छ ।
जाजरकोटमा जुम्ली स्याउ
3 years agoजुम्ला । जुम्ली स्याउले बजार पाएपछि जाजरकोटमा भारतीय स्याउ बजार पाउन छाडेको छ । जिल्लाका सबै ठाउँमा जुम्ली स्याउले बजार पाएपछि भारतीय स्याउ बिक्री हुन छाडेको हो । रु एक सयमा प्रति किलो स्याउ पाइने भएपछि महङ्गो रुपैयाँमा भारतीय स्याउ खरीद गर्ने ग्राहकको सङ्ख्या घटेको हो ।
जुम्लाको स्याउ नेपालगञ्जमा
3 years agoजुम्ला । नेपालमा जुम्लाको स्याउको खुबै नाम छ । अर्गानिक भएकाले जुम्ली स्याउ प्रख्यात छ । जुम्ली स्याउको प्रमुख बजार नेपालगञ्ज हो । अहिले बजारमा जताततै जुम्लाको स्याउ बिक्री भइरहेको छ ।
जुम्लामा जमराको जुस
3 years agoजुम्ला । सदरमुकाम खलङ्गा स्थित जमराको जुस बनाउदै स्थानीय महिला । जमराको जुस खाँदा रगत बढाउने र स्वास्थ्यलाई निकै फलदायी हुने चिकित्सको सुझाब छ ।
जुम्लामा अज्ञात रोगले सिङ्गो गाउँ नै प्रभावित
3 years agoखलङ्गा । जुम्लामा अज्ञात रोगका कारण तातोपानी गाउँपालिका–७ सर्मीका स्थानीय धमाधम बिरामी पर्न थालेका छन् । पहिचान नभएको रोगबाट सिङ्गो गाउँनै प्रभावित भएको जनता सेवक आधारभूत विद्यालय काटिया सर्मीका शिक्षक हेमराज कुँवरले बताए । प्रत्येक घरमा बिरामी खाली नभएको उनले बताए । रोग पहिचान नभए पनि प्रत्येक बिरामीलाई शुरुमा ज्वरो आउने, रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने, खाना नरुच्नेजस्ता लक्षण देखिएको उनले बताए ।
आगजनी र भूकम्प जनचेतना मुलक बृहत डेमो प्रर्दशन
3 years agoजुम्ला । जिल्ला बिपत व्यवस्थापन समिति जुम्लाले आयोजना गरेको आगजनी र भूकम्प जनचेतना मुलक बृहत डेमो प्रर्दशनमा निर्माण गरेका घरमा आगो लागि भएपछि दमकलले आगो निभाउँदै ।
गाई चराउन गएका बेला भिरबाट खसेर आमाछोराको मृत्यु
3 years agoखलङ्गा । जुम्लाको तातोपानी गाउँपालिका– ७ ताँम्तीमा भिरबाट खसेर आमाछोराको मृत्यु भएको छ । गाई चराउन गएका बेला भिरबाट खसेर उनीहरुको मृत्युु भएको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिए । मृत्यु हुनेमा तातोपानी– ७ ताँम्तीका ३२ वर्षीया लक्ष्मी रावत र एक वर्षीय छोरा सुभास रहेका छन् । ताँम्तीको चेत्ता भिरबाट खस्दा आमाछोराको घटनास्थलमै मृत्यु भएको हो ।
जुम्लाका शिक्षक र स्वास्थकर्मीलाई तलब छैन, तनाव मात्रै
3 years agoजुम्ला । ‘अहिले त ऋण पत्याउन पनि छोडे साहुले, जागिर खाएर ऋण खोज्नुपर्ने, त्यही नपाएर अहिले छोराछोरीको अध्ययन र घरखर्च चलाउनै गाह्रो भएको छ’, राँसा मालापानी स्वास्थ्यचौकी जुम्लाका इञ्चार्ज हर्कबहादुर रावतले दुखेसो पोख्दै भने ।
निर्माणाधीन घर भत्किदाँ श्रीमानकाे मृत्यु, श्रीमतीकाे अवस्था चिन्ताजनक
3 years agoखलङ्गा । जुम्ला गुठीचौर गाउँपालिका–५ मा घर भत्किँदा घाइते भएका रत्नराज गिरीको मृत्यु भएको छ ।
Page 1 of 2
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।