News | Tag: Kailali

Schools preparing to begin teaching learning activities in Kailali

1 year ago

Bhajani . Local levels in Kailali have begun preparing to resume teaching and learning activities in the schools. The schools remain closed since the past six months following the outbreak of the Corona Virus.

कैलालीका तन्नेरी कोरोना जितेर घर फिर्ता

2 years ago

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय कोरोना सङ्क्रमित एक युवक दोस्रो र तेस्रो पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि आज घर फर्केका छन् । उनलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र अस्पतालका चिकित्सकले फूल दिएर बिदा गरे ।

विदेशबाट आएका नागरिक खोज्दै स्थानीय सरकार

2 years ago

कैलाली । कोभिड–१९ बाट संक्रमितको खोजी गर्न स्थानीय सरकारले विदेशबाट आएका नागरिकको खोजी अभियान थालेका छन् । कैलालीको लम्की चुहा नगरपालिका र जानकी गाउंँपालिकाले तथ्यांक सकलन अभियान सकेका छन् भने टीकापुर नगरपालिकाले आजदेखि अभियान शुरु थालेको छ ।

टीकापुरमा करेन्ट लागेर एकको मृत्यु

3 years ago

धनगढी । कैलालीको टीकापुरमा करेन्ट लागेर एकजनाको आज मृत्यु भएको छ ।

सहमतिपछि खुल्यो कैलालीको लम्की

3 years ago

लम्की । दोषीलाई कानुन बमोजिम कारवाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ती दिने सहमति भएपछि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कैलाली लम्की खुलेको छ । लम्कीमा ट्रकको ठक्करबाट मृत्यु भएकी २३ वर्षीया सुनिता रावलका परिवारलाई उचित क्षतिपूर्ती र चालकलाई कारबाही गर्ने सहमति भएपछि स्थानीयले प्रर्दशनसहितका आन्दोलन फिर्ता लिएको कैलाली प्रहरीले जानकारी दिएको छ सहमतिसँगै राजमार्ग सुचारु भएसँगै बिहानैबाट सडकमा रोकिएका सवारी साधन गन्तव्यतर्फ गएका छन् ।

कैलालीको लम्कीमा भएको झडपमा सात प्रहरी सहित एक प्राध्यापक घाइते

3 years ago

धनगढी । ट्रकको ठक्करबाट कैलालीको लम्कीमा १९ वर्षीय युवतीको मृत्यु भएपछिको झडपमा सात प्रहरी सहित एक प्रध्यापक घाइते भएका छन् । आन्दोलनकारीहरुबाट ढुंगा प्रहार हुँदा सात जना प्रहरी घाइते भएका हुन् । घाइते हुने प्रहरीहरुमा जवान रामबहादुर बुढा, सुरत रावल, रामबहादुर बुढा, सहायक प्रहरी हवल्दार प्रेमसिं धामी, बमबहादुर सुनार, फलाराम चौधरी, सन्दीप चौधरी रहेका छन् ।

बुधबार कैलालीका तीन स्थानीय तहमा सार्वजनिक बिदा

3 years ago

टीकापुर । माघीमा कैलालीका तीन स्थानीय तहले माघ २ गते सार्वजनिक बिदा दिएका छन् । टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । ती तहले कार्यपालिका बैठकको निर्णयअनुसार माघीका लागि बिदा थप गरेका हुन् । टीकापुर नगरपालिकाका प्रशासकीय अधिकृत रञ्जु आचार्यले थारू समुदायको मुख्य पर्व अरु समुदायले पनि महत्व दिएर मनाउने भएकाले टीकापुर नगरपालिकामा माघ २ गते बिदा दिनुपरेको बताए ।

मदिरा सेवन गरेका श्रीमानद्वारा श्रीमतीको हत्या

4 years ago

कैलाली । लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ३५ वर्षीय इन्द्रबहादुर चौधरीले ३२ वर्षीया श्रीमती गरीबी चौधरीलाई बिहीबार धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोग लगाइएको छ । मदिरा सेवन गरेका श्रीमान् र श्रीमतीबीच सामान्य विवादमा कुटपिट भएपछि हत्या गरिएको सोधपुछका क्रममा चौधरीले प्रहरीलाई बताएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

Page 1 of 1

पर्यटन

चिटिक्क घार गाउँ

चिटिक्क घार गाउँ

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।

विचित्र विश्व

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।