News | Tag: Murder

प्रयास हत्याकाण्डः आफ्नै होटलको ड्राइभरद्वारा अपहरणपछि ४५ मिनेटभित्रै हत्या

3 years ago

काठमडौं । गोंगबु प्रयासमार्गस्थित स्वस्तिका गेस्टहाउसमा गाडीचालकका रुपमा महेन्द्र एस्केले नियुक्ति पाएको एक महिना मात्र भएको छ । उनले पाएको १३ हजार तलबमा चित्त बुझेको थिएन । होटेल साहुसँग उनको विवाद पनि हुँदै आएको थिए । उनको प्रतिशोध र आपराधिक मानसिकताको सिकार बने होटेल साहुका ८ बर्षीय छोरा प्रयास कुँवर ।

राजदूत मार्नेको खुल्यो रहस्य

3 years ago

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको दोषी अहिलेसम्म पक्राउ नपर्दा आलोचित भइरहेको प्रहरीले त्यस्तै जटिल हत्या प्रकरणका कसुरदारको भने पहिचान गरिसकेको छ ।

आग्लोले हानेर श्रीमतीको हत्या

3 years ago

दोलखा । जिरी नगरपालिका–९ ठूलोपातल सल्लेका ३५ वर्षीय तस्वीर तामाङले ३७ वर्षीया श्रीमती राममायालाई आग्लो प्रहार गरी हत्या गरेका छन् । ठूलोपातलकै खोलाखर्क घुँडेस्थित माइतमा भाइको विवाहमा पुगेकी राममायालाई सोमबार साँझ श्रीमानले टाउको र अनुहारमा आग्लो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

भाइको हत्या गरेको अभियोगमा दाजु पक्राउ

3 years ago

बेत्रावती । प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ माँझगाउँका लक्ष्मण सिटौलाको हत्या अभियोगमा उनका दाजु बलरामलाई पक्राउ गरेको छ । कात्तिक २५ गतेदेखि हराइरहेका ३५ वर्षीय लक्ष्मण शनिबार वनगाउँको महादेवखोलामा मृत फेला परेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा लक्ष्मणको हत्यामा दाजु बलाराम संलग्न रहेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

तिनकुनेमा भएको खुकुरी प्रहारबाट घाइते लिम्बूको मृत्यु

3 years ago

काठमाडौं । खुकुरी प्रहारबाट शनिबार काठमाडौंमा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा ठेगाना नखुलेका २३ वर्षीय बिक्की लिम्बू रहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । काठमाडौं महानगरपालिका वडा नं ३२ तिनकुनेस्थित गैरीगाउँ बस्ने २२ वर्षीय मानिस बानियाँको खुकुरी प्रहारबाट मृत्यु भएको प्रवक्ता सुवेदीले जानकारी दिए ।

इञ्जिनियर हत्याका अभियुक्त पक्राउ

3 years ago

सप्तरी । एक इञ्जिनीयरको हत्या गरेको अभियोगमा अग्नीसाइर कृष्णसवरण–४ का ५३ वर्षीय श्रीलाल मण्डल पक्राउ परेका छन् ।

न्यायको निम्ति धर्नामा बसेका निर्मलाका आमाबुबा बिरामी

3 years ago

कञ्चनपुर । बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् । पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन माग गर्दै २४ घण्टे धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गा पन्तको स्वास्थ्य नाजुक बन्दै गएको हो ।

बालिका हत्याकाे अाराेपमा पक्राउ परेका दुर्इजना सार्वजनिक

3 years ago

उदयपुर । बाख्रा चराउन गएकी एक १३ वर्षीया बालिकाको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ ।

अबैध सम्बन्ध ढाकछोप गर्न श्रीमानको हत्या गर्ने श्रीमती र प्रेमी पक्राउ

3 years ago

काठमाडौं । विराटनगर र अबैध सम्बन्ध ढाकछोप गर्न मोरङमा एक पत्नीले आफनो श्रीमानको हत्या गरेकी छिन । मोरङको सुनवर्षी नगरपालिका ३ की ३० बर्षिय फुलमुनी हेमरमले आफनो प्रेमी २४ बर्षिय मदन मुर्मुसँग मिलेर ४५ बर्षिय श्रीमानको सोहिम हेमरमको हत्या गरेको खुलेको छ ।

प्रहरीको संलग्नतामा २२ लाखमा ज्यान मुद्दाको मिलापत्र

3 years ago

काठमाडौं । प्रहरीले कर्तव्य ज्यानसम्बन्धी एउटा घटना मिलापत्रमा टुंग्याएको छ। कपिलबस्तुको तौलिहवा १ घर भई तारकेश्वर नगरपालका बस्ने एक व्यक्तिको मृत्युसम्बन्धी घटनामा प्रहरी अस्पतालमा कार्यरत सई सुरेन्द्र कार्की र पीडित परिवारबीच मिलापत्र गराइएको हो ।

Page 4 of 8

पर्यटन

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।