News | Tag: PM oli

देश न्याय र समानतासहितको समृद्धिको दिशातर्फ अघि बढिरहेको प्रधानमन्त्रीको दावी

3 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देशलाई न्याय र समानतासहितको समृद्धिको दिशातर्फ अघि बढाइरहेको बताएका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उनले वर्तमान सरकार सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लागेको बताए ।

मोदीको सपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री ओली भारत जाने

3 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार भारत जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुनको लागि ओली भारत जान लागेका हुन् । ओलीलाई मोदीको सपथ ग्रहणमा भाग लिनको लागि सोमवार औपचारिक निमन्त्रणा आएपछि उनको भ्रमण तय भएको हो । मोदीको सपथग्रहण र उनीसँगको द्विपक्षीय वार्तापछि ओली जेठ १७ गते नै स्वदेश फर्किने बताइएको छ ।

राज्यले निजी क्षेत्रलाई शिक्षामा लगानी गर्न नदिने कुरै छैनः प्रधानमन्त्री ओली

3 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो देशलाई माया गर्ने शिक्षा आफ्नै देशमै पाउनुपर्ने बताएका छन् । बिहीबार उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) एडु फेयरको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अनुचित खर्चको मारमा विद्यार्थी नपरोस् भन्दै आफ्नो देशलाई माया गर्ने शिक्षा अरुको देशमा गएर प्राप्त गर्न नसकिने बताएका हुन् ।

मुलुकको सर्वोच्च संस्थालाई अपमान गरेर बहादुरी ठान्ने प्रवृत्ति गणतन्त्रमाथिको हमला होः प्रम ओली

3 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आफूले गैह्रसंसदीय शब्द प्रयोग नगरेको बरु अरुले प्रयोग गरेका उत्ताउला, अमर्यादित र असंसदीय शब्द सभामुखले अभिलेखबाट हटाएको बताएका छन् । भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फर्केपछि आयोजित पत्रकार भेटघाटमा एक प्रश्नको उत्तर दिँदै उनले संसद् मर्यादित थलो भएकाले यसको मर्यादा राख्नुपर्छ भन्नेमा आफू स्पष्ट रहेको जनाउँदै भने, “विगतमा सामन्ती संस्था हुँदा त्यसको मर्यादा राख्नुपर्छ, त्यसको मर्यादा राख्नुपर्छ भन्नेहरु अहिले गणतन्त्रका आधारभूत संस्था र राज्यका सर्वोच्च निकायमाथि अपमान हुँदा चुप लागेका छन् ।

भियतनाम र कम्बोडिया भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्कर्दै

3 years ago

काठमाडौँ । समाजवादी गणतन्त्र भियतनामका र कम्बोडियाको भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कर्दै छन् । ओली भियतानमका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा बैशाख २६ गते ती देशको भ्रमणका निस्केका थिए । ओलीको साथमा धर्मपत्नी राधिका शाक्य सहित मन्त्री, सांसद, सचिव, उपमेयर, उद्योगीसहितको ४२ सदस्यीय प्रतिनिधिमण्डल सहभागि छन् ।

‘दश करोड जनसङ्ख्या भएको भियतनाममा नेपाली उत्पादनको निर्यात बढाउनुपर्छ’

3 years ago

भियतनाम । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भियतनाम भ्रमणबारे रासस प्रतिनिधि दीपेन्द्र अधिकारीलाई विशेष संक्षिप्त अन्तर्वार्ता दिएका छन् । अन्तर्वार्ताको सारसंक्षेप

प्रम ओली हा लोङ खाडी भ्रमणमा

3 years ago

भियतनाम । प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहाँको हा लोङ खाडी भ्रमण गरेका छन् । प्राकृतिक सौन्दर्यले भरिपूर्ण सो खाडी क्वाङ निन्ह प्रान्तको आकर्षक भ्रमण गन्तव्य मानिन्छ । हा लोङको अर्थ ओर्लिरहेको ड्रयागन हो । एक हजार पाँच सय वर्गकिमीमा फैलिएको सो खाडी एक हजार छ सय सानाठूला चूनढुङ्गाका द्वीपमा छरिएको छ । सन् १९९४ मा युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत यो खाडीमा विविध जैविकता रहेको छ ।

यी ४२ सदस्यीय प्रतिनिधिमण्डल लिएर प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया भ्रमणमा जाँदै

3 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज भियतनाम र कम्बोडियाको भ्रमणमा जान लागेका छन् । भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ओली भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्री ओलीसँग मन्त्री, सांसद, सचिव, उपमेयर, उद्योगीसहितको ४२ सदस्यीय प्रतिनिधिमण्डल सहभागि छ । ओली आज सहित चार दिन भियतनाममा रहनेछन् भने त्यसपछिका ३ दिन कम्बोडियामा रहनेछन् ।

बालुवाटार जग्गा प्रकरणमा विष्णु पौडेलेको नाम जोडेर पार्टी कमजोर बनाउन खोजियोः प्रधानमन्त्री ओली

3 years ago

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारस्थित ललिता निवास जग्गा किनबेचमा नेकपा महासचिव विष्णु पौडेलेको नाम जोडेर पार्टी कमजोर बनाउन खोजेको बताएका छन् । आज पार्टीको संसदीय समितिको बैठकमा प्रधानमन्त्री ओलीले पौडेललाई बचाउ गर्दै पार्टी बलियो भएका बेला आक्रमण गरेर कमजोर बनाउन खोजेको भन्दै बिचलिन नहुन निर्देशन समेत दिएको बताइएको छ ।

वर्तमान सरकार विकासको बाटोमा अघि बढिरहेको प्रधानमन्त्री ओलीको भनाई

3 years ago

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीले राष्ट्रिय स्वाधीनता, वामपन्थी दलको एकता र देश विकासमा पुर्याएको योगदानको चर्चा गरेका छन् । मनमोहन स्मृति प्रतिष्ठानले आज सानेपास्थित प्रतिष्ठान परिसरमा आयोजना गरेको ‘२० औँ स्मृति दिवस’ मा उनले वर्तमान सरकार स्व अधिकारीका अधूरा सपना पूरा गर्न लागिपरेको उल्लेख गरे ।

Page 1 of 6

पर्यटन

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाएका छन् । कुश्मास्थित जिपलाइनमा उहाँले मङ्गलबार साइकल कुदाएका हुन् । जिपलाइनमा साइकल कुदाउने काम पहिलो भएको बराल बताउँछन् । “अहिलेसम्म जिपलाइनमा साइकलबाट कसैले पनि यात्रा गरेको छैन”, उनले भने । साइकल हावामा कुदाएको जस्तो अनुभव भएको बरालले बताए ।

जीवनशैली

किन केही मानिसहरू कालो लुगा लगाउन रुचाउँछन् ? शास्त्र र मनोविज्ञान के भन्छ जान्नुहोस्

किन केही मानिसहरू कालो लुगा लगाउन रुचाउँछन् ? शास्त्र र मनोविज्ञान के भन्छ जान्नुहोस्

एजेन्सी । हाम्रो जीवनमा रंङहरुको फरक फरक महत्व हुन्छ । हरेक रङले केही विचार, विचार र ऊर्जा ल्याउँछ। कालो रंगको कुरा पनि त्यस्तै हो । वास्तवमा तपाईले देख्नु भएको होला कि केहि मानिसहरु लगातार कालो कपडा लगाउन रुचाउँछन्।

विचित्र विश्व

पेन्टागनको प्रतिवेदनः चीनले बढाउँदै छ आणविक हतियार, २०३५ सम्ममा १५ सय आणविक बम बनाउने

पेन्टागनको प्रतिवेदनः चीनले बढाउँदै छ आणविक हतियार, २०३५ सम्ममा १५ सय आणविक बम बनाउने

एजेन्सी । पेन्टागनले हालै आफ्नो प्रतिवेदन जारी गर्दै आणविक हतियारबारे चिन्ता व्यक्त गरेको छ । पेन्टागनले आफ्नो प्रतिवेदनमा चीनसँग अहिले ४ सय आणविक बम रहेको र सन् २०३५ सम्ममा कम्तीमा १५ सय आणविक बम बनाउने दाबी गरेको छ ।