News | Tag: PM oli
प्रधानमन्त्री ओलीले तोडे आफ्नै वचन
4 years agoकाठमाडौँ । गत साउनमा डा. गोविन्द केसी १५ औं अनशनमा थिए। अनशन जति लम्बिँदै थियो, सरकार उति नै अप्ठेरोमा पर्दै थियो। त्यसपछि प्रधानमन्त्री केपी ओली आफैँले सहमतिको पहल गरे। रातारात बैठक बसियो। सम्झौता भयो र केसीले २७ औं दिनमा अनशन तोडे।
प्रधानमन्त्रीले भनेः अब अधिकारका लागि शहीद हुनु पर्दैन
4 years agoकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसका अवसरमा लैनचौरस्थित शहीद स्मृति पार्क गई श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उनले मुलुकमा लोकतान्त्रिक शासन स्थापना भइसकेकाले अब अधिकारका लागि कसैले शहीद हुनु नपर्ने बताएका छन् । प्रकृतिले धनी बनाएको नेपाललाई शहीदको सपनाबमोजिम सुशासन र आर्थिक विकास लागि सिङ्गो देश एकाबद्ध हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षामार्फत देशलाई आर्थिक रुपान्तरणको चरणमा लाने समय आएको उल्लेख गरे ।
डाभोसमा प्रधानमन्त्रीको ध्यान ‘नेपालमा लगानी’
4 years agoडाभोस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालजस्ता अतिकम विकासित तथा भूपरिवेष्ठित मुलुकको चासो र अभिरुचि प्रवद्र्धन र संरक्षण गर्न बहुलवादिता तथा कानूनमा आधारित अन्तर्राष्ट्रिय व्यापार प्रणालीको आवश्यकतामा जोड दिएका छन् । स्वीट्जरल्याण्डमा आयोजित विश्व आर्थिक मञ्चअन्तर्गत ‘विश्वका आर्थिक नेताहरुको अनौपचारिक भेला’मा प्रधानमन्त्री ओलीले उक्त कुरामा जोड दिएका हुन् ।
प्रधानमन्त्री ओली आज स्विट्जरल्याण्ड जाँदै
4 years agoकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वीट्जरल्याण्ड प्रस्थान गर्न लागेका छन् । सोमबारदेखि स्वीट्जरल्याण्डको डावसमा हुन लागेको विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । उक्त बैठकमा विश्वका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख, ठूला कम्पनीका कार्यकारी प्रमुख, आर्थिक तथा कुटनीतिक क्षेत्रका तीन हजार बढीको सहभागी रहनेछ । नेपालले पनि पहिलो पटक यो बैठकमा सहभागिता जनाउन लागेको हो ।
प्रधानमन्त्री ओलीले भने– ‘अब निजी विद्यालय आफैँ भाग्छन्’
4 years agoकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विद्यालयहरू आफैँ भाग्ने अवस्था निम्तने दाबी गरेका छन्। शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री गिरीराजमणि पोखरेलको अध्यक्षतामा गठित उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले सार्वजनिक विद्यालयहरूको स्तरवृद्धि भएपछि निजी विद्यालयहरू आफैँ भाग्ने बताए ।
प्रधानमन्त्रीले सुन तस्करीको प्रतिवेदन बुझेपछि ‘गफ लगाए’को पाँच महिना भयो
4 years agoकाठमाडौँ । प्रधानमन्त्री केपी ओलीले प्रतिवेदन बुझेपछि भनेका थिए, ‘यसबारे थप अनुसन्धान बढाइनेछ।’ पाँच महिना भयो, कुनै अनुसन्धान बढाइएन। उल्टै छानबिनका क्रममा पक्राउ परेकाहरू छुट्दै गए। अब त प्रतिवेदनकै बारेमा सरकारी निकाय एकअर्कालाई औंला तेस्र्याउन थालेका छन्।
प्रधानमन्त्रीद्वारा पूर्वप्रम गिरीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त
4 years agoकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले केहीबरअघि ट्विट गर्दै पूर्वप्रम गिरीको निधनको खबरले आफूलाई दुःख लागेको र यस घडीमा स्व गिरीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीको सवारी एकै छिनमा पत्रु
4 years agoकाठमाडौं । देश ठगहरुको फन्दामा कसरी पर्दैछ र शक्तिशाली प्रधानमन्त्रीलाई हौस्याएर कसरी बद्मासी गरिँदैछ प्रमाण प्रस्तुत छः सरकार प्रमुखका लागि साइँसाइँ गर्ने अगुवा–पछुवा गाडीहरु थन्क्याएर भएभरका सुरक्षकर्मी र पिएहरुलाई पनि पन्छाएर हरियो रंगको सार्वजनिक गाडीमा प्रधानमन्त्री बसेको फोटो सायद तपाई–हाम्रो आँखामा ताजै हुनुपर्छ ।
प्रधानमन्त्रीविरुद्ध अख्तियारमा गोप्य बैठक
4 years agoकाठमाडौं । कमजोर टिमका कारण अपेक्षाअनुसार काम गर्न नसकेको आरोप खेपिरहेका प्रधानमन्त्री केपी शर्मा ओली नयाँ–नयाँ विवादमा फसिरहेका छन् । यतिबेला संवैधानिक आयोगका प्रमुखहरु प्रधानमन्त्रीविरुद्ध लागेका छन् । मुख्यसचिवका कारण उनीहरु प्रधानमन्त्रीविरुद्ध लागेका हुन् ।
शिर झुकाउँदै ओलीले चर्चको प्रशंसा गरेपछि...
4 years agoकाठमाडौं । युनिफिकेसन चर्चको प्रशंसा र त्यसकी प्रमुख हक जा हान (म्याडम मुन) को सम्मानमा शिर निहुर्याउँदै नेपाललगायत ५० देशका उच्च पदस्थहरूले ‘एसिया प्यासिफिक समिट’ को शनिबार उद्घाटन गरेका छन् । सम्मेलन ‘म्याडम मुन’ र उनको चर्चको प्रचारका लागि गरिएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेस त्यसमा सहभागी भएन ।
Page 3 of 6
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।