News | Tag: PM oli
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य
4 years agoकाठमाडौं । त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो सेन्टर भर्ना गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ । सेन्टरको आइसीयुमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थबारे अस्पतालले पत्रकार सम्मेलन गरी सामान्य रहको जनाएको हो । अस्पतालले बताएअनुसार ओलीको छातीमा संक्रमण देखिएको तथा शरीरमा चिनीको मात्रा असन्तुलित देखिएको हुँदा केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने छ ।
के भएको हो ओलीलाई ?
4 years agoकाठमाडौं । मौसमी रुघाखोकी र हल्का ज्वरोले सताएपछि प्रधानमन्त्री केपी शर्मा ओली दुई दिनदेखि निवासमै स्वास्थ्योपचार गराईरहेका छन्।उनको स्वास्थ्य शनिबारको तुलनामा आइतबार सुधारिएको निजी चिकित्सक डा.दिलीप शर्माले बताए।
आज मन्त्रीपरिषद बैठक बस्ने
4 years agoकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेसँगै आज मन्त्रीपरिषद् बैठक बस्ने भएको छ । ओलीलाई लागेको सामान्य रुघाखोकी ठिक भएसँगै आज दिउँसो मन्त्रीपरिषदको बैठक बस्न लागेको उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।
भिडभाडमा नजान प्रधानमन्त्री ओलीलाई डाक्टरको सुझाव
4 years agoकाठमाडौं । रुघाखोकीले सताएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिकित्सकले भिडभाडमा नजान सुझाव दिएका छन् । शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चियापनमा समेत जान नसकेका ओलीलाई चिकित्सकहरुले आराम गर्न भनेपछि उनी भृकुटी मण्डपमा जान समेत सकेनन् ।
राजपा नेतासँग प्रधानमन्त्रीको दुखेसो– ‘मलार्इ कसैले टेरेनन्'
4 years agoकाठमाडौं। राजपाका नेताहरूसँगको बैठकमा प्रधानमन्त्री केपी ओलीले आफूलाई कसैले पनि नटेरेको दुखेसो पोखेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति भएको वार्तामा उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अदालत, प्रशासन, सुरक्षा निकायलगायत कसैले पनि प्रधानमन्त्रीलाई टेरेनन्।
सरकारविरुद्ध खनिए सत्तापक्षकै सांसद
4 years agoकाठमाडौं । नेकपा सांसद जनार्दन शर्मा, पम्फा भुसाल, झपट रावल, यशोदा सुवेदी गुरुङ, नवराज सिलवाललगायतले संघीयता कार्यान्वयन गर्न तथा नेकपा नेतृत्वको सरकारले लिएको लक्ष्यअनुसार कर्मचारीले परिणाम देखाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे।
ओली सरकारको ७ महिना निराशाजनक
4 years agoकाठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको सात महिना पूरा भएको छ । सरकार गठन हुँदा नागरिकमा देखिएको आशा र उत्साह सात महिना पुग्दा निराशामा परिणत भएको छ ।
राष्ट्रसंघको महासभामा जाँदा प्रधानमन्त्री १३ दिन विदेश बस्ने
4 years agoकाठमाडौं । राष्ट्रसंघको ७३ औं महासभामा जाँदा प्रधानमन्त्री केपी ओली १३ दिन विदेश बस्ने भएका छन् । न्युयोर्कका लागि शनिबार उड्ने उनी छिटोमा असोज १८ गते आइपुग्ने छन् । त्यसबीच उनले कोस्टारिकाको पनि भ्रमण गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीको निर्देशनपछि सिन्डिकेट तोड्न बन्द गरिएका खाता फुकुवा गर्न सरकार तयार
4 years agoकाठमाडौं । दसैंको मुखैमा यातायात व्यवसायीले अग्रिम बुकिङका लागि रोक्का राखिएका समितिका बैंक खाता खोल्नुपर्ने सर्त अघि सारेका छन् । दसैंको अग्रिम टिकट बुकिङमा अड्को थाप्दै रोक्का खाता सञ्चालन हुनुपर्ने माग राखेपछि सिन्डिकेट तोड्न बन्द गरिएका खाता फुकुवा गर्न सरकार तयार भएको छ ।
प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीलाई पत्याएनन् !
4 years agoकाठमाडौं । केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार बनेको झन्डै ७ महिना बितिसक्दासम्म अन्तरप्रदेश परिषद् बैठक बस्न नसकेपछि मुख्यमन्त्रीहरू प्रधानमन्त्रीसँग असन्तुष्ट बनेका छन् ।
Page 5 of 6
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।