News | Tag: Palpa

पाल्पामा निषेधाज्ञा जारी

2 years ago

पाल्पा । सरकारले गरेको लकडाउन अवज्ञा हुन थालेपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले निषेधाज्ञा जारी गरेको छ । कोरना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम गर्न लकडाउनको अवज्ञा गरेपछि जिल्ला प्रशासन कार्यालयले मङ्लगलबार दिउँसो ३ बजेदेखि चैत १८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

पाल्पाको रानीमहलको जग्गा यसरी फट्याँइ गरेर व्यक्तिका नाममा सारियो

3 years ago

पाल्पा । पाल्पास्थित ऐतिहासिक तथा पुरातात्विक रानीमहलको सरकारी जग्गा मोहीका नाममा दर्ता गराएको पाइएको छ । रानीमहलको नाममा पाल्पा खानीगाउँ गाविस–२ रहेको कित्ता नं १६६ लाई कित्ता नं ६६० र ६६१ बनाई जग्गा गुठीलाई दिएको भन्दै नक्कली मोही खडा गरी व्यक्तिका नाममा दर्ता गराएको पाइएको राष्ट्रिय सतर्कता केन्द्रले गरेको अध्ययनबाट खुल्न आएको छ ।

पाल्पाकाे विकट क्षेत्रमा बस पुगेपछि स्थानीयवासी हर्षित

4 years ago

बेझाड । पाल्पाको पूर्वी क्षेत्रस्थित विकट निस्दी गाउँपालिका–१ बाकामलाङमा पहिलो पटक बस पुगेपछि स्थानीयवासी खुशी भएका छन् ।

पाल्पामा जिप दुर्घटना, उद्धार कार्य जारी

4 years ago

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–६, ठिमुरेमा शनिबार साँझ जिप दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तानसेन नगरपालिका–१० का २५ वर्षीय विवेक पौडेल र टंक चलाउने रहेका छन् । चलाउनेको ठेगाना अझै खुल्न सकेको छैन । ठिमुरेको नेटा बजारदेखि तानसेन आउँदै बा१च ८९७० नंको टोयटा जिप धारदीगैरामा दुर्घटना भएको हो ।

पाल्पामा बस दुर्घटना, २६ जना घाइते

4 years ago

पाल्पा । पाल्पाको भालेबासमा आज विहान यात्रुवाहक बस दुर्घटना हुँदा २६ जना घाईते भएका छन् । एक जना गम्भिर घाईते भएका छन् । मोडमा साईट दिने क्रममा लु१ख ७२७२ नं को बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । दुर्घटनामा गम्भिर घाईते हुनेमा भालेवास ८ का विष्णु मल्ल रहेका छन् । प्रहरीका अनुसार बस सडकबाट १५ मिटर तल खसेको थियो ।

पाल्पामा आश्चर्यजनक प्राकृतिक गुफा फेला पर्यो

4 years ago

रामपुर, पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–२, जल्पाको साकिनेमा आश्चर्यजनक प्राकृतिक गुफा फेला परेको छ । स्थानीयवासी अनबहादुर सारुले मकै छर्ने क्रममा जोत्दै गर्दा हलगोरु नजिकको ओढारमा पसेपछि गुफा फेला परेको हो । आश्चर्यजनक रुपमा आकर्षक चित्र आकारमा प्राकृतिक उपहारको रुपमा गुफा भेटिएको स्थानीय पत्रकार दिल्लीराज पंगेनीले जानकारी दिए ।

Page 1 of 1

पर्यटन

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस

जीवनशैली

काजु खानुका यस्ता छन् ८ फाइदा

काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।