News | Tag: arrested

चोरीमा संलग्न रहेको आरोपमा तीन पक्राउ

3 years ago

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–६ स्थित बरबोटेमा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

इञ्जिनीयर गोइत पक्राउ

3 years ago

सप्तरी । किर्ते उपभोक्ता समिति गठनमा संलग्न रहेको आरोपमा प्रहरीले पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख तथा सिनियर डिभिजनल इञ्जिनीयर राजकुमार गोइतलाई शनिबार पक्राउ गरेको छ । रकम अपचलन गर्ने सरकारी छाप किर्ते गरी उपभोक्ता समिति बनाएको प्रकरणमा छानबिनका लागि सिरहा प्रहरीको सहयोगमा यादवलाई सिरहास्थित सरकारी निवासबाट पक्राउ गरी सप्तरी ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए ।

विमानस्थलबाट हतियारसहित पोल्याण्डका नागरिक पक्राउ

3 years ago

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरको उडानबाट काठमाडौँ आएका पोल्याण्डका नागरिक एडोम रज्जर एडाड्मुसलाई हतियारसहित पक्राउ परेका छन् । भन्सार कार्यालयका कर्मचारीले उनको हाते ब्याग जाँच गर्ने क्रममा मेड इन चाइना लेखिएको बन्दुकजस्तो देखिने कालो रङ्गको हतियार एक थान र १७७ क्यालिबरको गोलीको प्याकेट तीन थान फेला पारेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

लागुऔषधसहित कलङ्कीबाट सिंह पक्राउ

3 years ago

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीबाट कीर्तिपुर पाँगा बस्ने बारा पतरहट्टा गाउँपालिका–२ का प्रिन्सकुमार सिंहलाई नियन्त्रित लागुऔषधसहित प्रहरीले बिहीबार पक्राउ गरेको छ । नाइट्रोभेट १५० ट्याबलेटसहित प्रहरीले सिंहलाई कलङ्कीबाट पक्राउ गरिएको हो । उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

धारिलो हतियार देखाई लुटपाट गर्ने तीन जना पक्राउ

3 years ago

काठमाडौँ । लुटपाट गर्दै हिड्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चन्द्रागिरी नगरपालिका– ८ मातातिर्थ बस्ने ३८ वर्षीय नवराज तामाङ, काठमाडौं नैकाप बस्ने नुवाकोट घर भएका २८ वर्षीय दिपेश भन्ने सन्तबहादुर तामाङ र काठमाडौं मातातिर्थ बस्ने ३६ वर्षीय बिक्रम श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

साढे १४ लाख बराबरको सुनसहित विमानस्थलबाट एक महिला पक्राउ

3 years ago

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब साढे १४ लाख बराबरको सुनसहित एक महिला पक्राउ परेकी छिन् । आइतबार विमानस्थलको सुरक्षामा खटिएका सुरक्षाकर्मीले उनलाई भन्सार छली उक्त सुन भित्र्याउन लाग्दा पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङ जिल्ला तत्कालिन नौविसे गाविस वडा नं– ६ जन्मस्थान भई काभ्रेको गोकुले गाविस वडा नं. १ बस्दै आएकी ३३ वर्षीय मुना श्रेष्ठ रहेकी छिन् ।

पाखुरामा लुकाइएको डेढ किलो सुन सहित चार महिला विमानस्थलबाट पक्राउ

3 years ago

काठमाडौँ । पाखुरामा लुकाई डेढ किलो सुन सहित चार जना विदेशी महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेकी छन् । पक्राउपछि घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ भएका चारै जनाका बारेमा थप जानकारी प्राप्त भएको छैन । सुन पाखुरामा लुकाएर ल्याउने क्रममा दुई जना कम्बोडियन र दुई थाई महिला नागरिकलाई विमानस्थलमा पक्राउ भएका बताइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

विमानस्थलबाट साढे ७ लाख मूल्य बराबरको सुनको बालासहित एक जना पक्राउ

3 years ago

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढ ७ लाख मूल्य बराबरको सुनको बालासहित १ जना नागरिक पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा बुधबार राति सर्लाही जिल्ला सुन्दरपुर गाउँपालिका ४ घर भएका ३२ वर्षीय शेष सरफास्जालाई विमानस्थलको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले पक्राउ गरेको हो ।

२ सय १२ केजी लागूऔषध सहित यादव र गुर्मछाने पक्राउ

3 years ago

हेटौंडा । प्रहरीले २ सय १२ केजी अवैध लागूऔषध गाँजासहित ३६ वर्षीय रामजस यादव र सहचालक १९ वर्षीय उज्वलबहादुर गुर्मछानेलाई पक्राउ गरेको छ । बुधबार दिउँसो हेटौंडा उपमहानगरपालिका– ३ तिनताप्केबाट ना.३ च ३७६९ नम्बरको बोलेरो चालक यादव तथा गुर्मछानेलाई पक्राउ गरेको हो ।

समाचार सङ्कलनका लागि पुगेका पत्रकार अधिकारी पक्राउ

3 years ago

कास्की । नेपाल पत्रकार महासङ्घ कास्की शाखाका निर्वतमान उपाध्यक्ष एवं केन्द्रीय सभासद् राजेन्द्र अधिकारीलाई आज प्रहरीले पक्राउ गरेको छ । आज बिहान पोखरा महानगरपालिका–१ स्थित पृथ्वीनारायण क्याम्पस गेटमा विप्लव निकट अखिल क्रान्तिकारीले गरेको प्रदर्शनको समाचार सङ्कलनका लागि पुगेका अधिकारीलाई कास्की प्रहरीले पक्राउ गरेको महासङ्घ अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

Page 2 of 5

पर्यटन

माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे हिमाल

कास्की । पोखराको न्यूरोडबाट शनिबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल÷रासस

जीवनशैली

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

एजेन्सी । दाल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । शरीरका लागि फाइदाजनक मानिने प्रोटिन सहित हरेक प्रकारको दालमा यस्ता धेरै पोषक तत्व पाइन्छ । ती मध्ये एक हो मुगको दाल। यसमा फाइबर, प्रोटिन, भिटामिन, कपर, फोलेट, भिटामिन सी, पोटासियम जस्ता धेरै पोषक तत्व पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

विचित्र विश्व

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

एजेन्सी । मस्कोले युक्रेन युद्धका लागि आंशिक सैनिक परिचालनको घोषणा गरेदेखि फिनल्याण्ड प्रवेश गर्ने रूसी नागरिकको सङ्ख्यामा दोब्बर वृद्धि भएको सीमा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताए ।