News | Tag: शेरबहादुर देउवा

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छः प्रधानमन्त्री

4 days ago

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक र नागरिकलाई केन्द्रमा राखेर सत्यतथ्य र आधिकारिक समाचारमार्फत् आम जनतालाई सुसूचित गराउने दायित्व बहन गर्न राससलाई आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज राससका नवनियुक्त कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गरेको शिष्टाचार भेटका अवसरमा उनले जनताको मनोवल बढाउने गरी सकारात्मक एवं रचनात्मक समाचार सम्प्रेषण गर्न सुझाव दिएका हुन्।

संसद लोकतान्त्रिक शासन प्रणालीको महत्वपूर्ण आधारस्तम्भ होः प्रधानमन्त्री देउवा

4 days ago

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले संसद लोकतान्त्रिक शासन प्रणालीको महत्वपूर्ण आधारस्तम्भ भएको बताएका छन्। देउवाले जनताबाट निर्वाचित, अनुमोदित प्रतिनिधि रहने संसद लोकतान्त्रिक शासन प्रणालीको महत्वपूर्ण आधारस्तम्भ भएको बताएका हुन्।

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

5 days ago

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। आज दिउँसो ३ बजे आफ्नो सरकारी निवास बालुवाटारमा बस्नेगरी प्रधानमन्त्री देउवाले बैठक बोलाएका हुन्। मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्नुपर्ने थियो। तर मन्त्रिपरिषद् सदस्य हेरफेरका कारण सोमबार बैठक बस्न सकेन।

अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानमन्त्री देउवा अनुपस्थित

2 weeks ago

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा अनुपस्थित हुने भएका छन्। आजको बस्न लागेको बैठकमा प्रधानमन्त्री देउवा अनुपस्थित हुने भएका हुन्। यसअघिको बैठकमा प्रधानमन्त्री देउवालाई उपस्थित हुन समितिले निर्देशन दिएको थियो।

प्रधानमन्त्री देउवाद्वारा सुशासन कायम गर्न निर्देशन

2 weeks ago

महेन्द्रनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।

मन्त्रिपरिषद्का सदस्यलाई कार्यभार तोकियो

2 weeks ago

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई थप दुई मन्त्रालयको र परराष्ट्रमन्त्री नारायण खड्कालाई थप एक मन्त्रालयको कार्यभार तोकेका छन्। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिपद् कार्यालयबाट कार्यभार ताकिएका बारेमा प्राप्त पत्रको व्यहोरा सदनलाई जानकारी गराए।

यो कांग्रेसको एकलौटी सरकार होइनः प्रधानमन्त्री देउवा

3 weeks ago

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले यो सरकार नेपाली कांग्रेसको एकलौटी सरकार नभएको भन्दै धेरै दाबी गर्न नमिल्ने बताएका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका आज काठमाडौँमा भएको नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनमा बोल्दै विभिन्न विषयमा कांग्रेस नेता÷कार्यकर्ताले दाबी गर्न नमिल्ने बताएका हुन्।

अझै धेरै समस्याहरू भएपनि सुदूरपश्चिमले विकासमा ठूलो फड्को मारेको छः प्रधानमन्त्री देउवा

4 weeks ago

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले अझै धेरै समस्याहरू भएपनि सुदूरपश्चिम प्रदेशले विकासमा ठूलो फड्को मारेको बताएका छन्। आइतबार काठमाडौँमा आयोजित सुदूरपश्चिमाञ्चल सरोकार समाजको सधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन्।

प्रम देउवा २७ औँ दीक्षान्त समारोहमा

1 month ago

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार काभ्रेको धुलिखेलमा काठमाडौँ विश्वविद्यालयको २७ औँ दीक्षान्त समारोहमा सहभागी हुने क्रममा ।

प्रधानमन्त्री देउवाद्वारा बौद्व सम्मेलन केन्द्रको उद्घाटन

1 month ago

बुटवल। प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्व जन्मस्थल लुम्बिनीमा निर्माण गरिएको बौद्व सम्मेलन तथा ध्यान केन्द्रको समुद्घाटन गरेका छन्। देउवाले सोमबार बिहान आयोजित एक समारोहमा ५ हजार जना अट्ने केन्द्रको उद्घाटन गरेका हुन्।

Page 1 of 27

पर्यटन

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।

विचित्र विश्व

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।