News | Tag: शेरबहादुर देउवा
देउवा र प्रचण्डबीच भेटवार्ता
1 year agoकाठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनुअघि देउवा र प्रचण्डबीच सिंहरदरबारमा भेटवार्ता भएको हो ।
ओलीले विश्वासको मत लिने भनेपछि देउवा र प्रचण्डबीच छलफल
1 year agoकाठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि दुई नेताबीच सोमबार साँझ करिब आधा घण्टा छलफल भएको हो ।
कांग्रेस पदाधिकारी बैठक बस्दै, प्रधानमन्त्रीले लिन लागेको विश्वासको मतबारे छलफल हुने
1 year agoकाठमाडौँ । नेपाली कांग्रेसका पदाधिकारीहरूको बैठक केही बेरपछि बस्दैछ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा २ बजेपछि बस्न लागेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतको बारेमा छलफल हुने बताइएको छ ।
देउवाले बोलाए पदाधिकारी बैठक
1 year agoकाठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएको छ । सभापति देउवाले आज दिउँसो २ बजे आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट विश्वासको मत लिने भनेपछि सो विषयमा छलफल गरी आवश्यक रणनीति तय गर्नको लागि देउवाले बैठक बोलाएका हुन् ।
देउवाले झर्किँदै भनेः ‘ए बाबा, हामीसँग सरकार बनाउने संख्या नै छैन’
1 year agoकाठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउनको लागि आफूहरुसँग बहुमत नभएको बताएका छन् । शुक्रबार बुढानिलकण्डस्थित आफ्नो निवासमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले बहुमत नभएको कारण नयाँ सरकार बन्न नसकेको बताएका हुन् ।
ओली अहिले भारतको टाङमुनि छिरिसकेका छन्ः देउवा
1 year agoकाठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको शरणमा परेको आरोप लगाएका हुन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा देउवाले प्रधानमन्त्री ओली अहिले भारतको टाङमुनी छिरिसकेको आरोप लगाएका हुन् ।
'माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठन हुँदैन'
1 year agoकाठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको सम्भावना नरहेको बताएका छन् । नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तकको आज विमोचन गर्दै उनले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठन नहुने स्पष्ट गरे ।
‘देउवाकै नेतृत्वमा गठबन्धन सरकार बनाउने विषयमा समझदारी बन्छ’
1 year agoकाठमाडौँ । नयाँ सत्ता समीकरणमा लगभग सहमतिनजिक पुगेका तीन दल अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौतालाई संसद्बाट अनुमोदन गर्ने या नगर्ने भन्ने विषयमा अड्किएका छन् ।
‘ओलीबाट सत्ता कब्जाको कोशिस भइरहेको छ’
1 year agoकाठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता कब्जा गर्ने कोशिस गरेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौँमा भएको नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा बोल्दै देउवाले उक्त आरोप लगाएका हुन् ।
सभापति देउवाद्वारा प्रधानाङ्ग र राईको निधनप्रति दुःख व्यक्त
1 year agoकाठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति भक्तपुरका संस्थापक सभापति एवं पूर्व वाणिज्य तथा आपूर्ति राज्यमन्त्री ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानाङ्गको यही चैत २० गते ९६ वर्षको उमेरमा ललितपुरको एकान्तकुनास्थित आफ्नै निवासमा निधन भएको थियो ।
Page 15 of 27
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।