News | Tag: शेरबहादुर देउवा

ओलीले विश्वासको मत लिने भनेपछि देउवा र प्रचण्डबीच छलफल

1 year ago

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि दुई नेताबीच सोमबार साँझ करिब आधा घण्टा छलफल भएको हो ।

कांग्रेस पदाधिकारी बैठक बस्दै, प्रधानमन्त्रीले लिन लागेको विश्वासको मतबारे छलफल हुने

1 year ago

काठमाडौँ । नेपाली कांग्रेसका पदाधिकारीहरूको बैठक केही बेरपछि बस्दैछ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा २ बजेपछि बस्न लागेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतको बारेमा छलफल हुने बताइएको छ ।

देउवाले बोलाए पदाधिकारी बैठक

1 year ago

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएको छ । सभापति देउवाले आज दिउँसो २ बजे आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट विश्वासको मत लिने भनेपछि सो विषयमा छलफल गरी आवश्यक रणनीति तय गर्नको लागि देउवाले बैठक बोलाएका हुन् ।

देउवाले झर्किँदै भनेः ‘ए बाबा, हामीसँग सरकार बनाउने संख्या नै छैन’

1 year ago

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउनको लागि आफूहरुसँग बहुमत नभएको बताएका छन् । शुक्रबार बुढानिलकण्डस्थित आफ्नो निवासमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले बहुमत नभएको कारण नयाँ सरकार बन्न नसकेको बताएका हुन् ।

ओली अहिले भारतको टाङमुनि छिरिसकेका छन्ः देउवा

1 year ago

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको शरणमा परेको आरोप लगाएका हुन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा देउवाले प्रधानमन्त्री ओली अहिले भारतको टाङमुनी छिरिसकेको आरोप लगाएका हुन् ।

'माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठन हुँदैन'

1 year ago

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको सम्भावना नरहेको बताएका छन् । नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तकको आज विमोचन गर्दै उनले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठन नहुने स्पष्ट गरे ।

‘देउवाकै नेतृत्वमा गठबन्धन सरकार बनाउने विषयमा समझदारी बन्छ’

1 year ago

काठमाडौँ । नयाँ सत्ता समीकरणमा लगभग सहमतिनजिक पुगेका तीन दल अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौतालाई संसद्बाट अनुमोदन गर्ने या नगर्ने भन्ने विषयमा अड्किएका छन् ।

‘ओलीबाट सत्ता कब्जाको कोशिस भइरहेको छ’

1 year ago

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता कब्जा गर्ने कोशिस गरेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौँमा भएको नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा बोल्दै देउवाले उक्त आरोप लगाएका हुन् ।

सभापति देउवाद्वारा प्रधानाङ्ग र राईको निधनप्रति दुःख व्यक्त

1 year ago

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति भक्तपुरका संस्थापक सभापति एवं पूर्व वाणिज्य तथा आपूर्ति राज्यमन्त्री ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानाङ्गको यही चैत २० गते ९६ वर्षको उमेरमा ललितपुरको एकान्तकुनास्थित आफ्नै निवासमा निधन भएको थियो ।

शिक्षाका साझा सूचीमा समीक्षा हुनुपर्छ : सभापति देउवा

1 year ago

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमार्फत शिक्षाको साझा सूचीमा गएका विषयको समीक्षा गरिनुपर्ने बताएका छन् । नेपाल शिक्षक सङ्घको सङ्घीय प्रतिनिधिसभा उद्घाटन समारोहलाई शनिबार राजधानीमा सम्बोधन गगर्दै सभापति देउवाले शिक्षाका सन्दर्भमा गरिएका व्यवस्थाको समीक्षा गर्नुपर्ने हालसम्मको अभ्यासबाट देखिएकाले त्यसतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

Page 19 of 31

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।