News | Tag: शेरबहादुर देउवा
स्वदेश फर्किए प्रधानमन्त्री देउवा
1 month agoकाठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किएका छन्। प्रधानमन्त्री देउवा तीन दिने भारत भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किंएका हुन्। भारतको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवा गत शुक्रबार नयाँदिल्ली गएका थिए। शनिबार देउवाले समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए।
प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता
1 month agoकाठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। तीन दिने भारत भ्रमणको क्रममा रहेका प्रधानमन्त्री देउवाले शुक्रबार साँझ विदेशमन्त्री एस जयशंकरसँग भेट गरेका हुन्। प्रधानमन्त्री देउवा र विदेशमन्त्री जयशंकरबीच नयाँ दिल्लीस्थित होटल आईटीसी मौर्यमा भेट भएको हो।
प्रधानमन्त्री देउवा दिल्ली पुगे
1 month agoकाठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। तीन दिने औपचारिक भ्रमणका लागि चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा केहीबेर अघि दिल्ली पुगेका हुन्।
प्रधानमन्त्री देउवालाई दिल्ली विमानस्थलमा राज्यमन्त्री लगायतले स्वागत गर्ने
1 month agoकाठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन्। देउवाको स्वागतमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र विदेश मन्त्रालयका नेपाल हेर्ने सहसचिव अनुराग श्रीवास्तव पनि विमानस्थल पुगेका छन्।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खाणलाई
1 month agoकाठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी राष्ट्र भारत भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी बालकृष्ण खाणले पाएका छन्। प्रधानमन्त्री देउवा शुक्रबार अपराह्न तीन दिनका लागि भारत प्रस्थान गरेकाले राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री खाणलाई दैनिक प्रशासनिक कार्यका लागि कार्यवाहक तोकेकी हुन्।
प्रधानमन्त्री देउवा भारत प्रस्थान
1 month agoकाठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन्। तीन दिने औपचारिक भ्रमणका लागि चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा केहीबेर अघि दिल्ली प्रस्थान गरेका हुन्।
गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँः शेरबहादुर देउवा
1 month agoकाठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन नहुँदा आफूले बालबाल जितेको स्मरण गराएका छन्। सोमबारको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै प्रधानमन्त्री समेत रहेका सभापति देउवाले निर्वाचनमा गठबन्धन हुनुपर्ने पक्षमा बोलेका हुन्।
प्रधानमन्त्री देउवा चैत १८ गते भारत भ्रमणमा जाने
1 month agoकाठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा १८ चैतमा भारत भ्रमणमा जाने भएका छन्। सोमबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै देउवा भारत भ्रमणमा जान लागेको जानकारी दिएको हो।
बालुवाटारमा प्रधानमन्त्री र प्रचण्डबीच भेट
1 month agoकाठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ। मंगलबार बिहान बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग घाइते तथा अपांगता भएका व्यक्तिका सन्दर्भमा पाँचबुँदे ध्यानाकर्षण गराएका छन्।
प्रहरी जवानको हत्यामा संलग्नले उन्मुक्ति पाउँदैनः प्रधानमन्त्री देउवा
2 months agoविराटनगर। प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा प्रहरी जवानको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउने बताएका छन्। सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास पछि बोल्दै उनले दोषीलाई कारबाही गर्ने बताएका हुन्।
Page 2 of 26
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
दोस्रो विश्व युद्धको समयमा चोरी भएको सुनको औंठी ग्रीस फिर्ता

एजेन्सी । नोबेल फाउण्डेशन, स्वीडेनले दोस्रो विश्वयुद्धका समयमा ग्रीसको रोड्स टापुबाट चोरी भएको पुरातन महत्वको सुनको औंठी फिर्ता गरेको ग्रीसको संस्कृति मन्त्रालयले शुक्रबार जानकारी गराएको छ ।