News | Tag: शेरबहादुर देउवा
देउवाद्वारा मकर सङ्क्रान्तिको शुभकामना
2 years agoकाठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘मकर सङ्क्रान्ति/माघे सङ्क्रान्ति’का अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्न सकोस् भन्ने शुभकामना दिएका हुन् ।
जिल्ला सभापतिहरूलाई देउवाको ‘ब्रेकफास्ट’, आफ्नै निवासमा राखे सुझाव सुन्ने कार्यक्रम
2 years agoकाठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितबाट पारित निर्णय सच्याउन माग गर्दै काठमाडौँ आएका जिल्ला सभापतिहरूलाई आफ्नै निवासमा बोलाएका छन् । दुई दिनसम्म केन्द्रीय मुख्यालय सानेपामा बसेको जिल्ला सभापतिहरुको भेला सकिने दिन बिहीबार सभापति देउवाले बुढानिलकण्ठस्थित आफ्नै निवासमा बोलाएका हुन् ।
देउवालाई भेट्न फेरि बुढानिलकण्ठ पुगे प्रचण्ड
2 years agoकाठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । अध्यक्ष प्रचण्ड सभापति देउवालाई भेट्न सोमबार बिहान देउवा निवास बुढानिलकण्ठ निवास पुगेका थिए । अध्यक्ष प्रचण्ड यसअघि गत मंसिरमा समेत देउवालाई भेट्न उनकै निवास पुगेका थिए ।
बहुमतले निर्णय गर्न बाध्य भइयो : सभापति देउवा
2 years agoविराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई सहमतिका नाममा बन्धक बनाउन खोजिएको कारण बहुमतले निर्णय गर्न बाध्य भएको बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले सहमति नजुटेपछि बहुमतका आधारमा गरिएको निर्णय सबैले मान्नुपर्ने समेत बताए ।
प्रचण्ड र देउवाबीच बुढानिलकण्ठमा आधा घण्टा छलफल
2 years agoकाठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग उनकै निवासमा पुगेर भेटघाट गरेका छन् । सभापति देउवालाई भेट्न अध्यक्ष प्रचण्ड शुक्रबार बिहान बुढानिलकण्ठस्थित देउवा निवास पुगेका थिए ।
बागलुङ जीप दुर्घटनाका मृतकहरूप्रति सभापति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
2 years agoकाठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बागलुङमा भएको जीप दुर्घटनामा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । बागलुङको बडीगाड गाउँपालिकामा भएको जीप दुर्घटनामा मंगलबार १४ जनाले ज्यान गुमाएका थिए ।
ओलीको राष्ट्रवाद कालापानी पुग्दा लम्पसारवादमा परिणत भयाे : सभापति देउवा
2 years agoकाठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा पुग्दा लम्पसारवादमा परिणत भएको आरोप लगाएका छन् । शुक्रबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै देउवाले कालापानीको विषयमा सरकारले सही ढंगले काम गर्न नसकेको बताए ।
राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट
2 years agoकाठमाडौं । नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नोपली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज शिष्टाचार भेट गरेका छन् । भेटमा दुई देशबीच आपसी हित, आर्थिक साझेदारी र विकासका विषयमा समेत छलफल भएको भेटवार्तामा सहभागी काङ्ग्रेस नेता डा नारायण खड्काले जानकारी दिए ।
देउवाको गर्जन
2 years agoसत्ता पक्षका अगाडि ‘मुसो’ जस्तो भएपनि प्रतिपक्षको अगाडि भने शेरबहादुर देउवा ‘शेर’ जस्तै गर्जने गरेका छन् । गत साता दमौली पुगेका देउवाले चोर औंला ठड्याउँदै कम्युनिष्ट सरकारको बिरोध गरे । कम्युनिष्ट सरकारको विरोध गर्दा कांग्रेस कार्यकर्ताले ताली ठोके ।
लोकतन्त्रको रक्षाका लागि काङ्ग्रेस एकजुट हुनुपर्छ : सभापति देउवा
2 years agoकाठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले लामो लडाइँपछि प्राप्त अधिकारको रक्षाका लागि काङ्ग्रेस एकजुट हुनुपर्ने बताएका छन् । नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम’मा उनले नेपाली जनताको लडाइँ, सङ्घर्ष र बलिदानबाट ल्याएको लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए । “सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको छ, लोकतन्त्रको रक्षाका लागि काङ्ग्रेस एकजुट हुनुपर्छ”, उनले भने ।
Page 21 of 27
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।