News | Tag: शेरबहादुर देउवा
देउवाले आलमबारे दिएको अभिव्यक्ति सच्याउँदै भने : अनुसन्धानलाई सघाउछौँ
2 years agoकाठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मोहम्मद आफताव आलम पक्राउको सम्बन्धमा शुक्रबार आफूले दिएको अभिव्यक्ति सच्याएका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै सभामुख देउवाले आलमको मुद्दामा पूर्वाग्रह र दबावमुक्त रहेर अनुसन्धान हुनुपर्ने बताए । साथै आलमको मुद्दामा पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्न कांग्रेसले सघाउने समेत उनले बताए ।
शेरबहादुर देउवालाई रवीन्द्र मिश्रकाे चेतावनी : जेलमा बसेर टेलिभिजन हेर्नुहाेला
2 years agoकाठमाडौँ । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई जेलमा बस्नुपर्ने चेतावनी दिएका छन् । काँग्रेसका सांसद मोहम्मद अफताब आलमको पक्राउलाई काँग्रेस विरुद्धको षडयन्त्रको रुपमा व्याख्या गरेपछि मिश्रले देउवालाई त्यस्तो चेतावनी दिएका हुन् ।
सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोज्याे : सभापति देउवा
2 years agoकाठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् । नेपाल राष्ट्रिय मगर सङ्घ प्रदेश नं. ३ समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले लोकतन्त्रको मेरुदण्ड नै प्रेस स्वतन्त्रता भएकाले यसको रक्षा र संरक्षणमा आफ्नो पार्टीले कुनै सम्झौता नगर्ने उल्लेख गरे ।
“झगडा गर्ने पार्टी नबनाऔँ”
2 years agoबनेपा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफैँसँग लड्ने नभई अरुसँगै लड्नसक्ने पार्टी बनाउन सबै लाग्नुपर्ने बताएका छन् । नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकले आइतबार आयोजना गरेको ‘विजया दशमी, दिपावली, छठ र ल्होछार’को शुभकामना आदानप्रदान तथा शिक्षक सम्मान कार्यक्रममा उनले पार्टीभित्र आफैँ झगडा गरेर पार्टी बलियो नहुने बताए । “झगडा गर्ने पार्टी नबनाऔँ”, सभापति देउवाले भने, “पार्टीभित्र आफू आफैँमा झगडा गरेपछि चुनावमा जनताले भोट हालेन भनेर कसरी भन्ने ?”
कांग्रेसले पार्टीको लागि बलिदानीपूर्ण संघर्ष गरेका नेताहरुको स्मृति ग्रन्थ निकाल्ने
2 years agoकाठमाडौँ । पार्टीको लागि बलिदानीपूर्ण संघर्ष गरेका नेताहरुको स्मृतिमा नेपाली कांग्रेसले ‘स्मृति ग्रन्थ’ निकाल्ने भएको छ । बिहीबार काठमाडौँको ओमबहालमा पार्टीका नेता एवम् पूर्वमन्त्री मार्शल जुलुम शाक्यको शालिक अनावरण गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उक्त कुरा बताएका हुन् ।
सभापति देउवासँग अमेरिकी राजदूत बेरीको भेट
2 years agoकाठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् । सभापति देउवा निवास बूढानीलकण्ठमा आज भएको भेटवार्तामा उनीहरुबीच समसामयिक राजनीति र द्विपक्षीय आपसीहितका विषयमा छलफल भएको सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।
उपनिर्वाचनमा काङ्ग्रेसलाई जिताउन देउवाको आग्रह
2 years agoइनरुवा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले विकासका काममा काङ्ग्रेस सदैव अग्रसर रहेकाले आउँदो उपनिर्वाचनमा आफ्नो पार्टीलाई जिताउन आग्रह गरेका छन् । सुनसरीको धरान उपमहानगरपालिकामा बिपी चिन्तन प्रतिष्ठानले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै सभपाति देउवाले देशभरी काङ्ग्रेसले जितेका नगर र गाउँपालिकामा विकासको लहर देखिएकाले धरानमा पनि काङ्ग्रेसले जित्नुपर्नेमा जोड दिए ।
सभापति देउवा र चिनियाँ विदेशमन्त्री वाङबीच शिष्टाचार भेट
2 years agoकाठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीले आज शिष्टाचार भेट गरेका छन् । भेटवार्तामा उनीहरुबीच द्विपक्षीय पारस्परिक हित, चासो तथा चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली काङ्ग्रेसबीचको सम्बन्धलगायत विषयमा विचारविमर्श भएको भेटमा सहभागी परराष्ट्रविद् डा. दिनेश भट्टराईले राससलाई जानकारी दिए ।
देउवाको चुप !
2 years agoप्रधानमन्त्री केपी शर्मा ओलीको सामुन्ने पर्नासाथ शेरबहादुर देउवा किन रुझेको मुसो जस्तो हुन्छन् भन्ने कुरा कांग्रेसका नेताहरुले बुझ्न सकेका छैनन् । आफ्नो पार्टीभित्र शेर हुने, ओली सामु मुसो ।
सभापति देउवाद्वारा हरितालिका तीजकाे शुभकामना
2 years agoकाठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका तीजको अवसरमा आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । उनले एक शुभकामना सन्देशमार्फत हाम्रो देश अनेक धर्म, संस्कृति र पर्वले समृद्ध भएको उल्लेख गर्दै यस्ता पर्व हाम्रा पहिचान र गौरव भएको बताएका छन् ।
Page 22 of 27
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।