News | Tag: शेरबहादुर देउवा

सभापति देउवाद्वारा दुःख व्यक्त

2 years ago

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका सांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायकोे निधनप्रति दुःख व्यक्त गरेका छन् । क्यान्सर रोगबाट पीडित सांसद उपाध्यायको उपचारका क्रममा आज निधन भएको हो । सभापति देउवाले आज शोक वक्तव्यमार्फत उनको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । सांसद उपाध्यायको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताउँदै सभापति देउवाले पार्टी र आफ्नो व्यक्तिगततर्फबाट श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

शहीदका सपनालाई विपनामा रुपान्तर गर्न देउवाको आग्रह

2 years ago

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाका निम्ति सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तरणका लागि सङ्कल्प गर्न आह्वान गरेका छन् । शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै उनले मुलुकले सुम्पिएको राष्ट्रिय जिम्मेवारी पूरा गर्न र नेपाललाई एक सुन्दर, शान्त एवं समुन्नत राष्ट्रमा परिणत गर्न जिम्मेवार सबै पक्षलाई शहीद दिवसले प्रेरणा प्रदान गर्ने विश्वास लिएका छन् ।

संसद् चलाउन विपक्षलाई विश्वासमा लिनुपर्छ : सभापति देउवा

2 years ago

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले संसद् चलाउन सभामुखले विपक्षी दललाई विश्वासमा लिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिँदै उनले भने, “सभामुख तटस्थ र निष्पक्ष पद हो । संसद् विपक्षीको हो भन्ने कुरा ध्यान दिन आग्रह गर्छु । सत्तापक्षले संसद्मा ल्याउने कानूनका बारेमा आलोचना गर्ने काम प्रतिपक्षको हो ।”

बूढानीकण्ठमा कांग्रेस सभापति देउवा र नेता पौडेलबीच छलफल

2 years ago

काठमाडौँ । नेपाली काँग्रेसको अन्तरिक विवाद समाधानका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएको छ । सभापति देउवा निवास बूढानीकण्ठमा बुधबार साँझ उनीहरुबीच पार्टीको महाधिवेशन, पार्टीका केन्द्रीय विभाग, भ्रातृ संस्थालगायत विषयमा सकारात्मक छलफल भएको उपसभापति विमलेन्द्र निधिले बताए ।

सभामुख चयनमा समस्या भए काँग्रेस तयार छ : सभापति देउवा

2 years ago

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेकपालाई सभामुख चयन गर्न समस्या भए आफूहरु तयार रहेको बताएका छन् । सभापति देउवाले सत्तारुढ नेकपाभित्रको विवादले संसदलाई बन्धक बनाउन नपाइने भन्दै सभामुखमा सहमति जुटाउन नसक्ने भए आफूहरुलाई दिन आग्रह गरे । उनले चाँडै सभामुखको उम्मेदवार चयन गरी संसद सञ्चालनको वातावरण बनाउन नेकपालाई आग्रह गरे ।

देउवाद्वारा मकर सङ्क्रान्तिको शुभकामना

2 years ago

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘मकर सङ्क्रान्ति/माघे सङ्क्रान्ति’का अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्न सकोस् भन्ने शुभकामना दिएका हुन् ।

जिल्ला सभापतिहरूलाई देउवाको ‘ब्रेकफास्ट’, आफ्नै निवासमा राखे सुझाव सुन्ने कार्यक्रम

2 years ago

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितबाट पारित निर्णय सच्याउन माग गर्दै काठमाडौँ आएका जिल्ला सभापतिहरूलाई आफ्नै निवासमा बोलाएका छन् । दुई दिनसम्म केन्द्रीय मुख्यालय सानेपामा बसेको जिल्ला सभापतिहरुको भेला सकिने दिन बिहीबार सभापति देउवाले बुढानिलकण्ठस्थित आफ्नै निवासमा बोलाएका हुन् ।

देउवालाई भेट्न फेरि बुढानिलकण्ठ पुगे प्रचण्ड

2 years ago

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । अध्यक्ष प्रचण्ड सभापति देउवालाई भेट्न सोमबार बिहान देउवा निवास बुढानिलकण्ठ निवास पुगेका थिए । अध्यक्ष प्रचण्ड यसअघि गत मंसिरमा समेत देउवालाई भेट्न उनकै निवास पुगेका थिए ।

बहुमतले निर्णय गर्न बाध्य भइयो : सभापति देउवा

2 years ago

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई सहमतिका नाममा बन्धक बनाउन खोजिएको कारण बहुमतले निर्णय गर्न बाध्य भएको बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले सहमति नजुटेपछि बहुमतका आधारमा गरिएको निर्णय सबैले मान्नुपर्ने समेत बताए ।

प्रचण्ड र देउवाबीच बुढानिलकण्ठमा आधा घण्टा छलफल

2 years ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग उनकै निवासमा पुगेर भेटघाट गरेका छन् । सभापति देउवालाई भेट्न अध्यक्ष प्रचण्ड शुक्रबार बिहान बुढानिलकण्ठस्थित देउवा निवास पुगेका थिए ।

Page 23 of 30

पर्यटन

नेपाली आकाश सुरक्षित छः पर्यटनमन्त्री श्रेष्ठ

नेपाली आकाश सुरक्षित छः पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४१ औं त्रैवार्षिक महासभामा सम्वोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताएका छन्। क्यानडाको मड्रियल सहरमा जारी महासभामा बुधबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आइकाओले प्रतिपादन गरेका मापदण्ड र सुझाव अनुरुप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताए।

जीवनशैली

सुनका गहना खुट्टामा कहिल्यै लगाउनु हुँदैन !

सुनका गहना खुट्टामा कहिल्यै लगाउनु हुँदैन !

एजेन्सी । हिन्दु धर्म अनुसार कम्मर मुनि सुनको वस्तु लगाउनु वर्जित मानिन्छ । सुनका गहना कम्मरभन्दा माथि मात्र लगाउनु पर्ने मान्यता रहेको छ।

विचित्र विश्व

निद्रासम्बन्धी रोचक तथ्यहरु

निद्रासम्बन्धी रोचक तथ्यहरु

निद्रा हाम्रा लागि अपरिहार्य छ । निदाउनु जीवनको एक प्रक्रिया हो । यसै निद्राबारे हामी त्यति गहिरिएर बुझ्ने गरेका छैनौँ । आज यसै सम्बन्धमा निद्राबारे केही रोचक तथ्यहरुबारे यहाँ चर्चा गरौँ । यी तथ्यहरु सुनेर तपाई पनि अचम्ममा पर्न सक्नुहुनेछ ।