News | Tag: शेरबहादुर देउवा

गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएकोप्रति सभापति देउवा चिन्तित

3 years ago

गोरखा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरेका छन् । नेपाली काङ्ग्रेस गोरखा नगरसमितिको दोस्रो सम्मेलनमा सहभागी हुन शनिबार साँझ यहाँ आइपुग्नुभएका सभापति देउवाले आज बिहान दरबार पुनःनिर्माणको अवलोकनका क्रममा सो चिन्ता व्यक्त गरेका हुन् ।

देउवा भन्छन् : बजेटले संघीयताकाे अपमान गर्न खाेज्याे

3 years ago

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आव २०७६/७७ काे लागि हिजाे संसदमा प्रस्तुत भएकाे बजेटले संघीयताकाे अपमान गर्न खाेजेकाे आराेप लगाएका छन् । उनले सङ्घीयता नेपालका लागि नौलो प्रयोग भएको र यसलाई कसरी सफल बनाउने, कसरी प्रदेशअन्तर्गतका जनताको भावनाअनुसार अघि बढ्ने भन्ने विषयमा छलफल गर्ने बेला आएको बताए ।

कम्युनिष्टकाे एकताले नै काँग्रेस पराजित भएकाे हाे : सभापति देउवा

3 years ago

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका गुट उपगुट अन्त्य नभएसम्म पार्टी बलियो हुन नसक्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाजको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले पार्टीभित्र निर्वाचनमा जित्ने र हार्नेबीच आ–आफ्ना गल्ती कमजोरी स्वीकारेर सहकार्य नहुँदासम्म पार्टी बलियो हुन नसक्ने बताएका हुन् ।

राष्ट्रपतिलाई विवादमा तान्ने काम सरकारबाटै भयाे : सभापति देउवा

3 years ago

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिलाई विवादमा तान्ने काम वर्तमान सरकारले नै गरिरहेको आरोप लगाएका छन् । संसद बैठकमा बोल्दै सभापति देउवाले राष्ट्रपतिलाई पटक पटक विवाद ल्याउन वर्तमान सरकारले भूमिका खेलेको बताए ।

काँग्रेस कमजाेर छैन : सभापति देउवा

3 years ago

झापा । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेस कमजोर प्रतिपक्ष नभएको बताएका छन् । संसद्मा प्रतिपक्षको भूमिका निर्वाह गरेपनि कहिल्यै कमजोर नभएको उनको जिकीर थियो । झापाको चन्द्रगढी विमानस्थलमा आज पत्रकारसँगको कुराकानीमा सभापति देउवाले काङ्ग्रेसलाई भोट दिने बेला अरूलाई दिएर प्रतिपक्षमा बलियो उपस्थिति नभएको भन्दै काङ्ग्रेसको बदनाम गर्न खोजेको आरोप लगाए ।

सरकारविरूद्ध आन्दाेलन गर्नुपर्ने बेला आयाे : सभापति देउवा

3 years ago

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको बताएका छन् । नेपाल विद्यार्थी सङ्घको ४९औँ स्थापना दिवसका अवसरमा नेविसङ्घ काठमाडौँले आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले सरकार विरुद्ध आन्दोलन गर्नुपर्ने बेला आएको बताए ।

गाेल्छाकाे निधनप्रति सभापति देउवाद्वारा दुःख प्रकट

3 years ago

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वसांसद एवं प्रसिद्ध उद्योगपति दिवाकर गोल्छाको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत गोल्छाको निधनबाट नेपालको औद्योगिक क्षेत्रमा अपूरणीय क्षति पुगेको र राष्ट्रले एक कुशल उद्योगपतिलाई गुमाएको उल्लेख गरेका छन् ।

हावाहुरी प्रभावित क्षेत्रमा सभापति देउवा

3 years ago

बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्र अवलोकनका लागि मङ्गलबार लुम्बिनीबाट हेलिकप्टरमार्फत त्यसतर्फ प्रस्थान गर्दै पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ।

विप्लवलाई वार्तामा आउन काङ्ग्रेस सभापति देउवाको आग्रह

3 years ago

पाल्पा । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन् । उनले उक्त पार्टीलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने बताए ।

जनमत सङ्ग्रह स्वीकार्न सकिदैन : सभापति देउवा

3 years ago

बेनी । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको भूभागको विषयमा जनमत सङ्ग्रह हुन नसक्ने बताएका छन् । नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापनि देउवाले सीके राउतसँगको सहमतिपत्रमा प्रयोग गरिएको ‘जनअभिमत’ शब्दलाई जनमत सङ्ग्रहका रूपमा स्वीकार्न नसकिने बताए ।

Page 24 of 27

पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।