News | Tag: शेरबहादुर देउवा

देउवाद्वारा मकर सङ्क्रान्तिको शुभकामना

2 years ago

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘मकर सङ्क्रान्ति/माघे सङ्क्रान्ति’का अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्न सकोस् भन्ने शुभकामना दिएका हुन् ।

जिल्ला सभापतिहरूलाई देउवाको ‘ब्रेकफास्ट’, आफ्नै निवासमा राखे सुझाव सुन्ने कार्यक्रम

2 years ago

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितबाट पारित निर्णय सच्याउन माग गर्दै काठमाडौँ आएका जिल्ला सभापतिहरूलाई आफ्नै निवासमा बोलाएका छन् । दुई दिनसम्म केन्द्रीय मुख्यालय सानेपामा बसेको जिल्ला सभापतिहरुको भेला सकिने दिन बिहीबार सभापति देउवाले बुढानिलकण्ठस्थित आफ्नै निवासमा बोलाएका हुन् ।

देउवालाई भेट्न फेरि बुढानिलकण्ठ पुगे प्रचण्ड

2 years ago

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । अध्यक्ष प्रचण्ड सभापति देउवालाई भेट्न सोमबार बिहान देउवा निवास बुढानिलकण्ठ निवास पुगेका थिए । अध्यक्ष प्रचण्ड यसअघि गत मंसिरमा समेत देउवालाई भेट्न उनकै निवास पुगेका थिए ।

बहुमतले निर्णय गर्न बाध्य भइयो : सभापति देउवा

2 years ago

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई सहमतिका नाममा बन्धक बनाउन खोजिएको कारण बहुमतले निर्णय गर्न बाध्य भएको बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले सहमति नजुटेपछि बहुमतका आधारमा गरिएको निर्णय सबैले मान्नुपर्ने समेत बताए ।

प्रचण्ड र देउवाबीच बुढानिलकण्ठमा आधा घण्टा छलफल

3 years ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग उनकै निवासमा पुगेर भेटघाट गरेका छन् । सभापति देउवालाई भेट्न अध्यक्ष प्रचण्ड शुक्रबार बिहान बुढानिलकण्ठस्थित देउवा निवास पुगेका थिए ।

बागलुङ जीप दुर्घटनाका मृतकहरूप्रति सभापति देउवाद्वारा श्रद्धाञ्जली अर्पण

3 years ago

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बागलुङमा भएको जीप दुर्घटनामा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । बागलुङको बडीगाड गाउँपालिकामा भएको जीप दुर्घटनामा मंगलबार १४ जनाले ज्यान गुमाएका थिए ।

ओलीको राष्ट्रवाद कालापानी पुग्दा लम्पसारवादमा परिणत भयाे : सभापति देउवा

3 years ago

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा पुग्दा लम्पसारवादमा परिणत भएको आरोप लगाएका छन् । शुक्रबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै देउवाले कालापानीको विषयमा सरकारले सही ढंगले काम गर्न नसकेको बताए ।

राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट

3 years ago

काठमाडौं । नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नोपली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज शिष्टाचार भेट गरेका छन् । भेटमा दुई देशबीच आपसी हित, आर्थिक साझेदारी र विकासका विषयमा समेत छलफल भएको भेटवार्तामा सहभागी काङ्ग्रेस नेता डा नारायण खड्काले जानकारी दिए ।

देउवाको गर्जन

3 years ago

सत्ता पक्षका अगाडि ‘मुसो’ जस्तो भएपनि प्रतिपक्षको अगाडि भने शेरबहादुर देउवा ‘शेर’ जस्तै गर्जने गरेका छन् । गत साता दमौली पुगेका देउवाले चोर औंला ठड्याउँदै कम्युनिष्ट सरकारको बिरोध गरे । कम्युनिष्ट सरकारको विरोध गर्दा कांग्रेस कार्यकर्ताले ताली ठोके ।

लोकतन्त्रको रक्षाका लागि काङ्ग्रेस एकजुट हुनुपर्छ : सभापति देउवा

3 years ago

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले लामो लडाइँपछि प्राप्त अधिकारको रक्षाका लागि काङ्ग्रेस एकजुट हुनुपर्ने बताएका छन् । नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम’मा उनले नेपाली जनताको लडाइँ, सङ्घर्ष र बलिदानबाट ल्याएको लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए । “सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको छ, लोकतन्त्रको रक्षाका लागि काङ्ग्रेस एकजुट हुनुपर्छ”, उनले भने ।

Page 25 of 31

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

अनौठो तरिकाले गियर परिवर्तन गरेको देखेर युवतीले ड्राइभरसँग प्रेम गरेपछि...

अनौठो तरिकाले गियर परिवर्तन गरेको देखेर युवतीले ड्राइभरसँग प्रेम गरेपछि...

‘प्रेम गरिँदैन, प्रेम हुन्छ मात्र’ तपाईंले यो वाक्यांश सुन्नु भएको होला । हाल पाकिस्तानबाट केही यस्तो घटना बाहिर आएको छ, जसको बारेमा थाहा पाएर सबै छक्क परेका छन् । एक पाकिस्तानी महिला आफ्नो ड्राइभरसँग प्रेममा परिन् जसको पछाडिको कारण पनि अनौठो छ ।