News | Tag: शेरबहादुर देउवा
देउवा सरकारको निर्णय उल्टाउने ओली सरकारको कदममा सर्वोच्चको ब्रेक, दियो यस्तो आदेश
4 years agoकाठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गरिएका नियुक्ति र निर्णय अहिलेको सरकारले बदर गर्यो । आफ्नो नियुक्ति बदर भएपछि अधिकांश व्यक्तिहरु सर्वोच्च अदालत पुगे । सर्वोच्चले धमाधम नियुक्ति बदरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइरहेको छ ।
सभापति देउवाद्वारा पूर्वसांसद जोशीको निधनप्रति दुःख व्यक्त
4 years agoकाठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका पूर्व केन्द्रीय सदस्य तथा पूर्वसांसद कृष्णकुमार जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
सभापति देउवाले यसकारण गरे विदेश भ्रमण स्थगित
4 years agoकाठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सातदिने विदेश भ्रमण स्थगन गरेका छन् । मुलुकमा केही दिनयता विकसित राजनीतिक परिस्थितिलाई ध्यानमा राखी सभापति देउवाले विदेश भ्रमण स्थगन गरेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सरकारले जनताको मौलिक अधिकार कुण्ठित गर्न खोजेको सभापति देउवाको आरोप
4 years agoकाठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले केही स्थान हड्ताल–जुलुस गर्न निषेधित क्षेत्र घोषणा गरेर जनताको शान्तिपूर्ण प्रदर्शन गर्न पाउने मौलिक अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाएका छन् । छत्तीसौँ बिपी स्मृति दिवसका अवसरमा काँग्रेस केन्द्रीय समितिद्वारा आज आयोजित कार्यक्रममा उनले संविधानप्रदत्त शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार कुण्ठित गर्नु अप्रजातान्त्रिक र मानवाधिकारविरुद्ध हो भन्दै कम्युनिष्टसँग मिल्नुहुँदैन भन्ने बिपीको विचार उपयुक्त भएको आफूले भर्खरै थाहा पाउन लागेको बताए ।
डा. केसीकाे माग पूरा नभएसम्म काँग्रेसकाे अान्दाेलन राेकिन्न : सभापति देउवा
4 years agoकाठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. गोविन्द केसीको माग जायज रहेकोले सरकारले उनको माग पूरा नगरेसम्म आफ्नो आन्दोलन नरोकिने चेतावनी दिएका छन् । काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले चिकित्सा शिक्षा विधेयक हुबहु पास हुनुपर्ने बताए ।
माइतीघर मण्डला र जुम्ला घटनामा सरकारबाट ज्यादती भयोः सभापति देउवा
4 years agoकाठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा संघीय संसद् भवन बाहिर सूचना टाँस गरी आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक साउन ११ गते शुक्रबारसम्मका लागि सारिएको छ ।
सभापति देउवाद्वारा डा. केसीका मागप्रति गम्भीर हुन सरकारलाई आग्रह
4 years agoकाठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आमरण अनशनरत डा गोविन्द केसीका मागप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेका छन् । सभापति देउवाले आज एक विज्ञप्तिमार्फत डा केसीको स्वास्थ्य स्थिति थप बिग्रंदै गएको खबरले आफूलाई गम्भीर बनाएको उल्लेख गर्दै यसमा सरकार वार्तामार्फत समाधानका लागि गम्भीर नहुनुलाई झनै गम्भीर विषयका रुपमा लिएको बताएका छन् ।
देउवाजी, अब जति पनि रुन पाइन्छ, रुनुहोस् !
4 years agoसंसदीय निर्वाचन (२०७४ मङ्सिर) प्रचारप्रसारका क्रममा प्रधानमन्त्रीको समेत जिम्मेवारीमा रहेका काङ्ग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक रूपमै घोषणा गरे, ‘कम्युनिस्टले चुनाव जिते भने अधिनायकवावाद आउँछ, रुन पनि पाइँदैन ।’ जब कि अधिनायकवाद र कम्युनिस्टबारे देउवाको बुझाइ र व्यवहारमा तालमेल देखिँदैन ।
सात प्रदेश प्रमुखहरुको पद धरापमा, अब के हुन्छ ?
4 years agoकाठमाडौं । वर्तमान केपी ओली नेतृत्वको सरकारले शेरबहादुर देउवा नेतृत्वको सरकारले भदौ १४ देखि फागुन २ गतेसम्म गरेका सबै राजनीतिक निर्णण बदर गर्ने निर्णय गरेको छ । बुधबार राती बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आचारसंहिता लागू भइसकेपछि गरिउका सबै नियुक्ती बदर गर्ने निर्णय गरेसँगै सात प्रदेशका प्रमुखले के गर्लान् भन्ने चासो बढेको छ ।
राेपाइँमा गएर देउवाले भने : काँग्रेस मिलेर अघि बढ्नुकाे विकल्प छैन
4 years agoभक्तपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा सबैजना एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।
Page 27 of 28
पर्यटन
‘जहाँ महादेव विराजमान रहन्छन्’

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथमा साउन महिनाभरि महादेव विराजमान रहन्छन् भन्ने विश्वासका साथ तीर्थयात्रीको भीडभाड हुने गर्दछ ।
जीवनशैली
दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

“हो हो हो...शङ्खासुर दैत्यले वेद चोरी लग्यो, ब्रह्मा निदाए तहाँ । यी गीतका लय र शब्द सुनेपछि साथीभाइसँग नाच्ने र अभिनय गरेको अहिले ताजै छ तर उमेर ढल्क्यो, बालन नाच्न छाडेको पनि पाँच वर्ष भयो, नाच्न नसके पनि हेर्न भने विभिन्न ठाउँमा पुगेकै हुन्छु ।”
विचित्र विश्व
रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

एजेन्सी । युक्रेन र रुसबीच जारी युद्धमा ८० हजारभन्दा बढी रुसी सैनिक मारिएको वा घाइते भएको बताइएको छ । एपीको रिपोर्ट अनुसार पेन्टागनमा रहेका अमेरिकी अधिकारीहरूले सोमबार अनुमान गरेका छन् कि फेब्रुअरीमा सुरु भएको युद्धमा युक्रेनमा हालसम्म ८० हजार रुसी मारिएका वा घाइते भएका छन्।