News | Tag: शेरबहादुर देउवा

देउवाको गर्जन

3 years ago

सत्ता पक्षका अगाडि ‘मुसो’ जस्तो भएपनि प्रतिपक्षको अगाडि भने शेरबहादुर देउवा ‘शेर’ जस्तै गर्जने गरेका छन् । गत साता दमौली पुगेका देउवाले चोर औंला ठड्याउँदै कम्युनिष्ट सरकारको बिरोध गरे । कम्युनिष्ट सरकारको विरोध गर्दा कांग्रेस कार्यकर्ताले ताली ठोके ।

लोकतन्त्रको रक्षाका लागि काङ्ग्रेस एकजुट हुनुपर्छ : सभापति देउवा

3 years ago

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले लामो लडाइँपछि प्राप्त अधिकारको रक्षाका लागि काङ्ग्रेस एकजुट हुनुपर्ने बताएका छन् । नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम’मा उनले नेपाली जनताको लडाइँ, सङ्घर्ष र बलिदानबाट ल्याएको लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए । “सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको छ, लोकतन्त्रको रक्षाका लागि काङ्ग्रेस एकजुट हुनुपर्छ”, उनले भने ।

देउवाले आलमबारे दिएको अभिव्यक्ति सच्याउँदै भने : अनुसन्धानलाई सघाउछौँ

3 years ago

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मोहम्मद आफताव आलम पक्राउको सम्बन्धमा शुक्रबार आफूले दिएको अभिव्यक्ति सच्याएका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै सभामुख देउवाले आलमको मुद्दामा पूर्वाग्रह र दबावमुक्त रहेर अनुसन्धान हुनुपर्ने बताए । साथै आलमको मुद्दामा पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्न कांग्रेसले सघाउने समेत उनले बताए ।

शेरबहादुर देउवालाई रवीन्द्र मिश्रकाे चेतावनी : जेलमा बसेर टेलिभिजन हेर्नुहाेला

3 years ago

काठमाडौँ । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई जेलमा बस्नुपर्ने चेतावनी दिएका छन् । काँग्रेसका सांसद मोहम्मद अफताब आलमको पक्राउलाई काँग्रेस विरुद्धको षडयन्त्रको रुपमा व्याख्या गरेपछि मिश्रले देउवालाई त्यस्तो चेतावनी दिएका हुन् ।

सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोज्याे : सभापति देउवा

3 years ago

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् । नेपाल राष्ट्रिय मगर सङ्घ प्रदेश नं. ३ समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले लोकतन्त्रको मेरुदण्ड नै प्रेस स्वतन्त्रता भएकाले यसको रक्षा र संरक्षणमा आफ्नो पार्टीले कुनै सम्झौता नगर्ने उल्लेख गरे ।

“झगडा गर्ने पार्टी नबनाऔँ”

3 years ago

बनेपा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफैँसँग लड्ने नभई अरुसँगै लड्नसक्ने पार्टी बनाउन सबै लाग्नुपर्ने बताएका छन् । नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकले आइतबार आयोजना गरेको ‘विजया दशमी, दिपावली, छठ र ल्होछार’को शुभकामना आदानप्रदान तथा शिक्षक सम्मान कार्यक्रममा उनले पार्टीभित्र आफैँ झगडा गरेर पार्टी बलियो नहुने बताए । “झगडा गर्ने पार्टी नबनाऔँ”, सभापति देउवाले भने, “पार्टीभित्र आफू आफैँमा झगडा गरेपछि चुनावमा जनताले भोट हालेन भनेर कसरी भन्ने ?”

कांग्रेसले पार्टीको लागि बलिदानीपूर्ण संघर्ष गरेका नेताहरुको स्मृति ग्रन्थ निकाल्ने

3 years ago

काठमाडौँ । पार्टीको लागि बलिदानीपूर्ण संघर्ष गरेका नेताहरुको स्मृतिमा नेपाली कांग्रेसले ‘स्मृति ग्रन्थ’ निकाल्ने भएको छ । बिहीबार काठमाडौँको ओमबहालमा पार्टीका नेता एवम् पूर्वमन्त्री मार्शल जुलुम शाक्यको शालिक अनावरण गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उक्त कुरा बताएका हुन् ।

सभापति देउवासँग अमेरिकी राजदूत बेरीको भेट

3 years ago

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् । सभापति देउवा निवास बूढानीलकण्ठमा आज भएको भेटवार्तामा उनीहरुबीच समसामयिक राजनीति र द्विपक्षीय आपसीहितका विषयमा छलफल भएको सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।

उपनिर्वाचनमा काङ्ग्रेसलाई जिताउन देउवाको आग्रह

3 years ago

इनरुवा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले विकासका काममा काङ्ग्रेस सदैव अग्रसर रहेकाले आउँदो उपनिर्वाचनमा आफ्नो पार्टीलाई जिताउन आग्रह गरेका छन् । सुनसरीको धरान उपमहानगरपालिकामा बिपी चिन्तन प्रतिष्ठानले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै सभपाति देउवाले देशभरी काङ्ग्रेसले जितेका नगर र गाउँपालिकामा विकासको लहर देखिएकाले धरानमा पनि काङ्ग्रेसले जित्नुपर्नेमा जोड दिए ।

सभापति देउवा र चिनियाँ विदेशमन्त्री वाङबीच शिष्टाचार भेट

3 years ago

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीले आज शिष्टाचार भेट गरेका छन् । भेटवार्तामा उनीहरुबीच द्विपक्षीय पारस्परिक हित, चासो तथा चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली काङ्ग्रेसबीचको सम्बन्धलगायत विषयमा विचारविमर्श भएको भेटमा सहभागी परराष्ट्रविद् डा. दिनेश भट्टराईले राससलाई जानकारी दिए ।

Page 28 of 33

पर्यटन

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।

जीवनशैली

वासन्ती छठ पर्वको निराहार व्रत आज

वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।