News | Tag: शेरबहादुर देउवा
प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता
3 months agoकाठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। तीन दिने भारत भ्रमणको क्रममा रहेका प्रधानमन्त्री देउवाले शुक्रबार साँझ विदेशमन्त्री एस जयशंकरसँग भेट गरेका हुन्। प्रधानमन्त्री देउवा र विदेशमन्त्री जयशंकरबीच नयाँ दिल्लीस्थित होटल आईटीसी मौर्यमा भेट भएको हो।
प्रधानमन्त्री देउवा दिल्ली पुगे
3 months agoकाठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। तीन दिने औपचारिक भ्रमणका लागि चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा केहीबेर अघि दिल्ली पुगेका हुन्।
प्रधानमन्त्री देउवालाई दिल्ली विमानस्थलमा राज्यमन्त्री लगायतले स्वागत गर्ने
3 months agoकाठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन्। देउवाको स्वागतमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र विदेश मन्त्रालयका नेपाल हेर्ने सहसचिव अनुराग श्रीवास्तव पनि विमानस्थल पुगेका छन्।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खाणलाई
3 months agoकाठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी राष्ट्र भारत भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी बालकृष्ण खाणले पाएका छन्। प्रधानमन्त्री देउवा शुक्रबार अपराह्न तीन दिनका लागि भारत प्रस्थान गरेकाले राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री खाणलाई दैनिक प्रशासनिक कार्यका लागि कार्यवाहक तोकेकी हुन्।
प्रधानमन्त्री देउवा भारत प्रस्थान
3 months agoकाठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन्। तीन दिने औपचारिक भ्रमणका लागि चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा केहीबेर अघि दिल्ली प्रस्थान गरेका हुन्।
गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँः शेरबहादुर देउवा
3 months agoकाठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन नहुँदा आफूले बालबाल जितेको स्मरण गराएका छन्। सोमबारको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै प्रधानमन्त्री समेत रहेका सभापति देउवाले निर्वाचनमा गठबन्धन हुनुपर्ने पक्षमा बोलेका हुन्।
प्रधानमन्त्री देउवा चैत १८ गते भारत भ्रमणमा जाने
3 months agoकाठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा १८ चैतमा भारत भ्रमणमा जाने भएका छन्। सोमबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै देउवा भारत भ्रमणमा जान लागेको जानकारी दिएको हो।
बालुवाटारमा प्रधानमन्त्री र प्रचण्डबीच भेट
3 months agoकाठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ। मंगलबार बिहान बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग घाइते तथा अपांगता भएका व्यक्तिका सन्दर्भमा पाँचबुँदे ध्यानाकर्षण गराएका छन्।
प्रहरी जवानको हत्यामा संलग्नले उन्मुक्ति पाउँदैनः प्रधानमन्त्री देउवा
3 months agoविराटनगर। प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा प्रहरी जवानको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउने बताएका छन्। सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास पछि बोल्दै उनले दोषीलाई कारबाही गर्ने बताएका हुन्।
प्रचण्डलाई देउवाको जवाफः चुनाव नहुने भन्ने कुरा कहिकतैबाट देखिएको छैन
3 months agoकाठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा नेकपा एकीकृत समाजवादी पार्टीका अयक्ष समेत रहेका माधवकुमार नेपाल पनि सहभागी थिए।
Page 3 of 27
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।