News | Tag: शेरबहादुर देउवा
गाेल्छाकाे निधनप्रति सभापति देउवाद्वारा दुःख प्रकट
3 years agoकाठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वसांसद एवं प्रसिद्ध उद्योगपति दिवाकर गोल्छाको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत गोल्छाको निधनबाट नेपालको औद्योगिक क्षेत्रमा अपूरणीय क्षति पुगेको र राष्ट्रले एक कुशल उद्योगपतिलाई गुमाएको उल्लेख गरेका छन् ।
हावाहुरी प्रभावित क्षेत्रमा सभापति देउवा
3 years agoबारा र पर्साका हावाहुरी प्रभावित क्षेत्र अवलोकनका लागि मङ्गलबार लुम्बिनीबाट हेलिकप्टरमार्फत त्यसतर्फ प्रस्थान गर्दै पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ।
विप्लवलाई वार्तामा आउन काङ्ग्रेस सभापति देउवाको आग्रह
3 years agoपाल्पा । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन् । उनले उक्त पार्टीलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने बताए ।
जनमत सङ्ग्रह स्वीकार्न सकिदैन : सभापति देउवा
3 years agoबेनी । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको भूभागको विषयमा जनमत सङ्ग्रह हुन नसक्ने बताएका छन् । नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापनि देउवाले सीके राउतसँगको सहमतिपत्रमा प्रयोग गरिएको ‘जनअभिमत’ शब्दलाई जनमत सङ्ग्रहका रूपमा स्वीकार्न नसकिने बताए ।
कार्यकाल लम्ब्याउने पक्षमा नरहेकाे देउवाकाे जिकीर, अधिवेशन ताेकिएकै समयमा हुने
3 years agoविराटनगर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफु कार्यकाल लम्ब्याउने पक्षमा नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीको अधिवेशन तोकिएको समयमा हुने जानकारी दिए । सभापति देउवाले हालै भएको चाक्सीबारी बैठक सामान्य कुरा भएको र साथीहरुबीच छलफल हुनु कुनै अनौठो नभएको प्रस्ट पारे ।
कार्यकाल लम्ब्याउने देउवाको दाउ
3 years agoकाठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल थप डेढ वर्ष बढाउन चाहेका छन् ।
नेता अधिकारीको निधनप्रति काँग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त
3 years agoकाठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको निधनले आफूलाई दुःखित तुल्याएको बताएका छन् । सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत पुराना नेता श्रद्धेय अधिकारीको बिदाइसँगै मुलुकले एक असल र अनुभवी राजनीतिज्ञ गुमाएको र आफूले व्यक्तिगत रुपमा एक सहृदयी मित्र गुमाएको बताए ।
प्रेस स्वतन्त्रताप्रति सरकार गम्भीर छैन : सभापति देउवा
3 years agoभीमदत्तनगर । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताबिना प्रजातन्त्र बाँच्न नसक्ने बताएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा आज नेपाल प्रेस युनियन कञ्चनपुर शाखाको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै सभापति देउवाले लोकतन्त्र र प्रेस एक अर्काका पूरक भएकाले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न नहुने बताए ।
सभापति देउवाद्वारा दुःख व्यक्त : दुर्घटनाकाे कारण पत्ता लगाउन आग्रह
3 years agoकाठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै देउवाले एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएकोमा उनका परिवारजन, नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
राष्ट्रिय क्रिकेट टाेलीलाई सभापति देउवाकाे बधाई
4 years agoकाठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले युएइविरुद्ध एकदिवसीय र टी २० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपाली क्रिकेट टोलीले पाएको सफलता र उच्चस्तरको प्रदर्शनले आफूलाई हर्षित बनाएको उल्लेख गरेका छन् ।
Page 30 of 33
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।