News | Tag: शेरबहादुर देउवा

काेइराला परिवारसँग कुनै विवाद छैन : देउवा

4 years ago

विराटनगर । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोइराला परिवारसँग आफ्नो कुनै विवाद नरहेको बताएका छन् । नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कोइराला परिवारका तीनवटै नेताबीचको एकताले पार्टीलाई सङ्गठित बनाउन थप मद्दत पुग्ने बताए ।

संविधान सबैकाे भावनाअनुरूप रहेकाे देउवाकाे दाबी

4 years ago

विराटनगर । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान सबैको भावना अनुरुप रहेको बताएका छन् ।

पार्टीलाई एक ढिक्का बनाइसकेपछि मात्र विश्राम लिन्छुः सभापति देउवा

4 years ago

काठमाडौँ । नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले संविधान घोषणापछि सम्पन्न तीन तहको निर्वाचनबाट नेपाली काङ्ग्रेस पार्टीको सिद्धान्त विजय भएको बताएका छन् । दशैँ, तिहार, छठ तथा नेपाल संवत्को उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न काङ्ग्रेस काठमाडौँ महानगरपालिका–४ कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा देउवाले तीन तहको निर्वाचनपछि काङ्ग्रेसले अपेक्षित मत परिणाम ल्याउन नसके पनि अर्को निर्वाचनमा पार्टीलाई पहिलो नम्बर बनाउनका लागि आफू निरन्तर लागि रहने र पार्टीलाई एक ढिक्का बनाइसकेपछि मात्र विश्राम लिने बताए ।

एकता हुन नदिने प्रवृति नै अन्तरघातः सभापति देउवा

4 years ago

नेपालगञ्ज । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको बताएका छन् । जननायक बिपी कोइरालाको १०५औँ जयन्तीका अवसरमा आज यहाँ आयोजित ‘नेतृत्व विकास तथा सामूहिक सौदाबाजी’ विषयक अन्तक्र्रिया एवं प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै सभापति देउवाले पार्टी भित्रको अन्तरघात प्रवृतिलाई सबै मिलेर निरुत्साहित गर्नुपर्नेमा जोड दिए ।

देउवा सरकारको निर्णय उल्टाउने ओली सरकारको कदममा सर्वोच्चको ब्रेक, दियो यस्तो आदेश

4 years ago

काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गरिएका नियुक्ति र निर्णय अहिलेको सरकारले बदर गर्यो । आफ्नो नियुक्ति बदर भएपछि अधिकांश व्यक्तिहरु सर्वोच्च अदालत पुगे । सर्वोच्चले धमाधम नियुक्ति बदरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइरहेको छ ।

सभापति देउवाद्वारा पूर्वसांसद जोशीको निधनप्रति दुःख व्यक्त

4 years ago

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका पूर्व केन्द्रीय सदस्य तथा पूर्वसांसद कृष्णकुमार जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले यसकारण गरे विदेश भ्रमण स्थगित

4 years ago

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सातदिने विदेश भ्रमण स्थगन गरेका छन् । मुलुकमा केही दिनयता विकसित राजनीतिक परिस्थितिलाई ध्यानमा राखी सभापति देउवाले विदेश भ्रमण स्थगन गरेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सरकारले जनताको मौलिक अधिकार कुण्ठित गर्न खोजेको सभापति देउवाको आरोप

4 years ago

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले केही स्थान हड्ताल–जुलुस गर्न निषेधित क्षेत्र घोषणा गरेर जनताको शान्तिपूर्ण प्रदर्शन गर्न पाउने मौलिक अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाएका छन् । छत्तीसौँ बिपी स्मृति दिवसका अवसरमा काँग्रेस केन्द्रीय समितिद्वारा आज आयोजित कार्यक्रममा उनले संविधानप्रदत्त शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार कुण्ठित गर्नु अप्रजातान्त्रिक र मानवाधिकारविरुद्ध हो भन्दै कम्युनिष्टसँग मिल्नुहुँदैन भन्ने बिपीको विचार उपयुक्त भएको आफूले भर्खरै थाहा पाउन लागेको बताए ।

डा. केसीकाे माग पूरा नभएसम्म काँग्रेसकाे अान्दाेलन राेकिन्न : सभापति देउवा

4 years ago

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. गोविन्द केसीको माग जायज रहेकोले सरकारले उनको माग पूरा नगरेसम्म आफ्नो आन्दोलन नरोकिने चेतावनी दिएका छन् । काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले चिकित्सा शिक्षा विधेयक हुबहु पास हुनुपर्ने बताए ।

माइतीघर मण्डला र जुम्ला घटनामा सरकारबाट ज्यादती भयोः सभापति देउवा

4 years ago

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा संघीय संसद् भवन बाहिर सूचना टाँस गरी आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक साउन ११ गते शुक्रबारसम्मका लागि सारिएको छ ।

Page 32 of 33

पर्यटन

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।