News | Tag: शेरबहादुर देउवा
नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने प्रधानमन्त्री देउवाको उद्घोष
4 months agoकाठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा औपाचारिक कार्यक्रम आयोजना गरी नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री देउवाद्वारा नवौँ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक
4 months agoकाठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिताका लागि तयार गरिएको ट्रफी सार्वजनिकीकरण गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित समारोहमा उनले प्रतियोगिताका लागि तयार गरिएको ‘नेशनल गेम ट्रफी’ सार्वजनिक गरेका हुन्।
नेपाललाई सन् २०२६ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रधानमन्त्री देउवाको भनाई
4 months agoकाठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई सन् २०२६ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने बताएका छन्। बुधबार लगानी बोर्डको दिगो पूर्वाधार लगानी फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन्। प्रधानमन्त्री देउवाले पूर्वाधार विकास र आर्थिक स्तरोन्नति गर्दै सन् २०२६ सम्म विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने बताएका हुन्।
गठबन्धन ठीक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र होः देउवा
4 months agoचितवन। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन ठीक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र भएको बताएका छन्। १०९ औं बीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले सो कुरा बताएका हुन्।
प्रधानमन्त्री देउवाद्वारा महारानी एलिाबेथको निधनप्रति दुःख व्यक्त
5 months agoकाठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेका छन्। आज शुक्रबार एक ट्विट गर्दै प्रधानमन्त्री देउवाले महारानी एलिजाजेथको निधनले नेपाल र नेपाली जनताले एक महान् प्रशंसक गुमाएको उल्लेख गरेका छन्।
‘जनताको साथमा कांग्रेस’लाई सम्बोधन गर्न देउवा चितवनमा
5 months agoकाठमाडौँ। प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन पुगेका छन्। नेपाली कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रमको पहिलो चरणको समापन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन पुगेका हुन्।
प्रधानमन्त्री देउवा र भारतीय सेना प्रमुख पाण्डेबीच भेटवार्ता
5 months agoकाठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डेबीच भेटवार्ता भएको छ। मंगलबार अपराह्न ३ बजे प्रधानमन्त्री देउवासँग पाण्डेले सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका हुन्।
देउवाले दिए बेलायती प्रधानमन्त्री लिज ट्रसलाई बधाई
5 months agoकाठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महिला प्रधानमन्त्री लिज ट्रसलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ट्विटरमा प्रधामन्त्री देउवाले बेलायतको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा ट्रसलाई बधाई दिएका हुन्।
प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल
5 months agoकाठमाडौँ। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र प्रचण्डबीच आज बिहान ९ बजेदेखि छलफल भएको हो।
आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयमा देखिएका समस्याको समाधान गर्नुपर्छः प्रधानमन्त्री देउवा
5 months agoकाठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयमा देखिएका समस्याहरुको समाधान गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री देउवाले समस्याहरुको पहिचान गरी समाधान गर्नुपर्ने बताएका छन्।
Page 4 of 33
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।