News | Tag: शेरबहादुर देउवा

प्रधानमन्त्री देउवा र गगन थापा राष्ट्रपतिलाई भेट्न जाँदै

5 months ago

काठमाडौँ। प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाँदैछन्। देउवा पार्टीका महामन्त्री गगन थापालाई लिएर राष्ट्रपति भण्डारीलाई भेट्न जान लागेका हुन्।

प्रधानमन्त्री देउवा जंगी अड्डा पुगे

5 months ago

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा जङ्गी अड्डा पुगेका छन्। रक्षा मन्त्रालयले आयोजना गरेको कमाण्ड सेनापति समन्वयात्मक बैठकमा सहभागी हुन देउवा जङ्गी अड्डा गएका हुन्। रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवा आफैंसँग भएको र पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन गएको उनको निजी सचिवालयले जनाएको छ।

ओलीलाई देउवाको जवाफः शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्छौं

5 months ago

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समक्ष मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बुधबार बालुवाटारमा भएको भेटमा देउवाले ओलीलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

बालुवाटारमा देउवासँग ओलीले राखेका चार प्रस्ताव

5 months ago

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष चारवटा विषयमा कुरा राखेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधबार बिहान भएको भेटमा अध्यक्ष ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचनको घोषणाका बेला सरकारले आफूहरुसँग परामर्श नगरेकोमा असन्तुष्टि व्यक्त गरे ।

देउवाले १० जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरे

5 months ago

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरेका छन्। देउवाले आज मंगलबार १० जनालाई केन्द्रीय कार्यसमितिमा मनोनयन गरेका हुन्। किरण यादव (महोत्तरी), राधा घले (काठमाडौँ), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मीणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौँ), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीटा देवकोटा (नवलपुर) रहेका छन्।

स्थानीय चुनावमा पनि तालमेल गरेर सफलता पायौं, फेरि गठबन्धन गरेर सफलता हासिल गर्नुछः देउवा

5 months ago

काठमाडौँ। प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी प्रदेश र प्रतिनिधिसभा चुनावमा गठबन्धन गर्ने बताएका छन्। सोमबार पार्टीबाट निर्वाचित भएका स्थानीय पालिका प्रमुख र उपप्रमुखहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सो कुरा बताएका हुन्।

समुन्नत राष्ट्र निर्माणमा युवाको महत्वपूर्ण भूमिका हुन्छः प्रधानमन्त्री देउवा

5 months ago

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले समुन्नत राष्ट्र निर्माणमा युवाको महत्वपूर्ण भूमिका हुने बताएका छन्। शुक्रबार राष्ट्रिय युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले पनि युवा उद्यमशीलतालाई प्राथमिकता दिएको बताएका हुन्।

देउवा र प्रचण्डबीच छलफल हुँदै

6 months ago

काठमाडौँ। प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेट हुँदैछ। देउवालाई भेट्नको लागि प्रचण्ड बालुवाटार जाँदैछन्। शीर्ष नेताहरुको बीच चुनावको मिति घोषणा गर्ने विषयमा छलफल हुने स्रोतको भनाई छ।

वीर अस्पतालले स्वास्थ्योपचारका क्षेत्रमा अतुलनिय योगदान पुर्‍याएको छः प्रधानमन्त्री देउवा

6 months ago

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले वीर अस्पतालले स्थापनाकालदेखि हालसम्म मुलुकमा स्वास्थ्योपचारको क्षेत्रमा पुर्याएको योगदान अतुलनीय रहेको बताएका छन्। वीर अस्पतालको १३३औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उनले आम सर्वसाधारणलाई गुणस्तरीय आधुनिक स्वास्थ्योपचार सेवा प्रदान गरी यस अस्पतालले आम जनताको विश्वास जित्न सकेको उल्लेख गरे।

परिवर्तनका लागि नेपालमा भएका आन्दोलनमा प्रेसको भूमिका महत्त्वपूर्ण छः प्रधानमन्त्री देउवा

6 months ago

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले परिवर्तनका लागि नेपालमा भएका आन्दोलनमा प्रेसको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। शुक्रबारबाट हेटौँडामा सुरु भएको नेपाल प्रेस युनियनको ९ औं महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन्।

Page 5 of 33

पर्यटन

किस्पाङ गुम्बा

किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस

जीवनशैली

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।