News | Tag: शेरबहादुर देउवा

प्रधानमन्त्री देउवाद्वारा चोभार सुक्खा बन्दरगाह उद्घाटन

11 months ago

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार सुक्खा बन्दरगाहको उद्घाटन गरेका छन्। वीरगन्ज नाका हुँदै काठमाडौँका लागि मालवस्तु बोकेर आएको ३ वटा कन्टेनरलाई बन्दरगाह भित्र्याउँदै प्रधानमन्त्री देउवाले मंगलबार बन्दरगाह सञ्चालनमा ल्याएका हुन्।

स्वदेश फर्किए प्रधानमन्त्री देउवा

11 months ago

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किएका छन्। प्रधानमन्त्री देउवा तीन दिने भारत भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किंएका हुन्। भारतको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवा गत शुक्रबार नयाँदिल्ली गएका थिए। शनिबार देउवाले समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए।

प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

11 months ago

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। तीन दिने भारत भ्रमणको क्रममा रहेका प्रधानमन्त्री देउवाले शुक्रबार साँझ विदेशमन्त्री एस जयशंकरसँग भेट गरेका हुन्। प्रधानमन्त्री देउवा र विदेशमन्त्री जयशंकरबीच नयाँ दिल्लीस्थित होटल आईटीसी मौर्यमा भेट भएको हो।

प्रधानमन्त्री देउवा दिल्ली पुगे

11 months ago

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। तीन दिने औपचारिक भ्रमणका लागि चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा केहीबेर अघि दिल्ली पुगेका हुन्।

प्रधानमन्त्री देउवालाई दिल्ली विमानस्थलमा राज्यमन्त्री लगायतले स्वागत गर्ने

11 months ago

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन्। देउवाको स्वागतमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र विदेश मन्त्रालयका नेपाल हेर्ने सहसचिव अनुराग श्रीवास्तव पनि विमानस्थल पुगेका छन्।

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खाणलाई

11 months ago

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी राष्ट्र भारत भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी बालकृष्ण खाणले पाएका छन्। प्रधानमन्त्री देउवा शुक्रबार अपराह्न तीन दिनका लागि भारत प्रस्थान गरेकाले राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री खाणलाई दैनिक प्रशासनिक कार्यका लागि कार्यवाहक तोकेकी हुन्।

प्रधानमन्त्री देउवा भारत प्रस्थान

11 months ago

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन्। तीन दिने औपचारिक भ्रमणका लागि चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा केहीबेर अघि दिल्ली प्रस्थान गरेका हुन्।

गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँः शेरबहादुर देउवा

11 months ago

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन नहुँदा आफूले बालबाल जितेको स्मरण गराएका छन्। सोमबारको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै प्रधानमन्त्री समेत रहेका सभापति देउवाले निर्वाचनमा गठबन्धन हुनुपर्ने पक्षमा बोलेका हुन्।

प्रधानमन्त्री देउवा चैत १८ गते भारत भ्रमणमा जाने

11 months ago

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा १८ चैतमा भारत भ्रमणमा जाने भएका छन्। सोमबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै देउवा भारत भ्रमणमा जान लागेको जानकारी दिएको हो।

बालुवाटारमा प्रधानमन्त्री र प्रचण्डबीच भेट

1 year ago

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ। मंगलबार बिहान बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग घाइते तथा अपांगता भएका व्यक्तिका सन्दर्भमा पाँचबुँदे ध्यानाकर्षण गराएका छन्।

Page 9 of 33

पर्यटन

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।

जीवनशैली

वासन्ती छठ पर्वको निराहार व्रत आज

वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।