News | Tag: butwal
बुटवलमण्डपमा अन्तरराष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण शुरु
3 years agoबुटवल । बुटवल उपमहानगरपालिका–१०, रामनगरस्थित बुटवलमण्डपमा आधुनिक तथा उच्च प्रविधियुक्त ‘अन्तरराष्ट्रियस्तरको बुटवल प्रदर्शनी केन्द्र’ निर्माणका लागि आजदेखि काम शुरु भएको छ । शहरी विकास मन्त्रालय, शहरी विकास र भवन निर्माण विभाग, बुटवल सभागृह तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन एकाइले गरेको बोलपत्र स्वीकृत भएपछि आजदेखि काम शुरु गरिएको हो । उक्त आयोजना शुरु भएको २७ महीनामै निर्माण पूरा गर्ने लक्ष्य लिइएको भवन विभागका महानिर्देशक मनिराम गेलालले जानकारी दिए ।
स्थानीयको विरोधपछि जग्गा हडपेर बन्न लागेको भवनको शिलान्यास रोकियो
3 years agoबुटवल । सार्वजनिक जग्गा हडप गरेर तिलोत्तमा व्यापार संघको भवन निर्माण गरेको भन्दै स्थानीयले अवरोध सिर्जना गरेका छन् । संघको भवन निर्माणका लागि आज शिलान्यास गर्ने कार्यक्रम तय गरिएको थियो । घरको सिलान्यास कार्यक्रममै गएर स्थानीयले विरोध प्रदर्शन गरेपछि उक्त घर निर्माण अन्यौलतामा परेको छ ।
बुटवलको सडक विस्तार तत्काल रोक्न अदालतको आदेश
3 years agoबुटवल । उच्च अदालत तुलसीपुरले बुटवलको सडक विस्तार कार्यलाई तत्काल रोक्न आदेश दिएको छ । अदालतको आदेशसँगै बुटवलको चौराहदेखि गोलपार्कसम्मको सडक विस्तार कार्य हाललाई रोकिएको हो ।
रुपन्देहीमा कभर्ड हल बन्दै, ८० प्रतिशत काम पूरा
4 years agoबुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको पर्सावलमा रु ५० लाखभन्दा बढीको लागतमा कभर्ड हल निर्माण हुन लागेको छ ।
१६ वर्षीय किशोरीलाई जलाएको आशंकामा बुबा, हजुरआमासँगै दुई फूपू समातिए
4 years agoबुटवल । आफ्नै छोरीलाई मट्टीतेल छर्केर आगो लगाएको अभियोगमा बाबुसहित चार जना पक्राउ परेका छन् । रूपन्देहीको कञ्चन गाउँपालिका–५ की १६ वर्षीया किशोरी समीक्षा ठकुरीलाई आगो लगाएको आंशकामा उनका बुबा तेजबहादुर, हजुरआमा हरिकला, फुपूहरू मधु र अमृतालाई इलाका प्रहरी कार्यालय सालझन्डी रूपन्देहीले सोमबार पक्राउ गरेको हो ।
Page 1 of 1
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।