News | Tag: death
अस्पतालमा मृत्यु भएकी युवतीको नतिजा नेगेटिभ
2 years agoचितवन । भरतपुर अस्पतलमा उपचारका क्रममा मृत्यु भएकी एक युवतीको नतिजा नेगेटिभ आएको छ । उपचारको क्रममा शुक्रबार मृत्युपछि बिहान सिन्धुली घर भएकी युवतीको कोरोना भाइरसको आशङ्कामा स्वाब परीक्षणका लागि हेटाँैडा पठाइएको थियो ।
चट्याङ लागेर दुईको मृत्यु
2 years agoबेनी । म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ खिवाङमा शनिबार राति परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । छब्बीस वर्षीय रविन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको बेनी अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मदिरा सेवनले मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
2 years agoजनकपुर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ को रमदैयामा विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । एक साताअघि सोही घटनामा पाँच र शुक्रबारसम्म छ गरी मृत्युहुनेको सो सङ्ख्या पुगेको जनाइएको छ ।
काठमाडाैँकाे बिजुलीबजारमा माेटरसाइकल दुर्घटना, एककाे मृत्यु, अर्काे एकजना घाइते
3 years agoकाठमाडौँ । काठमाडौँ महानगरपालिका–१०, बिजुलीबजारमा आज भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
मानसरोवर यात्रामा गएका भारतीय तीर्थयात्रुको लेक लागेर मृत्यु
3 years agoरसुवा । रसुवागढी नाका हुँदै चीनको मानसरोवर यात्रामा गएका एक भारतीय तीर्थयात्रुको लेक लागेर चिनियाँ भूभागमा मृत्यु भएको छ ।
देवाली खाना खान गएकी महिला मृत अवस्थामा फेला
3 years agoदोलखा । दोलखामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
बैतडीमा जीप दुर्घटना, तीनकाे मृत्यु, तीन घाइते
3 years agoबैतडी । बैतडीमा आज जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
दाउरा टिप्ने क्रममा रुखले किचेर किशोरीको मृत्यु
3 years agoसोलुखुम्बु । थुलुङदूधकोशी गाउँपालिका–४ जुवुमा रुखले किचेर शनिबार एक किशोरीको मृत्यु भएको छ । थुलुङदूधकोशी गाउँपालिका–४ जुवुका काशीराज राईकी १८ वर्षीया छोरी सुष्मा राईको दाउरा टिप्ने क्रममा रुखले किचेर मृत्यु भएको हो । दाउरा टिप्न गएको समयमा वडाको राम्चे भन्ने स्थानमा रुख लडेर किच्चा गम्भीर घाइते भएकी राईको घटनास्थलबाट उपचारका लागि लैजाँदै गर्दा भर्याङखोला दोभानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा भेटिइन् मनिषाकुमारी
3 years agoलहान । सिरहा नगरपालिका–१४ खिरौनामा आज बिहान एक महिला आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा भेटिएकी छन् ।
टिपरले ठक्कर दिँदा श्रीमानकाे मृत्यु, श्रीमती घाइते
3 years agoचितवन । टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार एक घाइते भएका छन् ।
Page 1 of 12
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।