News | Tag: drinks
किशोरावस्थामा नियमित मदिरा सेवन गर्नेको सङ्ख्या ८.७ प्रतिशत
3 years agoबर्लिन । किशोरावस्थामा नियमितरूपमा मदिरा सेवन गर्ने जर्मनी नागरिकको सङ्ख्या घटेको पाइएको छ । पछिल्लो समयमा सार्वजनिक भएको एक तथ्याङ्कअनुसार नियमित रूपमा मदिरा सेवन गर्ने जर्मनीका १२ देखि १७ वर्षसम्मको उमेर समूहका किशोरकिशोरीको सङ्ख्यामा कमी देखिएको हो ।
सरकार मदिरामा कडाई गर्दै, यस्ता छन् प्रावधान
3 years agoकाठमाडौं । सरकारले मदिरा उत्पादन, बिक्री, सेवन र विज्ञापनमा कडाइ गर्ने भएको छ। यसका लागि मदिरा उत्पादन र बिक्री वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश–०७५ जारी गरिँदैछ। गृहमन्त्रालयले तयार पारेको आदेश मस्यौदा अनुसार इजाजत प्राप्त बिक्रेताले दिउँसो ४ बजेदेखि राती ९ बजेसम्म मात्र मदिरा बेच्न पाउनेछन्।
छायानाथ रारा नगरपालिका देशकै पहिलो मदिरा निषेधित नगरपालिका
3 years agoरारा । मुगु जिल्लाका चार वटा स्थानीय तहमध्ये छायानाथ रारा नगरपालिकालाई देशकै पहिलो मदिरा निषेधित नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाका १४ वटै वडाका स्थानीयवासीको उत्साहका साथ संस्कृति, बाजा झाँक्रीसहित कार्यक्रम सहभागी थिए । नगरलाई मदिरा निषेधित नगर घोषणा गर्न दुई महीनादेखि स्थानीय प्रहरी प्रशासन तथा नगरपालिकाका सबै गाउँ बस्तीमा नियमित प्रचारात्मक अभियान थालिएको थियो ।
विषाक्त मदिरा सेवनबाट थप दुईको मृत्यु
3 years agoकाठमाडौं । मलेशियामा विषाक्त मदिरा सेवनबाट थप दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही, शङ्करपुर–५ का शेरबहादुर ठकुरी र ठेगाना नखुलेका सुकुवल घिसिङ रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले आज जनाएको छ । दूतावासका अनुसार घिसिङको स्थानीय सुनगाई बुलोच अस्पताल र ठकुरीको टोन्काउ जफार शेरेम्बान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
अब मदिराको विज्ञापनमा महिलाको प्रयोग नहुने
3 years agoकाठमाडौं । सर्वोच्च अदालतले गैरकानूनी रुपमा मदिराजन्य पदार्थको बिक्रीवितरण गर्ने कार्यलाई रोक्न सरकारको नाममा आदेश जारी गरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र तेजबहादुर केसीको संयुक्त इजलासले सोमबार गैरकानूनी रुपमा मदिराजन्य पदार्थको उत्पादन तथा बिक्रीवितरण रोक्न सरकारका नाममा आदेश जारी गरेको हो ।
अत्याधिक मादक पदार्थ सेवन गरी होहल्ला गर्ने कार्यालय प्रमुखसहित ४ जना पक्राउ
4 years agoतेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुरमा अत्यधिक मादक पदार्थ सेवन गरी बजारमा होहल्ला गर्दै हिँडेका यातायात व्यवस्था कार्यालय लहानका निमित्त कार्यालय प्रमुख ज्ञानु दाहालसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार बिदाको दिन घुम्न आएका दाहालसहित कार्यालयका कर्मचारी विजय दाहाल, लेखराज कटुवाल र देवान मण्डललाई वसन्तपुर बजारको बसपार्क क्षेत्रबाट पक्राउ गरिएको प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिए।
रक्सी पिएर छोरीको हत्या गरेको आशंकामा आमा पक्राउ
4 years agoकाठमाडौं । छोरी हत्या गरेको आरोपमा प्रहरीले कालिका नगरपालिका वडा नम्बर ६ सूर्यपुर सुन्दरबस्तीकी ३५ बर्षीया शोभा परियारलाई पक्राउ गरेको छ ।
घरेलु मदिराले चारजनाको ज्यान गयो
4 years agoधनुषा । धनुषाको कमला नगरपालिकामा घरेलु मदिरा सेवन गर्दा चारजनाको मृत्यु भएको छ । कमला नगरपालिका वडा नं ५ का ४० वर्षिय रामनाथ पासवान, ५० वर्षिय रामचन्द्र पासवान, सिंग्याही मडानका ४५ का साबिर अन्सारी र ३६ वर्षिय मणि पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिए । जामुन पासवानको चिन्ताजनक अवस्थामा उपचार भईरहेको छ । बैदेशिक रोजगारमा जानु अघि स्थानीय युवाले हिजो गाउँमा भोज खुवाएका थिए ।
Page 1 of 1
पर्यटन
चिटिक्क घार गाउँ
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।
जीवनशैली
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

टीकापुर । कैलालीकी मनिषा विकको माइतीघर महेन्द्रनगर हो । उनी ओल्के पर्व मनाउन छोराछोरीसहित मङ्गलबार नै माइत जाने तयारीमा जुटेकी छन् ।
विचित्र विश्व
३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।