News | Tag: drugs
लागुऔषध नियन्त्रणका लागि ‘म अघि बढ्छु’ अभियान
3 years agoकाठमाडाैँ । सोच्ने क्षमतालाई शून्य बनाउने लागुऔषध नियन्त्रण एवं रोकथाम गर्न प्रदेश सरकारले महत्वपूर्ण अभियान सञ्चालन गरेको छ । सगरमाथा टिन्स क्लबमार्फत ‘म अघि बढ्छु’ अभियान खासगरी प्रदेशका दुई हजार विद्यालयमा कार्यक्रम सञ्चालन गरी दुई लाख विद्यार्थीलाई यसका बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको छ । प्रदेशभरिमा लगभग २० हजार युवायुवती लागू औषधमा नराम्रोसँग फसेका छन् ।
धादिङमा हालसम्मकै ठूलाे मात्रामा चरेस बरामद, तीन भारतीय पक्राउ
3 years agoधादिङ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट चेकजाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीयलाई आज बिहान पक्राउ गरेको छ ।
सर्लाहीबाट काठमाडौँ आउँदै गरेको बसमा लागूऔषध, तीन जना समातिए
4 years agoकाठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषध नाइट्राभेट ५९५ ट्याब्लेटसहित बिहीबार दुई जनालाई पक्राउ गरेको छ । सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना६ख ७४६० नंको बसमा जाँच गर्ने क्रममा सर्लाहीका अजय यादव र राजु सिंहलाई लागुऔषधसहित पक्राउ गरिएको हो ।
वर्षकै धेरै परिमाणकाे चरेससहित दुई भारतीय पक्राउ
4 years agoधादिङ । बिक्रीका लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले धादिङको गजुरीबजार नजिकैबाट आज बिहान २३५ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेससहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
बानेश्वरबाट खैरो हेराेइनसहित एक जना पक्राउ
4 years agoकाठमाडौं । खैरो हेरोइनसहित एक जनालाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले बानेश्वरबाट पक्राउ गरेको छ । टोलीले कैलालीको लम्की चुहा नगरपालिका– ११ का सुरेन्द्र शाहलाई खैरो हेरोइनसहित बानेश्वरबाट पक्राउ गरेको हो । प्रहरीले उनीमाथि थप अनुसन्धान गर्दै मुद्दा अघि बढाएको छ ।
नागढुङ्गाबाट लागुऔषधसहित दुई पक्राउ
4 years agoकाठमाडौं । काठमाडौं चन्द्रागिरि नगरपालिका– २ नागढुङ्गा सुरक्षा चौकीबाट लागुऔषधसहित दुई जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले बसमा जाँच गर्दा झापा दमक उपमहानगरपालिका– ५ का २१ वर्षीय साजन भुजेल र कैलाली गोदावरी नगरपालिका– २ का १८ वर्षीय राजन खनाललाई लागुऔषधसहित पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए ।
लुकाएर ल्याउँदै गरेको लागुऔषध बरामद, चारजना पक्राउ
4 years agoकावासोती । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मध्यबिन्दु नगरपालिका–८ स्थित फूलबारीबाट लु१ख ७९८५ नंको बसमा लागुऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा भरतपुर महानगरपालिका–२१ का २८ वर्षीय अर्जुन सुनार, नवलपरासी रामग्राम नगरपालिका–८ का ३१ वर्षीय राममिलन केवट र भारत उत्तर प्रदेश भहाराजगञ्ज ठुटीबारी ग्राम लोहरौली घर भई रामग्राम–६ बस्ने ४१ वर्षीय अमरजित केवटलाई पक्राउ गरेको हो ।
दुर्इ भारतीय लागूअाैषधसहित थानकाेटबाट पक्राउ
4 years agoकाठमाडौँ । प्रतिबन्धित लागूऔषध लिएर कलंकीबाट थानकोटतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको गाडी सहित प्रहरीले दुर्इजना भारतीयलार्इ पक्राउ गरेको छ ।
लागूऔषधसहित गजुरीबाट दुई पक्राउ
4 years agoधादिङ । प्रतिबन्धित लागूऔषध बोकेर बिक्रीका लागि हिँडिरहेको अवस्थामा प्रहरीले गजुरी गाउँपालिका–१ गजुरी बजारबाट बुधबार राति दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध ओसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिकाका ४० वर्षीय सुवास जिसी र सोही नगरपालिका–२ का ३३ वर्षीय रमेश गुरुङलाई पक्राउ गरी हिरासतमा लिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले बताए ।
गोंगबुबाट अवैध लागुऔषधसहित एक पक्राउ
4 years agoकाठमाडौं । नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरोले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । ब्युरोको टोलीले काठमाडौं महानगरपालिका वडा नं २६ गोँगबुबाट लागुऔषधसहित मकवानपुरका ५० वर्षीय विष्णु क्षेत्रीलाई आइतबार पक्राउ गरेको हो ।
Page 1 of 2
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।