News | Tag: forum

आज फोरम र नयाँ शक्तिको एकता घोषणा

1 year ago

काठमाडौँ । आज उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालबीच एकता घोषणा हुँदैछ । पार्टीको एकीकरणपछि समाजवादी पार्टी नेपाल नाम राख्ने सहमति भएको छ । नयाँ बन्ने उक्त पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय असमानता, विभेद र शोषणको अन्त्य गरी देशको समृद्धिका लागि भूमिका निर्वाह गर्ने बताइएको छ ।

यादवलाई पराजित गर्दै फोरम सुनसरीको अध्यक्षमा खत्वे विजयी

1 year ago

इनरुवा । सङ्घीय समाजवादी फोरम नेपाल सुनसरीको अध्यक्षमा भगीरथ खत्वे विजयी भएका छन् । देवकृष्ण यादवलाई २५ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा खत्वे चयन भएका हुन् । बिहीबार साँझ सम्पन्न भएको मतदानमा अध्यक्षमा खत्वेले २९ मत प्राप्त गर्नुभएको थियो भने उनका निकटतम प्रतिद्धन्दी यादवले चार मत मात्र प्रात गरेका थिए ।

फोरममा केशव दाहाल नेतृत्वको कम्युनिष्ट केन्द्र समाहित

1 year ago

काठमाडौँ । सङ्घीय समाजवादी फोरम नेपालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी–कम्युनिष्ट केन्द्र) समाहित भएको छ । सोमबार आयोजित कार्यक्रममा फोरम नेपालमा केशव दाहाल नेतृत्वको नेकपा कम्युनिष्ट केन्द्र समाहित भएको हो । फोरमका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले एकीकृतका संयोजक दाहाललाई टीका लगाएर पार्टीमा समाहित गरेका हुन् ।

फुटको संघारमा फोरम

1 year ago

काठमाडौं । उपेन्द्र यादवको संघीय समाजवादी फोरम फुटको संघारमा पुगेको छ । पार्टीको २ नम्बर प्रदेश अध्यक्ष रेणु यादवले अध्यक्ष यादवसँग असन्तुष्टि जनाउँदै राजीनामा दिइसकेकी छिन् । फोरमले २ नम्बर प्रदेश सरकारको नेतृत्व र केन्द्र सरकारमा सहभागी भएपछि संविधान दिवसलाई कालोदिनको रुपमा नमनाउने पक्षमा अध्यक्ष यादव थिए ।

फोरमले संविधान दिवसको दिन विरोध नगर्ने

2 years ago

काठमाडौं । संघीय समाजवादी फोरम नेपालले संविधान दिवसको दिन कालो दिवस नमनाउने भएको छ । फोरमले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो आफ्ना कार्यकर्ताहरुलाई संविधान दिवसको दिन आयोजना गरिने कुनै पनि कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको हो ।

राजेन्द्र श्रेष्ठलाई मन्त्री बन्न रोक्ने चिन्नुहोस्

2 years ago

काठमाडौं । संघीय समाजवादी फोरममा पहाडे जनतामाथि विभेद भएको छ । सहअध्यक्ष राजेन्द्र श्रेष्ठलाई मन्त्री बन्नबाट मधेशीहरुले रोेकेको चर्चा भइरहेको छ ।

नेकपा र फोरमबीच पार्टी एकताको तयारी

2 years ago

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकताका लागि छलफल सुरु भएको छ। नेकपा नेतृत्वको सरकारमा फोरम नेपाल सहभागी भएसँगै एकताका लागि अनौपचारिक छलफल भएको छ।

Page 1 of 1

पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।