News | Tag: jail

दुई सय ऋण चुकाउन नसक्दा एक वर्ष जेल

4 years ago

धनुषा । धनुषाका एक दलितले महाजनलाई दुई सय ऋण चुकाउन नसक्दा आइतबार एक वर्षको लागि जेल चलान गरिएको छ ।

घुसको आरोपमा चिनियाँ पूर्व सांसदलाई १६ बर्षे जेल सजाय

4 years ago

चाङ्चुङ । चीनको उत्तरपूर्वी लिओनिङ प्रदेश सभाका वरिष्ठ पूर्व सदस्य लि वेङ्कलाई १६ बर्षे जेल सजाय सुनाइएको छ । उहाँलाई ५३ लाख ४० हजार अमेरिकी डलर बराबरको घुस लिएको आरोपमा बिहीबार दोषी ठहर्याइएको हो । उनलाई ३० लाख युआन जरिवाना स्वरूप तिर्नुपर्ने फैसला पनि अदालतले गरेको छ ।

भ्रष्ट्राचारको अभियोगमा जेलमा रहेकी बंगलादेशका पूर्वप्रधानमन्त्री जिया केन्द्रीय जेलमा स्थानान्तरण

4 years ago

ढाका, भदौ २१ । बंगलादेशकाका पूर्वप्रधानमन्त्री तथा विपक्षी दलकी नेत्री खालिदा जियालाई बुधबार राजधानी ढाकाको अर्को जेलमा स्थानान्तरण गरिएको छ ।

चार बलात्कारीहरु कारागार चलान

4 years ago

भद्रपुर । बलात्कार गरेको अभियोगमा पक्राउ परेका अर्जुनधाराका चार जनालाई पुर्पक्षका लागि बुधबार कारागार चलान गरिएको छ भने एक नाबालकलाई सुधारगृह लगिएको छ । कारागारको थुनामा लगिएकामा वडा नं ११ का ६८ वर्षीय मानबहादुर बानियाँ, कनकाई–३ का ४२ वर्षीय निलमप्रसाद सङ्ग्रौला, अर्जुनधारा–९ का २७ वर्षीय पेमा तामाङ र सोही ठाउँ बस्ने २८ वर्षीय बालकुमार घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मन्त्री यादवलाई झन्डा देखाउनेको हिरासतमै मृत्यु, हत्याको आशंका

4 years ago

काठमाडौं । प्रहरीको नियन्त्रणमै रहेका बेला मृत्यु भएका सिके राउत समर्थक नेता राममनोहर यादवका आफन्तले उनको हत्या भएको आशंका गरेका छन् ।

अब जवरजस्ती तस्वीर खिचे १ बर्ष कैद

4 years ago

काठमाडौं, २९ साउन । भदौ १ गतेदेखि कार्यान्वयनमा आउने मुलुकी ऐनमा कुनै व्यक्तिको अनुमतिविना तस्वीर खिच्नेलाई १ वर्ष सम्म कैद हुने व्यवस्था गरिएको छ । साथै अनुमतिविना कुनै व्यक्तिको तस्वीर अर्को व्यक्तिको भागसँग राखी वा अन्य कुनै किसिमको विकृत रुपको तस्वीर बनाएमा वा प्रकाशन गरेमा दुई वर्ष कैद सजायको व्यवस्था गरिएको छ ।

अब नोटमा केरमेट गर्नेलाई जेल सजाय

4 years ago

काठमाडौं । नोट वा मुद्रामा केरमेट गर्ने बानी छ भने सुधारिहाल्नुहस् । नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले सिधै पक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ ।

अपहरणपछि हत्या गर्नेलाई आजीवन कारावास

4 years ago

काठमाडौं । आगामी भदौ १ गतेदेखि ६ प्रकारका कसूरमा आजीवन कारावास हुने भएको छ । मुलुक अपराध (संहिता) ऐन, २०७४ को दफा ४१ मा जन्मकैदसम्वन्धी व्यवस्था राखिएको छ । यसमा लेखिएको छ ‘यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै कसूर गर्ने कसूरदारलाई जन्मकैदको सजाय गर्दा त्यस्तो कसूरदार जीवित रहेसम्म कैद गर्नुपर्नेछ ।’

एक महिना कैद छल्न २५ वर्ष फरार

4 years ago

बेँशीसहर, लमजुङ । पच्चीस वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतबाट एक महिना कैद र रु एक हजार जरिवाना गरिएपछि फरार रहेका बेँशीसहर नगरपालिका–११ का ५४ वर्षीय पूर्णबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

सडक अवरुद्ध गर्नेलाई ३ वर्षसम्म जेल

4 years ago

काठमाडौं । सामान्य घरझगडा हुँदा पनि सडक बन्द गर्ने र यात्रुलाई दुःख दिने पुरानै चलन हो, तर अब भदौ १ गतेबाट भने यस्तो गर्ने वा गराउनेलाई ३ वर्ष कैद वा ३० हजार रुपियाँसम्म जरिवाना हुने भएको छ ।

Page 3 of 4

पर्यटन

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने बताएका छन् ।

जीवनशैली

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् ।

विचित्र विश्व

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी थारुरले उम्मेदवारी दर्ता गर्ने भएका छन्। सङ्घीय संसदको सांसद समेत रहेका थारुरले यही सेप्टेम्बर ३० मा उम्मेदवारी दर्ता गर्ने भएका हुन् । उनले भने, “काँग्रेसका देशभरीका प्रतिनिधिहरुले मलाई उम्मेदवारी दर्ताका लागि उत्प्रेरित गरेका छन्, त्यसैले उनीहरुको भावना र आग्रह अनुसार मैले उम्मेदवारी दर्ता गर्न लागेको हुँ ।”