News | Tag: नेपाली सेना
महत्वपूर्ण क्षेत्रमा सेनाको सुरक्षा
2 weeks agoचितवन । जिल्लाको महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी जिल्लाको महत्वपूर्ण मानिएको क्षेत्र कारागार कार्यालय चितवन र भरतपुर विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको हो ।
सेनाको गणभित्र गोली लागि घाइते भएकी सिपाहीको मृत्यु
1 month agoरूपन्देही। नेपाली सेनाको गणभित्रै गोली लागि घाइते महिला सिपाहीको उपचारका क्रममा मृत्यु भएको छ। बुधबार साँझ नेपाली सेनाको कपिलवस्तुस्थित शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशी गोली लागेर घाइते भएकी थिइन्।
सेनाद्वारा सशस्त्र प्रहरीलाई इन्सास राइफलसहित ५९० थान हतियार हस्तान्तरण
1 month agoकाठमाडौँ । नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई पाँच हजार ९० थान हतियार तथा एम्युनिशन उपलब्ध गराएको छ ।सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले इन्सास राइफल ५०० नाल र लाइट सपोर्ट वेपन (एलएसडब्लु) ९० नाल एवं सोको एम्युनिशनसहित सामग्री सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई हस्तान्तरण गरेका हुन् ।
सेनाका ढकाललाई ‘वेष्ट रेफ्री अवार्ड’
1 month agoकाठमाडौँ । नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक(रेफ्री) दीपेन्द्र ढकाल ‘रोयल स्पेनिस इन्टरनेशनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२’ मा वेष्ट निर्णयक घोषित भएका छन् ।
अमेरिकी र नेपाली सेनाबीच आइतबारदेखि संयुक्त तालिम
1 month agoकाठमाडौँ । नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त तालिम ‘ब्यालेन्स नेल’ आइतबारदेखि सुरु हुँदैछ । सेनाको रेञ्जर फौज र अमेरिकी सेनाको स्पेशल फौजबीच नियमित प्रक्रिया र अभ्यासका रूपमा ‘ब्यालेन्स नेल’ हुन लागेको हो ।
गिरिजाप्रसाद कोइराला राष्ट्रिय हक्कीको उपाधि नेपाली सेनालाई
1 month agoनेपाल हक्की सङ्घद्वारा विराटनगरको सहिद रङ्शालामा शनिबारसम्पन्न फाइनल खेलमा नेपाली सेनाले सुदूरपश्चिम प्रदेशलाई ७–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेलको म्यान अफ द म्याच सेनाका सुमितकुमार कामी घोषित भए ।
नेपाली सेनाले संसद भवन अगाडिको शंकास्पद वस्तु निष्कृय बनायो
2 months agoकाठमाडौँ। नेपाली सेनाले नयाँ बानेश्वरस्थित संसद भवन अगाडि शंकास्पद वस्तु निष्कृय पारेको छ। केही बेरअघि सेनाले बम डिस्पोज गर्ने यन्त्रको सहयोगमा सो वस्तु निष्कृय पारिएको हो। तारले बेरेर संसद भवनको मुख्य गेटअघि ‘नो एमसीसी’ लेखिएको शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनालाई खबर गरिएको थियो। घटनास्थालमा सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको हो।
सेनाले तीन दिने वृहत प्रदर्शन गर्ने
3 months agoकाठमाडौं । नेपाली सेनाले सेना दिवसका अवसरमा यही फागुन १४ गतेदेखि १६ गतेसम्म सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा वृहत प्रदशन गर्ने भएको छ ।
डोटीमा रगतका लागि सेना र प्रहरीकै भर
3 months agoडोटी । डोटी जिल्लामा बिरामीलाई रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीको भर पर्नु परेको छ । बिरामी रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता छ ।
नेपाली सेनाको हवाई सेवाः धेरैको बच्यो ज्यान !
4 months agoजाजरकोट । नेपाली सेनाको पश्चिम कमान्डले सञ्चालन गरेको हवाई सेवाले धेरै सर्वसाधारणको ज्यान बचाएको छ । विकेन्द्रित संरचनामा गएको सेनाले पछिल्लो समय पश्चिम कमान्डअन्तर्गत सुर्खेतको वीरेन्द्रनगरबाट हवाई सेवा सुरु गरेपछि धेरैको ज्यान बचेको हो ।
Page 1 of 9
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।