News | Tag: नेपाली सेना
नगरप्रमुख मलासीको स्वासप्रस्वासमा समस्या, उपचारार्थ काठमाडौँ लगियो
2 years agoदिपायल । दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीको स्वासप्रस्वासमा समस्या आएपछि उपचारार्थ नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौँ लगिएको छ ।
एक हजार क्षमताको होल्डिङ सेन्टर नेपाली सेनाद्वारा तयार
2 years agoमध्यपुरथिमि । विदेशबाट उद्धार गरी ल्याउने प्रदेश नं १ र २ का नागरिकलाई राख्न नेपाली सेनाले होल्डिङ सेन्टर तयार पारेको छ । सेन्टरमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ
नेपाली सेनाले निर्माण ग¥यो ६८ शय्याका अस्थायी क्वारेन्टिन
2 years agoशिखर । भारतबाट रोजगारी गरी फर्किएका नागरिकलाई राख्नका लागि जिल्ला सदरमुकाम सिलगढीमा रहेको नेपाली सेनाको रुद्रध्वज गणले ६८ शय्याको अस्थायी क्वारेन्टिन घर निर्माण गरेको छ । जिल्लाको शिखर नगरपालिकाको सहयोगमा नेपाली सेनाले वडा नं ३ को कालागाढको जङ्गलमा १७ वटा क्वारेन्टिन घर निर्माण गरेको सो गणले जनाएको छ ।
भारतीय मिडियामा आएको भ्रामक समाचारप्रति नेपाली सेनाको आपत्ति
2 years agoकाठमाडौँ । भारतीय मिडियामा आएको भ्रामक समाचारप्रति नेपाली सेनाले आपत्ति जनाएको छ । सैनिक मुख्यालयबाट बिहीबार राति जारी गरिएको विज्ञप्तिमा केही भारतीय सञ्चारमाध्यममा आएका समाचार दुई देशका सेनाबीच सम्बन्धमा खलल पुऱ्याउने खालका भएको भन्दै आपत्ति जनाएको हो ।
नेपाली सेनाले ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्यायो
2 years agoकाठमाडौँ । नेपाली सेनाले चीनको ग्वान्जाओबाट कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । ती स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले आज बिहान काठमाडौँ ल्याएको हो ।
दार्चुला–तिङ्कर सडक निर्माणमा जुट्यो नेपाली सेना
2 years agoदार्चुला । नेपाली सेनाले व्यास गाउँपालिका–२ को घाँटीबगर क्षेत्रमा गोरेटो बाटो निर्माण गर्न आफ्नो क्याम्प राख्न शुरुआत गरेको छ । सो गाउँपालिकाको घाँटीबगर र मौराभेललगायतका क्षेत्रमा दुई मिटर चौडाइको ४५० मिटर गोरेटो तथा घोडेटो बाटो निर्माणको लागि आवश्यक सुरक्षा तथा बन्दोबस्तीसहित सेना खटिएको हो ।
दार्चुलाको घाँटीबगरमा सेना तैनाथ
2 years agoदार्चुला । नेपाली सेनाले दार्चुलाको घाँटीबगर इलाका नजिक एक सेक्सन प्लस फौज तैनाथ गरेको छ ।
क्वारेन्टिनको सुरक्षामा नेपाली सेना
2 years agoजुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय एकीकृत क्वारेन्टिनको रेखदेखको जिम्मेवारी नेपाली सेनालाई दिएको छ ।
वाइडवडीमार्फत सेनाले ल्यायो १९ टन स्वास्थ्य सामग्री
2 years agoकाठमाडौँ । नेपाली सेनाले चीनबाट १८.८४ टन स्वास्थ्य सामग्री ल्याएको छ । नेपाल एयरलाइन्सको वाइडवडी विमानमार्फत सेनाले मंगलबार बिहान उक्त परिमाणमा स्वास्थ्य सामग्री ल्याएको हो । सेनाले ल्याएको सामग्रीमा पीसीआर परीक्षणका लागि चाहिने किट, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), एन ९५ मास्क, ग्लोब्सलगायतका सामान रहेका छन् । यसअघि शनिबार पनि सेनाले ९ टन स्वास्थ्य सामग्री ल्याएको थियो ।
सैनिक पोशाक दुरुपयोग गर्ने गैरसैनिक नियन्त्रणमा
2 years agoकाठमाडौँ । नेपाली सेनाले लकडाउनलाई सफल तुल्याउन र सैनिक भेषमा सवारी साधन चलाई लकडाउन उल्लङ्घन गर्न खोज्नेलाई नियन्त्रण गर्न काठमाडौँ उपत्यकाका चार स्थानका मुख्य चोकमा सैनिक प्रहरी खटाएको छ ।
Page 6 of 10
पर्यटन
दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।
जीवनशैली
वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।
विचित्र विश्व
'युक्रेनलाई हतियार दिएर रुसलाई हराउन सकिँदैन'

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष बितिसक्दा पनि जारी छ । यसैबीच रुसले पनि पटकपटक आणविक आक्रमण गर्ने धम्की दिदैँ आइरहेको छ ।