News | Tag: नेपाली सेना

मार्च पास गर्दै नेपाली सेनाको टोली

3 years ago

सातौं विश्व सैनिक खेलकूद प्रतियोगिता उद्घाटनस्थल चीनको उहान स्पोर्टस् सेन्टरमा नेपाली सेनाको टोलीले गरिरहेको मार्च पासको एक झलक ।

नेपाल र चीनबीच सैन्य सहायतामा सम्झौता

3 years ago

काठमाडौं । चीन सरकारले मानवीय तथा विपद् व्यवस्थापनका लागि नेपाली सेनालाई १५ करोड आरएमबी बराबरको सैन्य सामग्री उपलब्ध गराउने सम्झौतामा आज दुईपक्षीय सम्झौता भएको छ । उक्त सम्झौतामा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र जनवादी गणतन्त्र चीनका रक्षामन्त्री वेइ फेङ्हेबी बीच आज बेइजिङ्मा हस्ताक्षर भएको हो ।

–यालीमा नेपाली सेना

3 years ago

दमौली । संविधान दिवसको अवसरमा शुक्रबार तनहुँको दमौलीमा आयोजित र्यालीमा नेपालको झण्डा सहित सहभागी नेपाली सेना पनि सहभागी भएको छ । संविधानसभाबाट नयाँ संविधान जारी भएको चार वर्ष पूरा भएको अवसरमा संविधान दिवस मनाइएको हो । २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी गरेका थिए ।

शान्ति सेनामा सहभागी हुने सिपाहीकाे भत्ता वृद्धि

3 years ago

काठमाडौँ । नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीलाई खाइपाइ आएको भत्तामा प्रतिमहीना ८५ अमेरिकी डलर वृद्धि गर्ने निर्णय गरेको छ ।

पश्चिम क्षेत्रलाई लक्षित गरेर सुर्खेतमा सेनाको एयर बेस स्थापना

3 years ago

सुर्खेत । नेपाली सेनाले पश्चिम क्षेत्रलाई लक्षित गरेर सुर्खेतमा एयर बेस स्थापना गरेको छ । काठमाडौँ उपत्यकाभित्र मात्रै सञ्चालन हुँदै आएको हवाई पारवहन क्षमतालाई विस्तार गर्ने क्रममा आजदेखि सुर्खेतबाट एयर बेस सेवा सञ्चालन गरिएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले मंगलबार सुर्खेत एयरपोर्ट ब्यारेकमा एयर बेस सञ्चालन कार्यको शुभारम्भ गरे । सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बेसमा ह्याङ्गर निर्माण कार्यको थालनी भइसकेको बताउँदै हाल एमआई–१७ सहित दुई वटा हेलिकोप्टर नियमित रुपमा तैनाथ रहने जानकारी दिए ।

नेपाली सेनाको सवा ६ अर्ब बेरुजु फर्छ्यौट

3 years ago

काठमाडौँ । नेपाली सेनाले आर्थिक वर्ष २०७५/७६ मा बेरुजु फर्छ्यौटमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।

अब सेनाले सकल दर्जालाई घडेरी होइन सहुलियतपूर्ण ब्याजदरमा घरकर्जा दिने

3 years ago

काठमाडौँ । नेपाली सेनाले सकल दर्जालाई सहुलीयतपूर्ण किस्ताबन्दीमा घडेरी उपलब्ध गराउने नीति परिवर्तन गरेको छ । जग्गा किनेर प्लटिङ गरी घडेरी बनाएर सकल दर्जालाई उपलब्ध गराउने नीति परिमार्जन गरी त्यसको साटो सहुलियतपूर्ण ब्याजदरमा घरकर्जा उपलब्ध गराउने योजना रहेको नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले जानकारी दिए । विगतमा राम्रो उद्देश्य राखेर सकल दर्जालाई आवास उपलब्ध गराउन मुलुकका विभिन्न ठाउँमा जग्गा खरीद गरिएको भए पनि सेना जग्गा प्लटिङको माध्यमबाट व्यापारमा लाग्यो भन्ने विभिन्न आरोप र टिकाटिप्पणीबाट छुटकारा पाउन तथा सहुलियतपूर्ण घरकर्जाका माध्यमबाट धेरैभन्दा धेरै हिताधिकारीलाई सम्बोधन गर्न सकियोस् भन्ने हेतुले सेना यसअघिको निर्णयबाट पछि हटेको बुझिएको छ ।

फाष्ट ट्रयाककाे डिपीआर समयमा स्वीकृति नभएपछि सेनाले देखायाे चासाे

3 years ago

काठमाडौँ । नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौ–तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक)लाई तीव्रता दिन विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समयमा स्वीकृत नभएका प्रति चासो (कन्सर्न) व्यक्त गरेको छ ।

सेनाको समावेशी चरित्र

3 years ago

काठमाडौँ । सरकारले संविधानको मर्म र भावनाअनुरुप नेपाली सेनामा भर्ना छनौटदेखि वृत्तिविकासका सबै क्षेत्रमा समावेशी सिद्धान्तलाई कडाइसाथ कार्यान्वयन गरेको जनाएको छ । संविधानमा भएको समावेशीकरणको सिद्धान्तलाई आत्मसात् गरी महिला, विभिन्न जाति, समुदाय, धर्म तथा पिछडिएका वर्गलाई समेत सेनामा भर्ना हुने यथेष्ट मौका प्रदान गरिएको उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिए ।

प्रधानसेनापति थापा अमेरिका जाने

3 years ago

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसङ्घको औपचारिक निमन्त्रणामा विभिन्न कार्यक्रममा सहभागी हुन यही असार २३ गते संयुक्त राज्य अमेरिका जानुहुने भएको छ ।

Page 8 of 10

पर्यटन

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।

जीवनशैली

वासन्ती छठ पर्वको निराहार व्रत आज

वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।