News | Tag: NCP

नेकपा क्रान्तिकारी माओवादी नेता अधिकारी उपचारका लागि काठमाडौँमा

1 year ago

चितवन । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटव्युरो सदस्य श्रीनाथ अधिकारीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । फोक्सोमा क्यान्सरको सङ्क्रमण देखिएपछि अधिकारीको गत पुसयता यहाँको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो । अधिकारीका ज्येष्ठ सुपुत्र एवं पार्टीका नेता नारायण अधिकारीका अनुसार केमोको पहिलो चक्र सकिएपछि सेकाइका लागि शनिबार ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल लगिएको हो ।

प्रदेशमा सह–इन्चार्जको थप्ने तयारीमा नेकपा

1 year ago

काठमाडौँ । जिल्ला तहको नेतृत्व टुंग्याएसंगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशमा सह–इन्चार्जको संख्या थप गर्ने निष्कर्षमा पुगेको छ । एउटा प्रदेशमा दुईदेखि चार जनासम्मको प्रदेश सह–इन्चार्ज बनाउने तयारी नेकपाले गरेको हो । हाल सात प्रदेशमा एक/एक जनाको दरले सात जना सह–इन्जार्ज यथावत रहेका छन् ।

बागलुङका दश वटै स्थानीय तहमा नेकपाको नेतृत्व चयन

1 year ago

बागलुङ । जिल्लाका दश वटै स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व टुङ्गिएको छ । पार्टी जिल्ला संयन्त्रको सिफारिशका आधारमा गण्डकी प्रदेश समितिले मङ्गलबार नेतृत्वको अन्तिम टुङ्गो लगाएको हो । यसअघि पार्टीको जिल्ला संयन्त्र बैठकले पूर्व नेकपा (एमाले) र पूर्व (माओवादी केन्द्र)लाई पाँच/पाँच स्थानीय तहमा नेतृत्व बाँडफाँट गर्ने निर्णय गरेको थियो । बागलुङ, जैमिनी, ढोरपाटन नगरपालिका, काठेखोला र बडिगाड गाउँपालिकाको अध्यक्ष पद पूर्वएमालेको भागमा परेको छ ।

नेकपाभित्र विवादै विवाद

1 year ago

काठमाडौँ । सत्तारुढ नेकपाको एकता प्रस्ताव तयार पार्न बनेको कार्यदलभित्र विवाद चुलिएको छ। कार्यदलका संयोजक रामबहादुर थापा र पार्टी महासचिव विष्णु पौडेलले काम नसकिएको भन्दै सचिवालयमा प्रतिवेदन बुझाउने तयारी गरिरहेका छन्। सदस्यहरूले भने काम गर्नै नदिइएको भनी असन्तुष्टि जनाएका छन्।

नेकपा बनेको आठ महिनामा पनि टुङ्गिएन एकता

1 year ago

काठमाडौँ । तत्कालीन नेकपा (एमाले) र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको आठ महिना पुगेको छ । सांगठानिक एकता प्रक्रिया भने अझै टुंगो लाग्न सकेको छैन ।

नेकपा स्थायी समिति बैठकमा नेताहरुले मन फुकाएर धारणा राखे

1 year ago

काठमाडौँ । एकताको आठ महिनापछि बसेको स्थायी कमिटी बैठकमा नेकपा नेताहरूले मन फुकाएर धारणा राखेका छन्, धेरैले नेतृत्वको कार्यशैलीमा प्रश्न उठाएका छन् भने केहीले बचाउ गरेका छन् ।

पार्टी र सरकार अझै सशक्त रुपमा अघि बढ्ने नेकपा प्रवक्ताको भनाइ

1 year ago

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको जारी स्थायी कमिटीको बैठकपछि पार्टी र सरकार अझै सशक्त रुपमा अघि बढ्ने बताएका छन् । प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी एकिकरणपछिका बाँकी काम, पार्टी नेतृत्व र सरकारका गतिविधि लगायतमा बैठकमा गम्भीर छलफल भैरहेको बताए ।

आजको लागि सकियो नेकपा स्थायी कमिटी बैठक, भोलि फेरि बस्ने

1 year ago

काठमाडौं । पार्टी केन्द्रीय कार्यालय धुम्बाराही जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको तेस्रो बैठक आज पनि जारी रह्यो । आजको बैठकमा स्थायी कमिटी सदस्यहरु केशव बडाल, टोपबहादुर रायमाझी, भीम रावल, योगेश भट्टराई, शंकर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ अधिकारी ‘प्यासी’ र पृथ्वीसुब्बा गुरुङले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरेको थिए ।

जब वामदेव ओली–प्रचण्डविरुद्ध खनिए...

1 year ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीभित्र सांगठानिक एकता प्रक्रियालाई लिएर सुरु भएको विवादको कारण शीर्ष नेताहरु विभाजित बनेका छन् । पार्टी एकता भएपछि दोस्रो पटक बसेको स्थायी समितिको बैठकमा पनि पार्टी अध्यक्षद्धय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि नेता वामदेव गौतमले फरक दस्तावेज पेश गर्नुभएको छ ।

नेकपाका शीर्ष नेता बालुवाटारमै झोक्किएर हिँडे

1 year ago

काठमाडौं । सांगठनिक एकीकरणलाई लिएर शुरु भएको नेपाल कम्युनिष्ट पार्टीको विवाद शीर्ष नेताबीच नै विभाजित हुने अवस्थामा आइपुगेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्ष्कमल दाहालले एकलौटीरुपमा पेलेर अगाडि बढेको आरोप लगाई सचिवालयका चार नेता समयमै बैठक नभएकाले सहभागी नै नभई बाहिरिएका हुन् ।

Page 1 of 4

पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।