News | Tag: Nepal Police

दीपज्योति स्कुलनजिकैको सडकमा १ लाख ५५ हजार भेट्टाएपछि...

4 years ago

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले हराएको १ लाख ५५ हजार रुपैयाँ भेट्टाएर सम्बन्धित धनीलाई प्रदान गरेको छ। प्रभागले शनिबार दिउँसो १ बजे गोंगवुस्थित दीपज्योति स्कुलनजिकै सडकमा हराएको रकम फेला पारेर सम्बन्धित धनीलाई बुझाएको हो। उक्त रकम प्रभागका प्रमुख मोहनबिक्रम केसीले नुवाकोट घर भई हाल टोखा नगरपालिका बस्ने श्रीकृष्ण तामाङलाई प्रदान गरे।

लुटेरा खुडेलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो

4 years ago

काठमाडौं । काठमाडौंको बौद्धमा लुटेरालाई नियन्त्रणमा लिने क्रममा गोली चलेको छ । महानगरीय अपराध महाशाखाको टोलीले लुटपाटमा संलग्न खुडे भनिने सिन्धुपाल्चोक, बाह्रबीसेका अमरबहादुर तामाङलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए । अमर खुट्टामा गोली लागी घाइते भएका छन् ।

गौरव तिवारी गिरोह पूर्व आईजीपीको संरक्षणमा सट्टेबाजी धन्दा चलाउँदै

4 years ago

काठमाडौं । खेलमा सट्टेबाजी गराउँदै आएको गिरोहलाई प्रहरीले संरक्षण दिन थालेपछि करोडौंको अवैध कारोबार भइरहेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा अनलाईन मार्फत सट्टेबाजी गर्दै आएको गौरव तिवारीको गिरोह अहिले वल्र्डकपमा प्रहरी संरक्षणमा नै सट्टेबाजीको धन्दा चलाइरहेको छ ।

प्रहरीमा फेरि सुरु भयो गुटबन्दी

4 years ago

काठमाडौं । दुई महिनाअघि सरकारले सवेन्द्र खनाललाई आईजीपीमा बढुवा गरेपछि प्रतिस्पर्धी रहेका रमेश खरेलले खनालको कमाण्डमा काम गर्न नसक्ने भन्दै राजिनामा दिए ।

नेपाल प्रहरीका २८ एसपीको पदस्थापना, को–कहाँ पुगे ? (सूचिसहित)

4 years ago

काठमाडौं । नेपाल प्रहरीका भर्खरै बढुवा भएका २८ जना प्रहरी उपरिक्षक (एसपी) हरुको पदस्थापना गरिएको छ । प्रहरी प्रधान कार्यालयले २८ जना एसपीलाई विभिन्न स्थानमा पदस्थापना गरेको हो ।

जनपथका २८ डिएसपी एसपीमा बढुवा

4 years ago

काठमाडौं । जनपथ प्रहरी समूहबाट २८ डिएसपी एसपीमा बढुवा भएका छन् । अघिल्लो शनिबार सिफारिस समितिले २८ डिएसपीलाई एसपीमा तथा ५५ इन्सपेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरेसँगै आज डिएसपीलार्ई एसपीमा बढुवा गरिएको हो । यस्ता छन् एसपीमा बढुवा भएकाहरूको नामावली

आइजिपी खनाललाई इन्स्पेक्टरले दिए चुनौती

4 years ago

काठमाडौं । नेपाल प्रहरीको बढुवा थप विवादमा तानिएको छ । नायब उपरीक्षक (डिएसपी) पदमा भएको बढुवा सिफारिसविरुद्ध उजुरी परेपछि बढुवा थप विवादमा परेको हो । सिनियर इन्सपेक्टर खड्ग नारायण साहले बढुवा सिफारिस उपर उजुरी दिएका हुन् ।

लाजिम्पाटस्थित इजरायल दूतावासभित्र असइद्वारा आत्महत्या

4 years ago

काठमाडौं । नेपालका लागि इजरायल दुतावासभित्र नेपाल प्रहरीका एक असइले गोली हानेर आत्महत्या गरेका छन् । लाजिम्पाटस्थित दुतावासको सुरक्षामा कार्यरत असइ अनुपराज थापाले आइतबार बिहान आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी दानबहादुर मल्लका अनुसार दुतावासभित्र बस्ने कोठाभित्रै उनले आत्महत्या गरेका हुन्। पेस्तोलबाट उनले टाउकोमा गोली हानेका थिए।

अब नेपाल प्रहरीमा तीन र सशस्त्रमा दुई एआईजी रहने

4 years ago

काठमाडौं । सरकारले नेपाल प्रहरीमा तीन र सशस्त्रमा दुई एआईजी रहने व्यवस्था गरेको छ । यसअघि नेपाल प्रहरीमा १६ र सशस्त्रमा ९ एआईजी थिए ।

बन्दुक बोक्नेहरुको बिजोग

4 years ago

काठमाडौं । नेपाल प्रहरीमा अहिले प्राविधिकतर्फबाहेक एआईजीको संख्या शून्य छ । डिआईजीबाट सोझै आईजिपी बनेका हुन्, उपेन्द्रकान्त अर्यात, प्रकाश अर्याल र सर्वेन्द्र खनाल ।

Page 11 of 12

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

एजेन्सी । कुनै पनि काम पाउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । जागिरको तयारीका साथसाथै अन्तर्वार्ता क्लियर पनि गर्नुपर्छ । धेरै पटक, तपाई भित्र सबै प्रतिभा भए पनि, तपाई अन्तर्वार्तामा पछाडि छाडिनुहुन्छ र तपाईले मौका गुमाउनुहुन्छ। जागिरको अन्तर्वार्तामा जानुअघि कुन कुरामा ध्यान दिनुपर्छ ।

विचित्र विश्व

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

एजेन्सी । श्रीलंकामा गम्भीर आर्थिक संकटलाई लिएर भएको सरकार विरोधी प्रदर्शन १२३ दिनपछि औपचारिक रूपमा समाप्त भएको छ। यी प्रदर्शनका कारण राष्ट्रपति गोताबाया राजापाक्षेले सत्ता गुमाउनु परेको थियो ।