News | Tag: Nepal Police

प्रतिबन्धित नेकपा निकट विद्यार्थी संगठनका पाल्पा अध्यक्ष पक्राउ

3 years ago

पाल्पा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) पाल्पाका जिल्ला अध्यक्ष मुक्ति गैरेलाई बिहीबार प्रहरीले गिरफ्तार गरेको छ ।

कोटेश्वरका प्रहरी वरिष्ठ उपरीक्षक पोखरेललाई नायब महानिरीक्षक पदमा बढुवा सिफारिश

3 years ago

काठमाडौँ । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेललाई प्रहरी नायब महानिरीक्षक पदमा बढुवाका लागि सिफारिश गरेको छ । मन्त्रालयमा बिहीबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरीतर्फका प्रहरी वरिष्ठ उपरीक्षक पोखरेललाई प्रहरी नायब उपरीक्षक पदमा बढुवाका लागि सिफारिश भगरेको हो । पोखरेललाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ४ को प्रावधानअनुसार उक्त पदमा बढुवाका लागि सिफारिश गरिएको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले जानकारी दिए ।

उत्कृष्ट कार्य गरेकाे भन्दै महिला प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनाल पुरस्कृत

3 years ago

साँखु । अपराध नियन्त्रण तथा अनुसन्धान मूल्याङ्कनमा उत्कृष्ट कार्य गर्ने काठमाडौँको प्रहरी प्रभाग साँखुमा कार्यरत महिला प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनाल पुरस्कृत भएकी छन् ।

हत्या भएकाे चार वर्षपछि अनुसन्धान शुरू, किटानी जाहेरीपछि तीनजना पक्राउ

3 years ago

कास्की । पोखरा नयाँ बजारका सूर्य पाण्डेको हत्या भएको चार वर्षपछि अनुसन्धान शुरु भएको छ ।

चाेरीकाे माेटरसाइकलसहित दुई जना पक्राउ

3 years ago

महोत्तरी । महोत्तरी प्रहरीले दुई वटा चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राऊ गरेको छ ।

‘हामी पारदर्शी हुन चाहन्छौं’: प्रहरी महानिरीक्षक खनाल

3 years ago

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्ति सुरक्षा, अपराध नियन्त्रणका साथै विकासका गतिविधिमा देखिएका सुरक्षा चुनौतीमा सामना गर्न नेपाल प्रहरी पूर्णतया सक्षम रहेको बताएका छन् । २०७५ सालमा नेपाल प्रहरीबाट सम्पादन भएका कार्य र हासिल उपलब्धीहरु सम्बन्धमा प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् ।

प्रतिबन्धित नेकपा निकट किसान संघका पाल्पा अध्यक्ष पक्राउ

3 years ago

पाल्पा । प्रतिबन्धित नेकपा निकट अखिल नेपाल किसान सङ्घ पाल्पाका अध्यक्ष टोपराज बस्याललाई प्रहरीले पक्राउ गरेको छ । तानसेन नगरपालिका–८ मदनपोखराबाट बस्याललाई बिहीबार पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए ।

हिरासतमै किशोरको मृत्यु भएपछि रातारात शवको पोस्टमार्टम, प्रहरीले कुट्दा ज्यान गएको हुनसक्ने अनुमान

3 years ago

काठमाडौँ । इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा एक किशोरको मृत्यु भएको छ। झापाको मेचीनगर– ६ का १५ वर्षीय किरण कार्कीडोली दर्जीको मृत्यु भएको हो। प्रहरीले यसलाई आत्महत्या भनेको छ भने आफन्तले यातनाबाट बालकको मृत्यु भएको दाबी गरेका छन्।

आठ हजार नगदसहित प्रहरी महानिरीक्षक खनाल गृह मन्त्रालयद्वारा पुरस्कृत

3 years ago

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई गृह मन्त्रालयले ८ हजार नगदसहित पुरस्कृत गरेको छ । बेरुजु फर्छ्‍यौट मापनको वर्गीकरणमा गृह मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयहरुमध्ये नेपाल प्रहरी सर्वोत्कृष्ट स्थानमा परेपछि महानिरीक्षक खनाल पुरस्कृत भएका हुन् ।

प्रतिबन्धित नेकपाका कञ्चनपुर जिल्ला सदस्य पक्राउ

3 years ago

कञ्चनपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला सदस्य लक्ष्मण बडुवाल पक्राउ परेका छन् । प्रहरीले बडुवाललाई कञ्चनपुरको महाकाली नगरपालिको दोधारा चाँदनी क्षेत्रबाट पक्राउ गरेको हो । मङ्गलबार पक्राउ परेका बडुवाललाई अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए ।

Page 2 of 12

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

एजेन्सी । कुनै पनि काम पाउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । जागिरको तयारीका साथसाथै अन्तर्वार्ता क्लियर पनि गर्नुपर्छ । धेरै पटक, तपाई भित्र सबै प्रतिभा भए पनि, तपाई अन्तर्वार्तामा पछाडि छाडिनुहुन्छ र तपाईले मौका गुमाउनुहुन्छ। जागिरको अन्तर्वार्तामा जानुअघि कुन कुरामा ध्यान दिनुपर्छ ।

विचित्र विश्व

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

एजेन्सी । श्रीलंकामा गम्भीर आर्थिक संकटलाई लिएर भएको सरकार विरोधी प्रदर्शन १२३ दिनपछि औपचारिक रूपमा समाप्त भएको छ। यी प्रदर्शनका कारण राष्ट्रपति गोताबाया राजापाक्षेले सत्ता गुमाउनु परेको थियो ।