News | Tag: Nepal Police

एफएम स्टेशनबाटै पक्राउ परेका पत्रकारकाे विषयमा अध्ययन गर्न मिसन टाेली

3 years ago

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले कालीकोटबाट प्रसारण हुने रेडियो नयाँ कर्णालीका संवाददाता कर्ण विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको सम्बन्धमा स्थलगत अध्ययनका लागि मिसन टोली पठाएको छ ।

महत्वहीन लाग्ने सूचना पनि यसकारण दिनुहाेस् प्रहरीलाई

3 years ago

काठमाडौँ । समाजमा हुने कुनै पनि गतिविधिको पहिलो साक्षी स्थानीयवासी नै हुन्छन् । घटना हुँदा प्रहरीले अनुसन्धानको महत्वपूर्ण आधार स्थानीयवासीको भनाइलाई नै लिएका हुन्छन् ।

प्रहरी टार्गेटमा अब अनिल शर्मा 'विरही', हेडक्वार्टरबाटै चितवन झर्‍याे प्रहरी टाेली

3 years ago

चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई पक्राउ परेपछि हौसिएको प्रहरी टोली सो पार्टीका पूर्वी कमाण्ड इन्चार्ज अनिल शर्मा ‘विरही’लाई पक्राउ गर्न केन्द्रित भएको छ ।

बरामद गरिएकाे लागुऔषध कहाँ जान्छ ? प्रहरी भन्छ : तथ्यांक दिन मिल्दैन

3 years ago

बाँके । प्रहरीले कुनै पनि लागुऔषध बरामद गरिसकेपछि हतारमा पत्रकार सम्मेलन गरी विवरण सार्वजनिक गर्ने गर्छ ।

चन्दा रसिदसहित विप्लवका तीन कार्यकर्ता पक्राउ

3 years ago

दमौली । नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई तनहुँ जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ब्यास नगरपालिका–१४ केशवटारका भेषबहादुर सुनार, ब्यास नगरपालिका–६ शिशाघाटका सुनिल कुमाल र जुम्लाका अमर बुढा रहेका छन् ।

पूर्वआइजीपी चन्द र ठेकेदार भारती अझै ‘फरार’

3 years ago

काठमाडौँ । नेपाल प्रहरीको लागि सुडान मिसनका लागि एपीसी ‘आर्म पर्सनल क्यारियर) खरिदका क्रममा अनियमितता गरेको आरोपमा नेपाल प्रहरीका ३ पूर्वआइजीपीमध्ये ओमविक्रम राणा र हेमबहादुर गुरुङले सर्वोच्च अदालतको फैसला अुनसार कैद र जरिवाना तिरी मुक्त भइसकेका छन् । तर अर्को आइजीपी रमेश चन्द ठकुरी भने अझै कानुनतः फरार नै छन् ।

'जवाफी फायरिङ बकवास', सर्च अप्रेशनकाे उपलब्धी सुदर्शनकाे चश्मा र औषधी

3 years ago

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गत चैत ५ गते काभ्रेपलाञ्चोकमा आफ्ना कार्यकर्ताले गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको भन्ने प्रचारबाजीलाई ‘बकवास’ भनेको छ । नेकपाको मध्य कमाण्ड इन्चार्ज सुदर्शनले बिहीबार एक विज्ञप्ति जारी गर्दै आफ्ना निहत्था कार्यकर्ताले प्रहरीमाथि गोली चलाएको भन्ने प्रचारबाजी बकवास भएको जनाएको हो ।

भारतीय प्रहरीकाे सहयाेगमा १७ दिनपछि अपहरणमुक्त

3 years ago

गौशाला । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८ बाट अपहरणमा परेका एक व्यक्तिलाई महोत्तरी प्रहरीले भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त गराएको छ ।

साढे चार किलाे चरेससहित दुई जना पक्राउ

3 years ago

काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले चरेशसहित दुई जनालाई पक्राउ गरेको छ ।

हालसम्म विप्लवका १७ कार्यकर्ता पक्राउ : नेपाल प्रहरी

3 years ago

काठमाडौँ । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै प्रहरीले अहिलेसम्म १७ नेता तथा कार्यकर्ता पक्राउ गरेको छ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार उनीहरुलाई पक्राउ गरी कानूनी कारवाही थालिएको छ । उपत्यकाबाट पाँच कार्यकर्ता पक्राउ गरेको छ ।

Page 4 of 12

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

एजेन्सी । कुनै पनि काम पाउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । जागिरको तयारीका साथसाथै अन्तर्वार्ता क्लियर पनि गर्नुपर्छ । धेरै पटक, तपाई भित्र सबै प्रतिभा भए पनि, तपाई अन्तर्वार्तामा पछाडि छाडिनुहुन्छ र तपाईले मौका गुमाउनुहुन्छ। जागिरको अन्तर्वार्तामा जानुअघि कुन कुरामा ध्यान दिनुपर्छ ।

विचित्र विश्व

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

एजेन्सी । श्रीलंकामा गम्भीर आर्थिक संकटलाई लिएर भएको सरकार विरोधी प्रदर्शन १२३ दिनपछि औपचारिक रूपमा समाप्त भएको छ। यी प्रदर्शनका कारण राष्ट्रपति गोताबाया राजापाक्षेले सत्ता गुमाउनु परेको थियो ।