News | Tag: Nepal Police

निर्मला हत्याको १५० दिनसम्म प्रहरी पूर्णतः असफल

3 years ago

काठमाडौँ । प्रहरी प्रमाणभन्दा बयानमुखी बन्दा १ सय ५० दिन बित्दासमेत निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेको पहिचान गर्न असफल छ ।

साङ्केतिक भाषाको प्रयोग गरी पाकेटमार्ने सात जना बसुन्धराबाट पक्राउ

3 years ago

काठमाडौँ । साङ्केतिक भाषाको प्रयोग गरी सर्वाजनिक सवारी साधनका यात्रुको पाकेटमारी गर्ने ‘नाइके मास्टर’ भनिने पूर्णबहादुरसहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चक्रपथ रुटमा चल्ने विभिन्न सवारी साधानमा यात्रा गर्ने यात्रुको पाकेट मार्दै आएका उनीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र प्रभाग गोङ्गबुबाट सादा पोशाकमा खटिएको प्रहरीले बसुन्धराबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीमा नेतृत्व भिडन्त, कारण यस्तो

3 years ago

काठमाडौं । नेपाल प्रहरी यतिबेला इतिहासकै संकटमा छ । सायद अहिले जस्तो प्रहरीले जनताको विश्वास कहिल्यै गुमाएको थिएन । नागरिकसँग सम्बन्ध सुधारको लागि भन्दै हालै प्रहरी–समुदाय कार्यक्रम सुरु गरे पनि प्रहरी र नागरिकको दूरी झन् झन् बढ्दो छ ।

निर्मला प्रकरणको निष्कर्ष कहिले आउने भनेर समय तोक्न सकिन्नः आइजिपी खनाल

3 years ago

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको संसदीय समितिलाई जानकारी दिएका छन् ।

लुटेरा समुह र प्रहरीबीच गाेली हानाहान, एक जनाकाे मृत्यु

3 years ago

काठमाडौं । सुनसरीमा प्रहरी र लुटेराबीच मुडभेड हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय भारतीय नागरिक रहेका छन् ।

प्रहरी संगठनमा लापरवाही क्षम्य हुँदैन : अाइजिपी खनाल

3 years ago

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा हुने जुनसुकै प्रकृतिको हिंसाको अनुसन्धानमा प्रहरीले लापरवाही गर्न नहुने बताएका छन् ।

‘महानिरीक्षक खनालले दुई वटा मात्रै गाडी प्रयोग गर्दै आएका छन्’

3 years ago

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दुई वटा मात्र गाडी प्रयोग गर्दै आइरहेको प्रहरी प्रधान कार्यालयले प्रस्ट पारेको छ। केही संचारमाध्यमले आईजीपी खनालले १६ मध्ये पाँच वटा महँगा गाडी आफ्नो कार्यालयमा राखेर प्रयोग गरिरहेको र १० वटा गाडी निवासमा राखेर प्रयोग गरिरहेको समाचार प्रकाशित गरेपछि प्रधान कार्यालयले विज्ञप्ति निकालेर उक्त समाचार भ्रामक र सत्यता नरहेको भन्दै प्रस्ट पारेको हो ।

प्रहरी हवल्दार र जवानले किनेको टिभी हाकिमले चोरेपछि...

3 years ago

पर्वत । पर्वत जिल्ला प्रहरी कार्यालयमा प्रहरी हवल्दार र जवानहरुले खरिद गरेर राखेको टिभी हाकिमले चारेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ । आफुहरुले हेर्ने गरेको टिभी २०७४ साउन ७ गते चोरी भएको भन्दै पीडित प्रहरीहरुले प्रहरी महानिरिक्षकलाई सम्बोधन गरी उजुरी हालेका हुन् ।

प्रहरीको डीआईजीका लागि कस–कसको भीडन्त ?

3 years ago

काठमाडौं । नेपाल प्रहरीमा रिक्त एक डीआइजी पदको लागि ४ एसएसपीको दौड सुरु भएको छ । डीआईजी सुशील भण्डारीको केही दिनअघि दुर्घटनामा निधन भएपछि पदरिक्त भएको हो । रिक्त एक डीआइजी पदमा बढुवाका लागि एसएसपीहरु वीरेन्द्र श्रेष्ठ, गणेश ऐर, घनश्याम अर्याल, वसन्त पन्तहरु लागेका छन् ।

सर्वोच्चको फैसलाले प्रहरीमा तरंग

3 years ago

काठमाडौं । सर्वोच्चका एक फैसलाका कारण प्रहरीमा यतिबेला तरंग उत्पन्न भएको छ । पूर्व एसएसपी यादवराज खनालकोरिटमा सर्वोच्चले गरेको फैसलाले प्रहरीमा तरंग ल्याएको हो । खनालले डीआईजी पद रिक्त राखेर आफूलाई बढुवा नगरिएको भन्दै रिट दायर गरेका थिए । तर, उनले न्याय पाएनन्, एसएसपी मै अवकाश दिइयो ।

Page 7 of 12

पर्यटन

चिटिक्क घार गाउँ

चिटिक्क घार गाउँ

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।

जीवनशैली

घरमा यी संकेत देख्नुभयो भने बुझ्नुहोस् खराब समय चाँडै सुरु हुँदैछ !

घरमा यी संकेत देख्नुभयो भने बुझ्नुहोस् खराब समय चाँडै सुरु हुँदैछ !

एजेन्सी । आचार्य चाणक्यले आफ्नो नीतिशास्त्रमा धेरै कुरा भनेका छन् । उनको हरेक कुराले हामी सबैलाई जीवनमा लक्ष्य हासिल गर्न प्रेरित गर्छ। चाणक्यले आफ्नो नीतिशास्त्रमा भनेका छन् कि खराब समय आउनु भन्दा पहिले नै यसका संकेत देखिन्छन् । घरमा वा वरपर घटेका केही घटनाहरूमा ध्यान दियौं भने खराब समय आउने संकेत मिल्छ।

विचित्र विश्व

पुटिन र जेलेन्स्कीबीच बालीमा भेटघाट हुनसक्ने

पुटिन र जेलेन्स्कीबीच बालीमा भेटघाट हुनसक्ने

एजेन्सी । ब्लूमबर्ग न्युजसँगको अन्तर्वार्तामा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवै यस वर्ष बालीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुने योजनामा ​​रहेको बताएका छन्।