News | Tag: केपी शर्मा ओली
संसदलाई सम्बोधन गर्दै ओली (भिडियो)
12 minutes agoकाठमाडौँ। प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दैछन्। ओलीले समसामयिक विषयमा दलको धारणा राख्न थालेका छन्।
पार्टीभित्र डरलाग्दो प्रबृत्ति देखियो, समयमै उपचार गरिन्छः अध्यक्ष ओली
3 days agoकाठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन परिणामले अब हुने निर्वाचनमा पार्टीले बहुमत ल्याउने स्पष्ट चित्र कोरेको बताएका छन् । पार्टीको प्रचार तथा प्रकाशन विभागको बिहीबार बसेको बैठकमा अध्यक्ष ओलीले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरू योजनाबद्धरूपमा एमालेविरूद्ध एक हुँदा पनि लोकप्रिय मतमा पार्टी पहिलो भएको बताए ।
ओलीलाई वामदेवको प्रस्तावः कम्युनिष्ट शक्तिहरु मिलेर चुनाव लडौं
3 days agoकाठमाडौँ। नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ। बिहीबार ओली निवास बालकोटमा भएको छलफलमा गौतमले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कम्युनिष्ट शक्तिहरु मिलेर चुनाव लड्नुपर्ने प्रस्ताव गरेका हुन्।
आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको पक्षमा लाग्न अध्यक्ष ओलीको आग्रह
1 week agoकाठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले समग्र उद्योग र व्यवसायलाई नभई सीमित घरानालाई लाभ हुने गरी बजेट ल्याएकाले त्यसको आलोचना गर्न नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ लगायतका संस्थालाई आग्रह गरेका छन् ।
मुलुकमा परिवर्तन ल्याउन टङ्कप्रसादको योगदान महत्वपूर्णः ओली
1 week agoकाठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टङ्कप्रसाद आचार्यले तत्कालिन समयमा छर्नुभएको पर्चाले नेपालको राजनीतिक जागरण र परिवर्तनमा महत्वपूर्ण योगदान दिएको बताएका छन्। टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानले बिहीबार यहाँ आयोजना गरेको विसं १९९७ असार ९ गते राणा शासनविरुद्ध छरिएको पहिलो पर्चा र विसं २००८ असार ३ गते गठन भएको ‘जनताको जातीय जनतान्त्रिक संयुक्त मोर्चा नेपाल’ विषयक संवाद कार्यक्रममा सो धारणा व्यक्त गरेका हुन्।
‘समृद्ध नेपालः सुखी नेपाली’को आकाङ्क्षा साकार पार्नु नै समाजवाद हो
1 week agoहामीले प्रविधिको प्रयोग, सूचना प्रविधि क्षेत्रको प्रयोग कसरी गर्न सक्छौं, एप्सहरूको विकास र तिनको सदुपयोग कसरी गर्न सक्छौं, तिनलाई सूचना प्राप्त गर्ने र सूचना सम्प्रेषण गर्ने, ज्ञान प्राप्त गर्ने र ज्ञान सम्प्रेषण गर्ने माध्यमको रूपमा अधिकतम प्रयोग कसरी गर्न सक्छौं ?
हामीले छिमेक सम्बन्धलाई असाध्यै महत्व दिनुपर्छः केपी ओली
1 week agoकाठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालले छिमेक सम्बधलाई असाध्यै महत्व दिनुपर्ने बताएका छन्। मंगलबार नेपालको परराष्ट्र मामिला सन्दर्भमा पूर्वराजदूत समूहको साक्षात्कार कार्यक्रममा बोल्दै ओलीले सो कुरा बताएका हुन्।
एमालेको सरकार बन्ने जस्तो भएपछि कांग्रेस नेतृत्वको सरकारले एसपिपीलाई अघि बढाइदिएको होलाः केपी ओली
2 weeks agoकाठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएको बेला अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई पठाएको पत्रबारे आफूलाई जानकारी नरहेको बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित दुई दिने जनप्रतिनिधिको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै ओलीले सो पत्रबारे आफूलाई जानकारी नभएको बताएका हुन्।
एमालेले ५ बर्ष सरकार चलाउन पाए अरु पार्टीले साइनबोर्ड झुण्ड्याउन सक्ने अवस्था समेत हुँदैनः ओली
2 weeks agoकाठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले ५ वर्ष सरकार चलाउन पाएको खण्डमा अरु पार्टीले साइनबोडै झुण्ड्याउन समेत नसक्ने अवस्था आउने बताएका छन्। शुक्रबार राष्ट्रियसभा गृहमा पार्टीबाट निर्वाचन स्थानीय जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै ओलीले सो दाबी गरेका हुन्।
पार्टी भित्रबाट सकुनीहरु निस्किएः केपी ओली
2 weeks agoकाठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्रबाट सकुनीहरु निस्किएर चुनावमा केही सिट कम जितेको बताएका छन्। एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागि काठमाडौँमा भएको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै ओलीले आफ्नै पार्टीभित्र सकुनीहरु निस्किएको कारण चुनावमा केही सिट कम जितेको बताए।
Page 1 of 65
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।