News | Tag: केपी शर्मा ओली

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण पुष्टि

3 days ago

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। सुरुमा एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओलीको पीसीआर परीक्षण भएको थियो। पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो। ओलीसँगै उनकी पत्नी राधिका शाक्यलाई पनि कोरोना पुष्टि भएको छ।

एमाले मात्रै देशमा सामाजिक न्याय, समानता र परिवर्तन दिन सक्ने पार्टी होः अध्यक्ष ओली

2 weeks ago

खाँदबारी । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि, विकास र राष्ट्रियताको पहरेदारीका लागि आफ्नो पार्टी निर्विकल्प भएको जिकिर गर्दै अन्य पार्टीमा रहेका नेता–कार्यकर्तालाई एमालेमा सामेल हुन आग्रह गरेका छन् ।

एक वर्षपछि एमालेको सरकार आउँछ र त्यसले अहिलेसम्म नभएको विकासको लहर ल्याउँछः ओली

2 weeks ago

दमक । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकास गर्न नेकपा एमाले चाहिएको बताएका छन् । उनले झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेमा वाटर किङडम पार्कको आइतबार उद्घाटन गर्दै एक वर्षपछि एमालेको सरकार आउने र त्यसपछि पाँच वर्ष सत्तामा रहँदा विकास निर्माणको अहिलेसम्म नभएको लहर ल्याउने बताए ।

एमाले अध्यक्ष ओलीद्वारा आयुर्वेदिक अस्पतालको अवलोकन

2 weeks ago

दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापाको कमल गाउँपालिका–७ गेउरियामा निर्माण भएको प्रदेशस्तरीय आयुर्वेर्दिक औषधालय (अस्पताल) को अवलोकन गरेका छन् ।

सहमतिमै जिल्ला नेतृत्व चयन गर्न ओलीको जोड

2 weeks ago

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिमै जिल्ला नेतृत्व चयन गर्न आग्रह गरेका छन्। शुक्रबार केन्द्रीय कार्यालयको ‘वार रुम’ बाट एकैपटक देशभरका जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले सहमतिमै जोड दिएका हुन्।

ओलीलाई भेट्न रामचन्द्र पौडेल बालकोट पुगे

3 weeks ago

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । संसदको अवरोध खुलाउन आग्रह गर्दै नेता पौडेल बुधबार साँझ ओली निवास बालकोट पुगेका हुन् ।

आगामी निर्वाचनमा एमालेको बहुमत आउँछः अध्यक्ष ओली

1 month ago

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका छन् । देशभरी एमालेको पक्षमा जनलहर आएकाले एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न नसक्ने उनले उल्लेख गरे ।

नेकपा विभाजनपछि प्रचण्डले पहिलो पटक ओलीलाई टेलिफोन गरे

1 month ago

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच टेलिफोनमा कुराकानी भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिभाजन भएपछि ओलीले प्रचण्डलाई दुई पटक फोन गरेको भए पनि प्रचण्डले भने पहिलो पटक ओलीलाई टेलिफोन सम्पर्क गरेका हुन्।

एमालेबाहेक अरु बामपन्थी होइनन्ः अध्यक्ष ओली

1 month ago

दमक । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेबाहेक देशमा कुनै वामपन्थी दल नभएको दाबी गरेका छन् । नेकपा एमाले झापाले शनिबार बिर्तामोडमा आयोजना गरेको १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा उनले वामपन्थी सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने वामपन्थी हुन नसक्ने दाबी गरेका हुन् ।

एमसीसीका विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्छः एमाले अध्यक्ष ओली

1 month ago

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसिसीका विषयमा सरकारको धारणा स्पष्टरुपमा आउनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उनले भने, “एमसिसीका विषयमा व्यक्तिगतरुपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो ? स्पष्ट हुनुपर्छ ।”

Page 1 of 56

पर्यटन

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।

जीवनशैली

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस्, कुन दिशामा घडी राख्नु हुँदैन। जसरी घडीलाई सही दिशामा राख्दा राम्रो नतिजा मिल्छ, त्यसैगरी घर वा अफिसमा घडी गलत दिशामा राख्दा यसले नकारात्मक परिणाम ल्याउन सक्छ। त्यसैले सही दिशा छनौट गर्न धेरै महत्त्वपूर्ण छ।