News | Tag: केपी शर्मा ओली

दोब्बर काम गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

3 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निजामती कर्मचारीले अहिलेको भन्दा दोब्बर काम गर्ने ठाउँ रहेकाले त्यसअनुसार काम गर्न निर्देशन दिएका छन् । पन्ध्रौँ निजामती सेवा दिवसका अवसरमा मूल समारोह समितिले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सकेसम्म आधा खर्चमा अहिलेको भन्दा दोब्बर काम गरेर जनतामा सेवा दिन कर्मचारीलाई निर्देशन दिए ।

प्रधानमन्त्री ओलीको निर्देशनः नागरिकलाई घरदैलोमा पुगेर सेवा दिनुस्

3 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १५औँ निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै एक्काइसौँ शताब्दीमा नागरिकका अपेक्षा सम्बोधनका लागि घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्न राष्ट्रसेवकमा आह्वान गरेका छन् । ‘नतिजामुखी प्रशासनः समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाइएकोे ‘निजामती सेवा दिवस, २०७५’ का अवसरमा उहाँले सम्पूर्ण निजामती राष्ट्रसेवकको सुस्वास्थ्य तथा पेशागत अभिवृद्धिका लागि शुभकामना व्यक्त गर्दै यो सेवा बृहत् कार्यक्षेत्र, नागरिक दायित्व एवं जिम्मेवारीसहितको सार्वजनिक सेवा भएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीको तर्फबाट गृहमन्त्रीद्वारा पाँच प्रतिवेदन पेश

3 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको बैठकमा पाँचवटा वार्षिक प्रतिवेदन पेश गरेका छन् । गृहमन्त्री थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आव २०७३/७४ को सत्ताइसौँ वार्षिक प्रतिवेदन, निर्वाचन आयोगको आव २०७३/७४ को वार्षिक प्रतिवेदन र राष्ट्रिय मानवअधिकार आयोगको आव २०७३÷७४ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

गौरा पर्वले सांस्कृतिक एकतालाई मबजुत बनाएको छः प्रधानमन्त्री ओली

3 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका विभिन्न सांस्कृतिक पर्वले नेपालीलाई एकताबद्ध गराउने काम गरेको बताएका छन् ।

प्रधानमन्त्री ओली र बङ्गलादेशका प्रधानमन्त्रीबीच भेटवार्ता

3 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच आज द्विपक्षीय भेटवार्ता भएको छ ।

भारतसँगका सम्झौता कार्यान्वयनका चरणमा छन्ः प्रधानमन्त्री ओली

3 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगका सहमति र सम्झौता कार्यान्वयनका चरणमा रहेको जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले दुवै मुलुकबीच गठन भएको प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदनअनुसार दुवै मुलुकबीच भएका सन्धिसम्झौता पुनरावलोकन हुने चरणमा रहेको बताए ।

बिम्स्टेकको शिखर सम्मेलन निकै फलदायी हुनेछः प्रधानमन्त्री ओली

3 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरीबी निवारण अन्त्य गरी दिगो विकासको लक्ष्य प्राप्त गर्न, जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्न तथा सम्पर्क सञ्जाल विस्तार गर्न बिम्स्टेकको चौथो शिखर सम्मेलन निकै फलदायी हुने बताएका छन् । काठमाडाँैमा यही भदौ १४ र १५ गते हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनबारे आज प्रतिनिधिसभामा जानकारी दिँदै उहाँले सो कुरा बताएका हुन् ।

साहित्यमा समृद्धिको वर्णन गर्न प्रधानमन्त्रीको आग्रह

3 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यमा नेपालको सुन्दरताको मात्रै वर्णन हुने गरेकामा अब समृद्धिको पनि वर्णन हुने स्थिति सिर्जना गर्न आग्रह गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ३३ औँ प्राज्ञसभाको आज उद्घाटन गर्दै सुन्दर नेपालको रित्तो घर वा घरभित्र भोका र नाङ्गा बालबालिकाको वर्णन गरेर नेपाल कुरुप नै रहिरहने भन्दै उनले आफूहरु अब समाजलाई सुन्दर बनाउने पक्षमा र कोही नेपाली भोकै नरहोस् भन्ने सोचका साथ काम गरिरहेको छौ भने ।

२०३० सम्ममा समृद्धिको संकेत पाइनेः प्रधानमन्त्री ओली

3 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई समृद्धिको सपना पूरा गर्न लामो समय नलाग्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय दैनिक पत्रिकाका सम्पादकसँगको अन्तक्र्रियामा प्रधानमन्त्री ओलीले सरकारले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न लामो समय नलिने स्पष्ट गर्दै भने, “संयुक्त राष्ट «संघले राखेको दिगो विकास लक्ष्यको समय २०३० सम्ममा हामीले समृद्धिको संकेत पाइसक्छौँ ।” प्रधानमन्त्री ओलीले सोका लागि राज्य संयन्त्रलाई चुस्त बनाउनुपर्नेमा जोड दिए ।

पाकिस्तानी समकक्षी इमरान खानलाई प्रधानमन्त्री ओलीको बधाई

3 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इमरान अहमद खान नियाजी इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीको उच्चपदमा नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्ना पाकिस्तानी समकक्षी खानलाई आज पठाएको बधाई सन्देशमा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै नवनिर्वाचित प्रधानमन्त्रीको सफल कार्यकालका निम्ति हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

Page 53 of 56

पर्यटन

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।

जीवनशैली

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस्, कुन दिशामा घडी राख्नु हुँदैन। जसरी घडीलाई सही दिशामा राख्दा राम्रो नतिजा मिल्छ, त्यसैगरी घर वा अफिसमा घडी गलत दिशामा राख्दा यसले नकारात्मक परिणाम ल्याउन सक्छ। त्यसैले सही दिशा छनौट गर्न धेरै महत्त्वपूर्ण छ।