News | Tag: केपी शर्मा ओली

परम्परागत उद्योग र रोजगारीलाई डिजिटल प्रविधिबाट सहज बनाइनेः प्रधानमन्त्री ओली

3 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संक्रमणकाल पूरा गरी मुलुक आर्थिक रुपान्तरणको चरणमा प्रवेश गरेकाले विश्व दुनियाँमा प्रतिस्पर्धी बन्न सूचना प्रविधिको सदुपयोग अपरिहार्य भएको बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र फ्रोष्ट एण्ड सुलिभानद्वारा आयोजित “डिजिटल नेपाल कन्फरेन्स” को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गतिशील दुनियाँमा हामी कुद्न सकेनौँ भने हामीलाई कसैले पर्खेर नबस्ने उल्लेख गर्दै सरकार सुशासनमार्फत देशलाई विकसित र समृद्ध बनाउन सूचना प्रविधिको प्रयोग बढाउने प्रक्रियामा रहेको बताए ।

तुइन विस्थापित भयोः प्रधानमन्त्री ओली

3 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनको पालना, भ्रष्टाचारको नियन्त्रण र सुशासन कायम गर्न सरकार पूर्ण रुपमा क्रियाशील रहेको बताएका छन्। उनले भने, “हामी भ्रष्टाचारको निर्मूल गरेर जनतालाई सुशासनको अनुभूति दिलाउन चाहन्छौँ । जनतालाई सरकार भएको अनुभूति गराउन चाहन्छौँ ।”

नेकपाका संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले के भने ?

3 years ago

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारका काम कारबाहीबारे संसद्मा डटेर कुरा राख्न पार्टीका सांसद्लाई निर्देशन दिएका छन् । नेकपा संसदीय दलको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले आगामी असोज ३ गतेभित्र संविधानबमोजिम नयाँ कानुन बनाइसक्नुपर्ने भएकाले सदनको काम सुचारु हुने वातावरण सिर्जना गर्न पनि आग्रह गरे ।

कांग्रेसले मार्सी चामलको विज्ञापन ग¥योः प्रधानमन्त्री ओली

3 years ago

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले मार्सी चामलको विज्ञापन गरेको बताएका छन् । नेकपा सम्बद्ध पत्रकारसँगको छलफलमा कांग्रेसले निरिह भएर मार्सी चामलको विज्ञापनमा हिँडेको बताएका हुन् । उनले पार्टी अध्यक्ष समेत रहेका प्रचण्ड र आफू दुर्गा प्रसाइँकहाँ गएको र मार्सी चामलको भात खाएको बताए ।

कम्युनिस्टमा ओली सर्वशक्तिमान, हिटलर बन्न पाएनन् प्रचण्ड

3 years ago

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एउटा समानता छ, शक्ति केन्द्रविन्दुमा बस्ने । अझ, ओली भन्दा प्रचण्ड शक्तिका लालसी हुन् । तर पार्टी एकीकरणपछि ओलीले प्रचण्डको मनसायलाई ध्वस्त बनाएका छन् । कम्तिमा २ बर्षसम्म प्रचण्डलाई पेलेरै जाने घुमाउरो नियतका आधारमा ओलीले विधान र नियमावलीबाट आफुलाई सर्वशक्तिमान बनाएका छन् ।

प्रधानमन्त्री ओली र काँग्रेस सभापतिबीच भेटवार्ता

3 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेटी अनसनरत डा। गोविन्द केसीसँग वार्ता गर्न सुझाव दिएका छन् । सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई त्यस्तो सुझाव दिएको नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

गण्डकीमा चलचित्र छायाङ्कन नगर सम्भाव्यता अध्ययन हुँदै

3 years ago

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशमा पर्यटन, जलस्रोत, जडीबुटीलगायत अथाह सम्भावनालाई पहिचान गरी उजागर गर्नुपर्ने बताएका छन् ।

गैंडा उपहारले चीनसँगको सम्बन्ध थप प्रगाढ हुने प्रधानमन्त्री ओलीको विश्वास

3 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र चीनलाई हस्तान्तरण गरिएको एक जोडी गैंडा उपहारले आपसी सम्बन्ध थप विस्तार भएको बताएका छन् । नेपाल सरकारबाट मित्रराष्ट्र जनवादी गणतन्त्र चीन सरकारलाई एक जोडी एक सिंगे गैंडा (भद्र र रुपसी) उपहार हस्तान्तरण समारोहमा उनले आपसी भेटघाट आदानप्रदानले चीनसँगको ऐतिहासिक सम्बन्ध अझ प्रगाढ बन्दै गएको धारणा व्यक्त गरे ।

आवश्यकता अनुसार संविधान संसोधन हुन्छः प्रधानमन्त्री ओली

3 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नयाँ ढंगले अगाडि जान खोजेका कारण राष्ट्रिय अनुसन्धान विभागलगायतका प्रमुख विभागहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको स्पष्ट पारेका छन् । विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको आज संसद्मा जवाफ दिँदै प्रधानमन्त्री ओलीले जनता सार्वभौसमत्ता सम्पन्न भएसँगै जनताको अधिकार संस्थागत गर्ने उद्देश्यले सरकारले केही महत्वपूर्ण विभागलाई आफू मातहत ल्याएको बताए ।

प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले दिने

3 years ago

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकको छलफलमा उठेका प्रश्नमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम छ । बैठकको कार्यसूचीअनुसार विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिनेछन् ।

Page 54 of 56

पर्यटन

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।

जीवनशैली

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस्, कुन दिशामा घडी राख्नु हुँदैन। जसरी घडीलाई सही दिशामा राख्दा राम्रो नतिजा मिल्छ, त्यसैगरी घर वा अफिसमा घडी गलत दिशामा राख्दा यसले नकारात्मक परिणाम ल्याउन सक्छ। त्यसैले सही दिशा छनौट गर्न धेरै महत्त्वपूर्ण छ।