News | Tag: pm kp oli
आफु बाहेक सबैकाे शैलीसँग प्रधानमन्त्री ओली असन्तुष्ट
3 years agoकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सिंहदरबारमा आयोजित विशेष पत्रकार सम्मेलन टुंग्याउँदै गर्दा सञ्चारमाध्यमको शैलीप्रति असन्तुष्टी प्रकट गरेका छन् । सञ्चारमाध्यम र मिडियाको शैलीसँग मात्रै नभई प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनमा विपक्षी दल, तिनका नेता, सरकारका आलोचक, बुद्धिजीवी र लेखकदेखि लिएर सामाजिक सञ्जाल प्रयोकर्ताहरूको शैलीसँग पनि असन्तुष्टी प्रकट गर्न भ्याए ।
माइतीघर मण्डला त साँच्चिकै माइतीघरजस्तै भयो : प्रधानमन्त्री ओली
3 years agoकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माइतीघर मण्डला साँच्चिकै माइतीघरजस्तै भएको भन्दै सरकारका विरोधीहरूलाई कटाक्ष गरेका छन् । मंगलबार साँझ सिंहदरबारमा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले संसदमा छलफल हुनुपर्ने विषयमा समेत विपक्षीहरू माइतीघरमा मण्डलामा उत्रिएको भन्दै रोष प्रकट गरे ।
संसद्काे घटनाले प्रधानमन्त्री ओली दुःखी, ट्वीटरमार्फत् दिए यस्ताे प्रतिक्रिया
3 years agoकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदमा भएको घटनाले आफु दुःखी भएको प्रतिक्रिया दिएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण प्रधानमन्त्री ओलीले रोष्ट्रममा पुगेर पनि संसदलाई सम्बोधन गर्न सकेका थिएनन् । संसदमा प्रतिपक्षी दलका नेताले पहिला बोल्ने कि प्रधानमन्त्रीले पहिला बोल्ने भन्ने विषयमा मतैक्यता हुन नसक्दा विपक्षी सांसदहरूले रोष्ट्रम घेरेका थिए ।
संसदमा बाेल्न नपाएपछि विशेष पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली
3 years agoकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार साँझ ५ बजेको लागि विशेष पत्रकार सम्मेलन आयोजना गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण सम्बोधन गर्न नसकेपछि प्रधानमन्त्री विशेष पत्रकार सम्मेलन बोलाएका हुन् ।
गुठी विधेयक सच्याउने प्रधानमन्त्री ओलीकाे संकेत
3 years agoकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा आयोजित विशेष समारोहमा सहभागी भई आज स्वदेश फर्किएका छन् । युरोप भ्रमण सकेर नेपाल फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै गुठी विधेयकलाई सच्याउने प्रतिबद्धता जनाए । ‘धर्म संस्स्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा नजानेर परेको रहेछ भने सरकारले सच्याउँछ’, उनले भने ।
प्रधानमन्त्री ओली पेरिसमा, फ्रान्सेली कम्पनीलाई लगानीका लागि आग्रह
3 years agoकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त अधिराज्यको औपचारिक भ्रमण सम्पन्न गरी फ्रान्सको तीनदिने भ्रमणका लागि राजधानी पेरिस पुगेका छन् । प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा प्रधानमन्त्रीका सल्लाहकार तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारी पनि हुन् ।
प्रधानमन्त्री ओली लण्डनबाट रेल चढेर फ्रान्स जाँदै
3 years agoकाठमाडौँ । संयुक्त अधिराज्यको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली बेलायतका विभिन्न कार्यक्रममा सहभागी भएर आज दिउँसो मित्र राष्ट्र फ्रान्सको औपचारिक भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री ओली फ्रान्सका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा आज दिउँसो लण्डनबाट रेल चढेर फ्रान्सको राजधानी पेरिस पुग्ने कार्यक्रम रहेको बताइएको छ ।
प्रधानमन्त्री ओली र टर्कीका उपराष्ट्रपतिबीच भेटवार्ता
3 years agoजेनेभा । युरोप भ्रमणका क्रममा स्विट्जरल्याण्डको जेनेभामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रसङ्घीय भवनमा टर्कीका उपराष्ट्रपति फुआत ओक्तेसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । उनीहरुबीच दुई देशबीचको आपसी सम्बन्ध र हितका बारेमा छलफल भएकाे बताइएकाे छ ।
गैरआवासीय नेपालीकाे माग र भावनाप्रति जानकार छु : प्रधानमन्त्री ओली
3 years agoकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र र बाहिर रहेका सबै नेपालीको साथ र सहयोग लिएर देश विकासलाइ तीव्ररुपमा अघि बढाउने अभिभारा वर्तमान सरकारले ग्रहण गरेको बताएका छन् । संयुक्त राष्ट्र सङघ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनका लागि जेनेभास्थित नेपाली स्थायी नियोगले आइतबार साँझ गरेको स्वागत समारोहमा प्रधानमन्त्री ओलीले विगतमा ठूलो सङ्घर्ष तथा संविधान निर्माणको अगुवाइ लिएर आएको अहिलेको सरकार यो जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गरे ।
प्रधानमन्त्री ओली दाेहाबाट जेनेभा प्रस्थान
3 years agoकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली युरोपका विभिन्न मुलुकको भ्रमणका क्रममा केही बेरअघि कतारको दोहाबाट स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली जेनेभामा हुने अन्तर्राष्ट्रि«य श्रम सङ्गठन (आइएलओ)को शतवार्षिकी समारोहमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युरोप भ्रमणमा निस्केका थिए । ओलीले सोमाबार जेनेभामा आयोजना हुने आइएलओको शतवार्षिकी समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
Page 1 of 12
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।