News | Tag: pm kp oli

पक्राउ पर्ने अर्जुन क्षेत्री, व्यङ्ग्यकाे निशानामा प्रम ओली

3 years ago

काठमाडौँ । जेठ महिनाभित्र भूकम्प आएर नेपाल ध्वस्त हुन्छ भन्दै हल्ला फैलाउने अर्जुन क्षेत्रीलाई मंगलबार प्रहरीले पक्राउ गर्‍यो ।

‘आलोपालो सरकार चलाउने’ सहमति 'पुरानै कुरा' : प्रधानमन्त्री ओली

3 years ago

काठमाडाैँ । ‘आलोपालो सरकार चलाउने’ सहमतिलाई ‘पुरानै कुरा’ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हाँसेर टारेका छन् । एक टेलिभिजन कार्यक्रमको अन्तर्वार्तामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पालैपालो सरकार चलाउने सहमति भएको खुलासा गरेपछि भारतको नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री ओलीले यो नयाँ कुरा नभएको बताए ।

प्रधानमन्त्री ओली नयाँ दिल्ली प्रस्थान

3 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आजै हुने शपथ ग्रहण समारोहमा सरिक हुन उनी नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन् । उनलाई आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा. युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत मन्त्रिगण, सांसद, तीन वटै सुरक्षा निकायका प्रमुखले बिदाइ गरे ।

नरेन्द्र माेदीलाई प्रधानमन्त्री ओलीले दिए अग्रिम बधाई

3 years ago

काठमाडौँ । भारतीय लोकसभा निर्वाचनको पूर्ण मतपरिणाम सार्वजनिक नहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । भारतीय लोकसभा निर्वाचनको मतपरिणाम आज सार्वजनिक हुँदैछ । प्रारम्भिक मतपरिणामहरूमा सत्तारुढ दल भाजपा बहुमतका साथ विजयउन्मुख देखिएका छन् ।

प्रधानमन्त्रीकाे हातमा साबेल

3 years ago

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गमा (अप्टिकल फाइवर नेटवर्क) को धादिङको गल्छी गाउँपालिका वडा नं. ४ मासटारमा सोमबार शिलान्यास गर्दै ।

माैसममा खराबीका कारण प्रधानमन्त्री ओली चढेकाे हेलिकप्टर भरतपुरमा आकस्मिक अवतरण

3 years ago

चितवन । मौसमको खराबीका कारण प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर भरतपुरमा आकस्मिक अवतरण गर्नुपरेको छ । लुम्बिनी जान लागेका प्रधानमन्त्री ओली चढेको हेलिकप्टर मौसमको खराबीका कारण भरतपुरस्थित आर्मी ब्यारेकमा आकस्मिक अवतरण गर्नुपरेको थियो ।

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

3 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणामा गत वैशाख २६ देखि ३० वैशाखसम्म भियतनाम र त्यसपछि कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा कम्बोडिया भ्रमण सकेर आज साँझ उनी स्वदेश फर्किएका हुन् ।

प्रम ओली र कम्बोडियाली कावा राष्ट्र प्रमुखबीच भेट

3 years ago

कम्बोडिया । प्रधानमन्त्री केपी शर्मा र कम्बोडियाका कार्यवाहक राष्ट्र प्रमुख भिबोल सेना फिक्डे से छुन्मबीच आज सिनेट हाउसमा भेटघाट भएको छ । राष्ट्र प्रमुख राजा नोरोदम सिंहमोनी ‘एशियाली सभ्यता बहस सम्मेलन’का लागि हाल बेइजिङमा छन् । उनले सिनेट प्रिसिडेण्टलाई कावा राष्ट्र प्रमुख तोकेका थिए ।

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया प्रस्थान

3 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि आज प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओली बिहीबार कम्बाेडिया जाँदै

3 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि बिहीबार बिहान प्रस्थान गर्दै छन् ।

Page 2 of 12

पर्यटन

एकपटक पुग्नै पाथीभरा धाम

एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।