News | Tag: pm kp oli
सीके राउत दह्राे मुटु भएका राजनीतिक चिन्तक : प्रधानमन्त्री ओली
4 years agoकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सीके राउतसँग राजनीतिक चिन्तक समेत भएको बताएका छन् । नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको ११ बुँदे राजनीतिक सहमति घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले राउत दह्रो मुटु भएका चिन्तक भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले १० वर्षे जनयुद्ध, युद्धविराम, शान्ति प्रक्रिया, संविधान निर्माण र तत्कालीन एमाले र माओवादीबीचको पार्टी एकता प्रचण्डले सानो मुटुले नगरेको बताउँदै सीके राउतले पनि सोही लक्षण देखाएको बताए ।
विखण्डनकाे मुद्दा त्याग्दै सीके राउत, प्रधानमन्त्री ओलीसँग एउटै मञ्चबाट सम्बाेधन गर्ने
4 years agoकाठमाडौँ । तराई मधेशमा अलग्गै राज्यको माग राख्दै विखण्डकारी अभिव्यक्ति दिदैँ आएका सीके राउतले देश टुक्र्याउने अभियान त्याग्ने भएका छन् । शुक्रबार दिउँसो १ बजे राष्ट्रिय सभागृहमा राउतले प्रधानमन्त्री केपी ओलीसँग एउटै मञ्चमा सम्बोधन गर्दै मुलधारको राजनीति थाल्ने घोषणा गर्ने भएका हुन् । राउतका सहयोगी डा. विनय पञ्जियारले राउत विखण्डनको राजनीति छाडेर मुलधारको राजनीतिमा समाहित हुने पुष्टि गरे ।
प्रधानमन्त्री ओली चढेको विमान आकाशमै 'हाेल्ड' भएपछि...
4 years agoकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमान आकाशमा केहीबेर ‘होल्ड’ गरिएको सम्बन्धमा छानबिन हुने भएको छ । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही फागुन २१ गते झापाको चन्द्रगढीबाट काठमाडौँ अवतरण गर्ने क्रममा यती एयरलाइन्सको विमान ‘होल्ड’ गरिएकाबारे छानबिन गर्न सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको हो ।
नेपाल आफैँमा एउटा सङ्ग्रहालय हो : प्रधानमन्त्री ओली
4 years agoकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधता नेपालीको पहिचान भएको बताएका छन् । ग्याल्बो ल्होसारको उपलक्ष्यमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् । प्रधानमन्त्री ओलीले नेपालको भूगोलमा १२५ जाति र १२३ भाषा बोल्ने मानिसको बसोबास हुनु आफैँमा गौरवको विषय भएको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीकाे अवस्था सामान्य, थप केही परीक्षणकाे लागि अब्जरभेसनमा
4 years agoकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराइरहेका छन् । प्रधानमन्त्रीको उपचार एवम् परीक्षण प्राध्यापक डा. अरुण सायमीको संयोजकत्वमा भइरहेको र उनको स्वास्थ्य स्थिति सामान्य रहेको शिक्षण अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री ओली शिक्षण अस्पतालमा, स्वास्थ्य जाँच चल्दै
4 years agoकाठमाडौं । प्रधानमन्त्री केपी ओली स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार नियमित स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री ओली शिक्षण अस्पताल पुगेका हुन् । मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले बैंकक पुगेर नियमित स्वास्थ्य जाँच गराउँदै आएका थिए ।
सुखानीमा प्रधानमन्त्रीले भने : आउनुहोस्, सबैकाे एउटै कम्युनिष्ट पार्टी पार्टी बनाऔँ
4 years agoभद्रपुर । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले मुलुकमा क्रियाशील सबै कम्युनिष्ट शक्तिलाई एउटै पार्टीमा गोलबद्ध हुन आह्वान गरेका छन् । इलाम विद्रोहका पाँच शहीदको स्मृतिमा आज झापाको शहीदभूमि सुखानीमा आयोजित श्रद्धाञ्जलि सभामा प्रधानमन्त्रीले सुखानीमा सहादत प्राप्त गरेका शहीदले मुलुकमा फुटेर होइन जुटेर समाज रुपान्तरणका लागि लाग्ने एकीकृत कम्युनिष्टको सपना देखेको बताए ।
महाकाली सन्धीकाे विषयमा भारतसँग खुलेर कुरा गर्न प्रधानमन्त्रीकाे निर्देशन
4 years agoकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयनका सम्बन्धमा बुधबारदेखि शुरु नेपाल र भारतका विज्ञको संयुक्त बैठकमा सहभागी हुने नेपाली प्रतिनिधिलाई राष्ट्रिय हितका पक्षमा खुलेर छलफल गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीकाे प्रश्न : एक केटाेले गाएकाे गीतलाई किन प्रतिबन्ध लगाउने ?
4 years agoधनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकगायक पशुपति शर्माको गीतलाई ‘एक केटोले गाएको गीत’को संज्ञा दिएका छन् । बुधबार सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले ‘एक केटोले गाएको गीतलाई सरकारले किन प्रतिबन्ध लगाउने ?’ भन्दै उल्टै प्रतिप्रश्न गरे । गायक शर्माले युट्युबमार्फत् सार्वजनिक गरेको गीत ‘लुट्न सके लुट...’माथि सत्तारुढ दल नेकपाको भातृ संगठन युवा संघले आपत्ति जनाएको थियो । त्यसपछि गायक शर्माले उक्त गीत युट्युबबाट हटाएका थिए ।
सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्रीकाे सम्बाेधन : विकासकाे नायक बन्न सभासदलाई आग्रह
4 years agoधनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा सदस्य विकासका नायक, अभियानकमी र जनताको उच्चतम आकाङ्क्षाका प्रतिविम्ब बन्नुपर्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशसभालाई आज सम्बोधन गर्दैै उनले सुुदूरपश्चिमलाइ छुट्याइएको बजेट सही ठाउँमा खर्च भए नभएको निगरानी गरिदिन प्रदेशसभासद्लाई आग्रह गरे । सङ्घीय सरकार र मातहतका कार्यालयबाट सुदूरपश्चिम प्रदेशलाई चालू आर्थिक वर्षमा रु. २८ अर्ब ८४ करोड छुटयाइएको छ ।
Page 6 of 12
पर्यटन
एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।