News | Tag: pm kp oli
रेल र पानीजहाज खाेइ भन्नेहरूलाई धैर्य गर्न प्रधानमन्त्री ओलीकाे सुझाव
4 years agoकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रेल र पानी जहाज खोइ भन्नेहरूलाई धैर्य गर्न सुझाव दिएका छन् । संघीय संसदलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रेल र पानी जहाज आउनेमा ढुक्क हुन आग्रह गर्दै यस्तो सुझाव दिएका हुन् । ‘धैर्य गरौँ । रेल आउँछ । पानी जहाज आउँछ । टिकट काट्न पाइन्छ । काउन्टर खुल्छ । त्यसको सूचना पनि हुन्छ । म साथीहरुलाई ढुक्क रहन आग्रह गर्छु’, प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले संसदलाई आइतबार सम्बोधन गर्ने
4 years agoकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई आगामी आइतबार सम्बोधन गर्ने भएका छन् । यही पुस ११ गतेदेखि शुरु भएको सङ्घीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज मध्याह्न समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेकामा आज संसद् नभएका कारण आइतबार हुने प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले आज संसदलाई गर्ने भनिएकाे सम्बाेधन पनि स्थगित
4 years agoकाठमाडौं । प्रतिनिधिसभा बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओली आज गर्ने भनिएको सम्बोधन पनि स्थगित भएको छ । कार्यव्यवस्तताको कारण देखाउँदै अन्तिम समयमा आएर प्रधानमन्त्री ओलीको सम्बोधन स्थगित गरिएको हो ।
प्रधानमन्त्रीलाई सांसदकाे प्रश्न : पुस १६ बाट चल्ने भनिएकाे पानीजहाज खाेइ ?
4 years agoकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सांसदहरूले पुस १६ गतेदेखि चल्ने भनिएको पानीजहाज खोइ भनि प्रश्न गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालमा पानी जहाज कहाँबाट चल्न थालेको हो प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनु पर्ने बताए ।
प्रधानमन्त्रीले संसदलाई गर्ने भनिएकाे सम्बाेधन स्थगित, राजपाकाे अपेक्षामा तुषारापात
4 years agoकाठमाडौं । गत बुधबारबाट सुरु भएको संसदको हिउँदे अधिवेशनलाई प्रधानमन्त्री केपी ओलीले आज गर्ने भनिएको सम्बोधन स्थगित भएको छ । कार्यव्यस्ततालाई कारण देखाउँदै प्रधानमन्त्री ओलीले संसदलाई गर्ने भनिएको सम्बोधन स्थगित गरिएको हो । यसअघि आज १२ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने बताइएको थियो ।
टुँडिखेलमा प्रधानमन्त्री ओलीले गुरूङ पहिरन ग्रहण गरेपछि (फाेटाे फिचर)
4 years agoकाठमाडौँ । गुरुङ जातिको महान् पर्व तमु ल्होसार २०७५ को अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार काठमाडौँको टुँडिखेलमा गुरूङ जतिको पहिरन ग्रहण गरेका छन् । प्रमुख अतिथीको रुपमा कार्यक्रमको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री ओलीले गुरुङ जातिको पहिरन ग्रहण गरेपश्चात पानसमा बत्ती बालेर तमु ल्होसार कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल समेत उपस्थित थिए ।
कटाैती गरिएका सार्वजनिक बिदाबारे विधिवत निर्णय हुन्छ : प्रधानमन्त्री ओली
4 years agoकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता विथोल्ने प्रयास विगतमा असफल पारेकाले अहिले पनि त्यस्ता प्रयास असफल पार्न सबै जातजाति मिलेर लाग्नुपर्ने बताएका छन् । तमु ल्होसार (गुरुङ समुदायको नयाँ वर्ष) का अवसरमा आज टुँडिखेलमा आयोजित कार्यक्रममा उनले देश समृद्धिको बाटोमा अगाडि बढिसकेकाले कसैले चाहेर पनि पछाडि नधकेलिने बताए ।
प्रहरीले लिन मानेन प्रधानमन्त्री अाेली विरूद्धकाे जाहेरी
4 years agoकाठमाडौं । धर्म परिवर्तनको उद्योग गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध दर्ता गर्न खोजिएको जाहेरी प्रहरीले फिर्ता पठाइदिएको छ । प्रधानमन्त्री ओली र उनको सरकारविरुद्ध मंगलबार अधिवक्ता भुपेन्द्रप्रसाद पोखरेलले महानगरीय प्रहरी परिसर टेकुमा जाहेरी दर्ता गर्न खोजेका थिए ।
प्रधानमन्त्री अाेलीलार्इ एक लाख डलरकाे 'गुड गभर्नेन्स अवार्ड'
4 years agoकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली एक लाख डलर राशी रहेको पुरस्कारबाट पुरस्कृत भएका छन् । लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्री ओलीलाई आइतबार सम्पन्न एसिया प्यासिफिक सम्मेलन–२०१८ मा ‘गुड गभर्नेन्स अवार्ड’ बाट पुरस्कृत गरिएको हो । युनिभर्सल पिस फाउण्डेसन (यूपीएफ) को आयोजनामा काठमाडौँमा आयोजित सम्मेलनको अवार्ड वितरण समारोहमा प्रधानमन्त्री ओली पुरस्कृत भएका हुन् ।
केही दिनमै जता हेर्याे त्यतै सरकार : प्रधानमन्त्री अाेली
4 years agoकाठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनमै जता हे¥यो त्यतै सरकार देखिने बताएका छन् । सामाजिक सुरक्षा योजनाको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो सरकार जुम्रा मार्न र सिन्को भाँच्नका लागि नभई देश बनाउनका लागि भएको बताए । ‘सरकार देख्नुभएन भने चस्मा लगाउनु पर्दैन, चस्मामा पावर पनि हाल्नु पर्दैन अब त तपाईँले नचाहेर पनि सरकार देख्नु हुन्छ’, प्रधानमन्त्री ओलीले भने ।
Page 8 of 12
पर्यटन
एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।