News | Tag: पक्राउ
पकनाजोलबाट मोटरसाइकल चोरेको आरोपमा युवक पक्राउ
5 months agoकाठमाडौँ। काठमाडौँ महानगरपालिका–१६ पकनाजोलबाट मोटरसाइकल चोरेको आरोपमा ट्राफिक प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–२० घर भएर बालाजु बस्दै आएका २४ वर्षका अमर सुनार छन्।
घुससहित खानेपानीका कर्मचारी पक्राउ
5 months agoकाठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित खानेपानीका कर्मचारी पक्राउ गरेको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, महांकाल चौर शाखा कार्यालयका सिनियर प्लम्वर गणेशबहादुर खुलाललाई मंगलबार ५ हजार घुससहित पक्राउ गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए।
नेदरल्यान्ड पठाइदिन्छु भनी १ करोड बढी रकम लिएर फरार युवक पक्राउ
5 months agoकाठमाडौँ। नेदरल्यान्ड पठाइदिन्छु भनी १ करोड बढी रकम ठगी गरेर फरार एक युवक पक्राउ परेका छन्। खोटाङ बाह्रपोखरी ५ घर भई हाल काठमाडौँ कोटेश्वर बस्ने ३५ वर्षीय प्रकाश राई पक्राउ परेका हुन्। राईले रसुवा गोसाइँकुण्ड गाउँपालिका ५ हाल काठमाडौँको नागर्जुन बस्ने २७ वषीएय निमा तामाङ लगायत १६ जनालाई नेदरल्यान्डको भिसा लगाइदिने भन्दै रकम ठगी गरेका थिए।
लागुऔषध सहित दम्पती पक्राउ
5 months agoलागुऔषध ब्राउन सुगरसहित सुर्खेत वीरेन्द्रनगरबाट एक दम्पतीसहित चार पक्राउ परेका छन् ।
घाँटी थिचेर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
5 months agoपर्सा। पर्सामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा– २३ ईटियाहीका दिनेशप्रसाद यादव छन्। उनले २३ वर्षकी श्रीमती प्रतिमाकुमारी यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रल्हाद कार्कीले जानकारी दिए।
ब्राउनसुगर कारोबारमा संग्लग्न एक जना भारतीय नागरिक सहित ४ जना पक्राउ
5 months agoझापा। झापाको विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरिएको छ। बुधवार दिउसो सँवा २ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका– ३ झोलुङगे पुलबाट भारतबाट नेपाल तर्फ आउदै गरेको भारत पश्चिम बंगाल दार्जिलिङ थाना खुरीबारी भेलकोजोत बस्ने ४२ बर्षीय निखिल विश्वासलाई ब्राउन सुगर ३ ग्राम ८०० मिलिग्राम सहित पक्राउ गरिएको हो।
नाबालिका छोरीलाई ट्वाइलेटको खाल्डोमा फालेर मार्ने आमासहित एक पुरुष पक्राउ
5 months agoवालिङ । छ महिने नाबालिका छोरीलाई ट्वाइलेटको खाल्डोमा फालेर मार्ने आमासहित एक पुरुष पक्राउ परेका छन् ।
सामाजिक सञ्जालमार्फत महिलालाई अपमान गर्ने कुँवर पक्राउ
5 months agoकाठमाडौं । नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने एक जनालाई पक्राउ गरेको छ ।
बालयौन दुरुपयोग मुद्धाका फरार प्रतिबादी पक्राउ
6 months agoविराटनगर। बालयौन दुरुपयोग मुद्धाका फरार प्रतिबादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरी धरान उप–महानगरपालिका वडा नं. १५ बगरकोट शिवगंगा बस्ती बस्ने ३१ बर्षीय नगेन्द्र बराइली विश्वकर्मा रहेका छन्। विश्वकर्मालाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर आरआईटीबाट खटीएको प्रहरी टोलिले बिहीबारखोजतलास गर्दै जाँदा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरिएको हो।
२ करोड ५० लाख रुपैयाँ बिमा रकम हत्याउन विवाहपछि हत्या!
6 months agoकाठमाडौँ। व्यक्तिको हत्या गरी बिमा कम्पनीबाट २ करोड ५० लाख रूपैयाँ भुक्तानी लिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। बिमा कम्पनीबाट भुक्तानी लिनकै लागि दुई जनाको विवाह गराइएको र श्रीमान्लाई योजनाबद्ध रूपमा दुर्घटनामा मारिएको तथ्य प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानले देखाएको छ।
Page 4 of 64
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।