Techie IT
२०८२ कात्तिक १, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियचिकित्सातर्फको नोबेल पुरस्कार ‘एमआरएनए’ कोभिड खोप शोधकर्ताद्वय कारिको र वेसम्यानलाई

चिकित्सातर्फको नोबेल पुरस्कार ‘एमआरएनए’ कोभिड खोप शोधकर्ताद्वय कारिको र वेसम्यानलाई


एजेन्सी । कोभिड–१९ विरुद्धको खोपका लागि मार्ग प्रशस्त गर्ने ‘एमआरएनए’ प्रविधिमा काम गरेबापत काटालिन कारिको र ड्रयु वेसम्यानलाई चिकित्सातर्फको नोबेल पुरस्कारबाट सम्मानित गरिने पुरस्कार छनौट समितिले जनाएको छ ।

कमजोर भाइरस वा भाइरसको प्रोटिनको मुख्य टुक्रा प्रयोग गर्ने परम्परागत खोप विपरीत ‘एमआरएनए’ प्रविधिले आनुवंशिक अणुहरू प्रदान गर्दछ जसले कोषहरूलाई कुन प्रोटिन बनाउने भनेर बताउँदछ र सङ्क्रमणको अनुकरण गर्दछ र वास्तविक भाइरसको सामना गर्दा प्रतिरक्षा प्रणालीलाई प्रशिक्षित गर्दछ ।

नोबेल पुरस्कार समितिले भनेको छः “पुरस्कार विजेताहरूले आधुनिक समयमा मानवस्वास्थ्यले सामना गरेको सबैभन्दा ठूलोमध्येको जोखिमका बेला अभूतपूर्व गतिमा गरिएको खोप विकासका लागि योगदान दिएका थिए ।”

विश्व स्वास्थ्य सङ्गठनले मार्च २०२० मा कोभिडलाई महामारी घोषणा गरेको थियो र सोही वर्षको डिसेम्बरमा ‘एमआरएनए’ खोपलाई कोभिड नियन्त्रणका लागि प्रयोगका लागि स्वीकृति दिइएको थियो । त्यसयता विश्वभरि यस प्रविधि अन्तर्गत अर्बौं मात्रा खोप प्रयोग गरिएको छ ।

“अन्य कोभिड खोपसँग मिलेर यसले लाखौंको ज्यान बचाएको छ र धेरैलाई गम्भीर सङ्क्रमणबाट जोगाएको छ,” पुरस्कार समितिले भनेको छ ।

वैज्ञानिकद्वय कारिको र भाइस्मानको पहिलो भेट अमेरिकाको यूनिभर्सिटी अफ पेन्सल्भेनियामा काम गर्ने क्रममा सन् १९९० को दशकको सुरुतिर भएको थियो । एमआरएनएमा उनीहरूको रुचि त्यस बेला वैज्ञानिक क्षेत्रको असामान्य काम थियो ।

अमेरिकी विश्वविद्यालयका ६८ वर्षीय कारिको र ६४ वर्षीय वेसम्यानले आफ्नो अनुसन्धानका लागि विभिन्न पुरस्कार जितेका छन् ।

कोभिड महामारीका समय मोडर्ना र फाइजर बायोएनटेकले एमआरएनए प्रविधि प्रयोग गरी खोप बनाएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी

काठमाडौँ । अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने भएको छ । संघीय अस्पतालको सेवा डिजिटल बनाउने मन्त्री प्रदीप

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

Techie IT